हालै एउटा व्यवसायिक समाचार साइट् विजनेस इन्साइडरले नेपालीहरूको जीवन अत्यन्त कष्टकर बनेको कुरा सार्वजनिक गरेको छ। सो समाचार साइटले कष्ट र दुःखको सूचकांक (मिजरेवल इन्डेक्स) का आधारमा सो निस्कर्ष निकालेको हो। वेरोजगारीको दर र मुद्रास्फीतिको दर जोडेर कष्टकर सूचकांकको गणना गरिन्छ। सो अनुरूप सवैभन्दा बढी कष्टकर जीवन भएका मुलुकहरूमा नेपाल आठौं स्थानमा
परेको छ। सो सूचकांकका आधारमा नेपालको अवस्था अफगानिस्तानभन्दा नराम्रो र दक्षिण एशियामा नै सबभन्दा नराम्रो रहेको समेत देखा परेको छ। विश्वका १९७ वटा देशको विषयमा गरिएको अध्ययनबाट देखिएको सो नतिजाले नेपालीहरूले कति कष्टपूर्ण जीवन विताइरहेका छन् भन्ने कुरा स्पष्ट पार्छ।
नेपालको सरकार र नेपालका जिम्मेवार राजनीतिक दलहरू चाहिं जनताको जीवनको यस्तो कष्ट वा दुःखपूर्ण अवस्थाप्रति बेखवर जस्तै रहेका छन्। वस्तु र सेवाको मूल्यमा निरन्तर वृद्धि भइरहेको मात्र छैन, उपभोग्य बस्तुको मूल्य निर्धारण प्रकृया अपारदर्शी समेत रहेको छ। सार्वजनिक संस्थाहरूले समेत आफूहरूले उत्पादन र बिक्री वितरण गर्ने बस्तु वा सेवाको मूल्य अपारदर्शी र आफूखुसी ढंगले निर्धारण गरेको पाइन्छ। उपभोग्य बस्तु र अत्यावश्यकीय सेवाको मूल्य निर्धारण गर्दा सम्बन्धित पक्षले उपभोक्ता र सर्वसाधारण जनतालाई बस्तु र सेवाको मूल्य के कसरी निर्धारण भएको छ भन्ने कुराको सूचना दिन समेत आवश्यक ठानेको देखिदैन। हालै सरकारले सार्वजनिक यातायातका साधनको भाडा वृद्धिको निर्णय गर्दा पनि सार्वजनिक सरोकारको सूचनाहरू थाहा पाउने जनसाधारणको अधिकारको अपेक्षा गरेर व्यावसायीहरूको चाहनालाई मात्रै ध्यानमा राखेर निर्णय गरेको देखिन्छ। वैज्ञानिक भाडादरको निर्धारण गर्दा कुन कुन अवयव वा चरहरूलाई आधार बनाइएको छ र कुन कुन अवयवको मूल्यमा के कस्तो परिवर्तन हुँदा सवारी साधनको भाडामा के कस्तो अनुपातमा र कति कति अवधिमा परिवर्तन गर्न सकिन्छ भन्ने कुरा जनसमक्ष स्पष्ट रूपले राख्न समेत सरकारले आवश्यक ठानेको देखिदैन। जनतामा निहित सार्वभौमसत्ताको सवाललाई सरकार र बजार दुवैले परिहासको विषय बनाएका छन्।
मुलुकमा बेरोजगारीको समस्या पनि उस्तै डरलाग्दो छ। उपलव्ध रोजगारीका अवसरमा पनि सवैको समान पहुँच सुनिश्चित हुन सकेको छैन। शक्ति केन्द्रसँग सोझो र सहज पहुँच भएका थोरै मानिसहरूले मात्रै रोजगारी प्राप्त गर्न सक्ने अवस्था रहेको छ। रोजगारीका अवसरहरूको अभाव र पक्षपातपूर्ण वितरण प्रणालीले मानिसहरूको जीवनलाई अत्यन्त कष्टकर बनाएको छ। रोजगारीका अवसरहरूको अभावले गर्दा दिनहुँ हजारौं युवाहरू रोजगारीको खोजीमा विदेशिइरहेको डरलाग्दो अवस्था अहिले मुलुकमा विद्यमान छ।
मानिसहरूले आफ्नो इच्छा अनुसार एक ठाउँबाट अर्को ठाउँमा जान, आफ्ना छोरा छोरीलाई शिक्षा दिन र व्यापार व्यवसाय गर्न समेत नपाएको अवस्था छ। एउटा वा अर्को वहाना निकालेर राजनीतिक दल र तिनका भातृ संगठनहरूले आफ्नो दलीय अहंको तुष्टिको निम्ति गर्ने बन्द र हड्तालले पनि मानिसको जीवनलाई थप कष्टकर बनाएको पाइन्छ। चीन र भारत जस्ता छिमेकी मुलुकहरूले आफ्ना नागरिकको जीवनलाई सुखमय बनाउनको निम्ति विभिन्न नयाँ नीतिहरूको तर्जुमा गरिरहेको बेलामा चाहिं सरकार र राजनीतिक दलका गैरजिम्मेवारपूर्ण क्रियाकलापहरूले गर्दा जनताको जीवन थप कष्टकर भइरहेको देखिन्छ।

-साँघु