CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » आजको लामो जोक - फागुन ३० - नर्कको नेपाल

आजको लामो जोक - फागुन ३० - नर्कको नेपाल

एउटा जड्याहा, आफ्नो मृत्यु पछी सिधै नर्क पुगेछ, त्यहाँ नर्क मा पनि सबै देश को आ- आफ्नै, भिन्ना-भिन्नै नर्क हुदो रहेछ जड्याहा ले सोच्यो, आइहालियो, एक पल्ट सबै देश को नर्क घुमी हेरौ,पैसा लाग्दैन के रे उ सबै भन्दा पहिला अमेरिका को नर्क छिरेछ,
अनि त्यहाँ को कर्मचारी लाइ सोधेछ- 'यहाँ आउने लाइ के के सजाय हुन्छ, के के गरिन्छ..?'
कर्मचारी ले जवाफ दिएछ-


'यहाँ सबै भन्दा पहिला, बिजुली को कुर्सि मा बसाएर करेन्ट लगाइन्छ, त्यस पछी फलाम को काँटी गाडेको खाट माथि सुताइन्छ,
अनि अन्त्यमा कोर्रा ले हिर्काइन्छ..." ! उ त्यहाँ बाट निस्केर अर्को देश को नर्क मा गयो...
जर्मन, जापान,रुस, बेलायत, आदि सबै देश को नर्क पुगे छ... सबै को सजाय को प्रकार
उस्तै- उस्तै, एउटै रहेछ... अनि उ आफ्नो देश नेपाल को नर्क मा गएछ..! अत्यन्तै भिड, मान्छे को लाइन, ठेलाम ठेल,
तंछाड-मछाड, सारा संसार को नर्क मा नदेखेको तमासा आफ्नो देश को नर्क मा देखेर उसलाई
खुशी लागेछ, पक्का नि यहाँ त्यस्तो कठोर सजाय हुन्न होला..भन्दै.. त्यहाँ को कर्मचारी लाइ सोधेछ,
'किन यहाँ भिड..? यहाँ सजाय हुदैन..?' कर्मचारी ले सम्झाउने पाराले भनेछ-
'हेर भाई, सबै नर्क को सजाय एउटै हो, बिजुली... करेन्ट... काँटी गाडेको खाट... कोर्रा... !
फरक यत्ति छ नेपाल को नर्क मा कि... -यहाँ लोडशेडिंग ले गर्दा बिजुली- करेन्ट कहिल्यै हुदैन..! -
यहाँ गाडिएको काँटी हरु सबै चोरी भए... -अनि कोर्रा हान्ने कर्मचारी 'सरकारी कर्मचारी' हो,
बिहान आफिस मा आउछ, हाजिरी गर्छ, त्यसपछि चिया- पान मा निस्किन्छ,
अफिस मा बस्दैन..


माफ गर्नुस जोक भनेर पाखे सत्य को लेख्न पुगीछु |

-- सुनिता जोशी , फेसबुक बाट 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis