हुन पुगे को हो' ओडिसी इन्टरनेसनलका सीईओ सिमान्त गुरुङले भने- 'अहिलेको अवस्थामा कन्सर्ट
आयोजना गर्दा असफल हुने सम्भावनाका विषयमा कुरा भएर नै कन्सर्टको मिति सारिएको हो ।' गुरुङका अनुसार कन्सर्ट आगामी वैशाख १३ गतेका लागि सारिएको छ ।
स्रोतका अनुसार डिप पर्पलले दिएको शुक्रबारको समयलाई शनिबार सारिदिए दर्शकको उल्लेख्य उपस्थिति हुने आयोजक ओडिसीले राखेको प्रस्ताव डिप पर्पल व्यवस्थापनले अस्विकार गरेपछि कार्यक्रम स्थगित भएको हो । सिंगापुर हुँदै नेपाल आउने योजनामा रहेको ब्यान्डले त्यसलगत्तै बुल्गेरियामा कन्सर्ट मिति तय गरिसकेकाले शनिबार कन्सर्ट गर्न नसक्ने बताएका थियो । आयोजकले अहिलेसम्म सम्पन्न कन्सटर् मध्ये डिप पर्पलको कन्सर्ट सबैभन्दा भव्य रूपमा गर्ने भनेर विश्वस्त तुल्याए पनि अन्तिम समयमा त्यो सम्भव नहुने देखिएको थियो । ओ डिसी इन्टरनेसनलले कन्सर्टको टिकट लिइसकेका दर्शकलाई नआत्तिन आग्रह गरेको छ । 'त्यो टिकट वैशाख १३ मा हुने कन्सर्टका लागि वैध हुनेछ' सिमान्तले भने- 'डिप पर्पलसहित सहभागी हुने अन्य कलाकारका बारेमा पछि नै निर्णय लिइनेछ ।' काठमाडौंमा डिप पर्पलले प्रस्तुति दिने भएपछि उक्त कन्सर्टमै गीत गाउन लागेका निर्देशक, अभिनेता, गायक तथा डिजे फरहान अख्तरको नेपाल आउने कार्यक्रम पनि स्थगित भएको छ । सिमान्तका अनुसार फरहान आफ्नै इच्छाले आउन लागेका थिए, अब वैशाख १३ मा उनी आउने-नआउने निश्चित छैन । डिप पर्पल अपि्रल २६ मा इटालीमा हुने कन्सर्ट सकेर नेपाल आउने जानकारी ब्यान्डका म्यानेजरले उपलब्ध गराएको सिमान्तले बताएका छन् ।-- इकान्तिपुर