मिस्टर नेपाल : काठमाडौंका श्याम श्रेष्ठ
३४ जना प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंका श्याम श्रेष्ठले भैरहवामा आयोजित राष्ट्रिय स्तरको दोस्रो मिस्टर नेपाल शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। भैरहवामा सन् २००५ मा सम्पन्न पहिलो प्रतियोगिताको उपाधिसमेत जितेका श्रेष्ठले लगातार दोस्रो पटक विजेता बन्दै उपाधिसहित नगद ५० हजार र स्वर्ण पदक प्राप्त गरे। विभिन्न ७ तौल समूहमध्ये ५५ किलोग्राममा कालिमाटी प|mे न्डसिप जिम, काठमाडांैका सुविन महर्जन, ६० किलोग्राममा नेपाल व्यायाम मन्दिर, काठमाडौंका सुजन तामाङ, ६५ किलोग्राम तौलमा उपाधि विजेता श्याम श्रेष्ठ, ७० किलोग्राममा नेपाल व्यायामकै सञ्जीव श्रेष्ठ, ७५ किलोग्राममा प्लाटिनम फिजिकल फिटनेस सेन्टर काठमाडांैका मुक्तिराज राई, ८० किलोग्राममा चित्रावती लिजर सेन्टर, चितवनका दिनेश साहनी तथा ८० किलोग्राममाथि तौल समूहमा नेपाल जिम एन्ड फिटनेश, भैरहवाका मनोज मल्लाह बिजेता बन्दै मिस्टर नेपालको उपाधिका लागि अन्तिम स्पर्धामा भिडेका थिए। हरेक तौल समूहबाट छानिएर आएका ३५ जना खेलाडीले एक मिनेटमा व्यक्तिगत प्रदर्शन र पछि निणर्ायकका अनुसार विभिन्न ८ अन्तर्राष्ट्रिय पोजमा आफ्नो शरीररको डबल बाईसेप, साईड चेस्ट, ब्याक डबल बाइसेप तथा एप्डोमिनल विथ थाई पोज देखाएका थिए। स्वस्थ समाजका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि व्यायाम भन्ने नाराका साथ नेपाल जिमले उक्त प्रतियोगिताको आयोजना गरेको हो।
-साप्ताहिक