CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ढाड कन्याउँदा भेटियो चक्कु

ढाड कन्याउँदा भेटियो चक्कु

knife
क्यानडाका ३२ बर्षीय एक प्रौढको ढाडबाट चिकित्सहरुले चक्कु निकालेका छन् । तीन बर्षअघिको हतियासरसहितको फाइट खेल्दा शरीरभित्र छिरेको चक्कु भर्खरै निकालिएको क्यानेडेली सञ्चार माध्यमहरुले जनाएका छन् ।
फाइट खेल्दा उनलाई ५ पटक चक्कु प्रहार गरिएको थियो तर चिकित्सहरुले तत्कालै
उनको घाउमा टााका मात्रै लगाइदिएका थिए । हालैमा दिनमा आफ्नो ढाड कन्याउने क्रममा केही वस्तु रहेको जस्तो लागेर एक्स रे गर्दा चक्कु देखिएको उनले बताएका छन् ।
बिल्ली म्याक निल्ली नाम गरेका ती व्यक्ति केही समय जेलमा समेत बसेका थिए । 'जेलका गार्डले मेटल डिटेक्टरले जााच गर्दा सधैं मेरो शरीरमा फलाम रहेको संकेत गर्थ्यो', उनले भनेका छन् ।
सन् २०१० को अपि्रलमा भएको उक्त फाइटमा उनीमाथि चक्कु प्रहार गरिएको थियो । तत्काल उनलाई एक्स रे नगरी स्वास्थ्यकर्मीहरुले टाका लगाइदिएको भन्दै उनले उजूरी हाल्ने तयारी गरेका छन् ।
तीन बर्षसम्म ढाडमा चक्कु रहादा आफूमा नसा सम्बन्धी समस्या देखिएको उनले क्यानडाका सञ्चारमाध्यमसाग बताएका छन् । - एजेन्सी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis