अमेरिकामा नेपालीहरु बाक्लै भेटिने एउटा ठाउँ हो सियाटल। त्यहाँ एउटा एनजिओ छ- WPPC Nepal। अर्थात् नारी संरक्षण तथा सुरक्षा केन्द्र। यो अमेरिकामा दर्ता भएको एउटा एनजिओ हो। यसले महिला यौन दुर्व्यवहार रोक्न विभिन्न गतिविधि नेपालमा गर्छ। नारीको संरक्षण गर्ने उद्देश्य बोकेको यही एनजिओका एक संस्थापक भने अहिले यौन
दुर्व्यवहारको आरोप खेपिरहेका छन्। ४० वर्षीय धन पुनलाई लागेको आरोप चानचुने हैन, निकै गम्भीर प्रकृतिको छ। अनुसन्धानकर्ताहरुका अनुसार पुनले एक किशोरीसित तीन वर्षको अवधिमा ८० देखि १०० पटकसम्म यौन सम्पर्क राखेको आरोप छ। अमेरिकामा बाल यौन दुर्व्यवहारलाई निकै गम्भीर प्रकृतिको अपराध मानिन्छ। अभियोग प्रमाणित भएमा उनले त्यहाँको कानुन अनुसार निकै कडा सजाय भोग्नुपर्ने हुन्छ। १५ वर्षकी ति किशोरीले प्रहरीलाई बताए अनुसार पुनले सन् २००९ देखि उनलाई सेक्सुअल मेसेज मोबाइलमा पठाउने गरेका थिए। त्यतिबेला उनी ८ कक्षामा पढ्थिन्। किशोरी र उनको भेट कसरी भयो भन्नेबारे चाहिँ समाचारमा खुलाइएको छैन। सुरुमा सेक्सुअल मेसेज पठाउने पुनले त्यसपछि आफूसँगै राखेर किशोरीसँग ब्लु फिल्म देखाएछन्। त्यसपछि उनले किशोरीसित सेक्स गरेछन्। त्यतिबेला किशोरीको उमेर मात्र १३ वर्षको रहेछ।
सेक्सुअल कुरा कै लागि ती किशोरीसित सम्पक गर्न पुनले नक्कली फेसबुक प्रोफाइलसमेत खोलेको आरोप छ। किशोरीले लगाएको आरोप अनुसार सन् २०१२ को समरदेखि त पुनले हरेक रात जस्तो सेक्स गर्न थाले।
डिटेक्टिभहरुले तयार पारेको आरोप पत्रमा पुनले केही यौन दुर्व्यवहार गरेको स्वीकार गरिसकेको बताइएको छ। पुनले किशोरीसित अनलाइन सम्पर्क भएको र त्यसमा उनको नाङ्गो फोटो प्राप्त गरेको समेत स्वीकार गरेको भनिएको छ।
सहनै नसक्ने दुर्व्यवहार भएपछि किशोरीले आफू यो उजुरी गर्न बाध्य भएको भनेका रहेछन्। सियाटलको किरो ७ टिभीले यससम्बन्धी समाचार प्रसारण गरेको थियो। समाचारमा भनिए अनुसार यो साता चाइल्ड पोर्नोग्राफी र नाबालकसँग थर्ड डिग्री बलात्कार गरेको अभियोग औपचारिक रुपमा लगाइनेछ। किरोले आरोपी धन पुनको भने कुनै प्रतिक्रिया प्रसारण गरेको छैन।
WPPC Nepal अमेरिकामा एउटा सक्रिय एनजिओका रुपमा रहेको थियो। तर अहिले यो संस्थाको आधिकारिक वेबसाइट http://wppcnepal.org र फेसबुक पेज दुवै बन्द छ। वेबसाइट यस्तो थियो।संस्थाका गतिविधिका केही फोटो यहाँ छन्।

को हुन् पुन ?
WPPC Nepal को अहिले बन्द रहेको आधिकारिक साइटमा राखिएको जानकारी अनुसार पुन ८ वर्षभन्दा बढी समयदेखि नेपाली समुदायमा सक्रिय छन्। सन् २००३ देखि २०११ सम्म उनी ग्रेटर सियाटल एरियामा स्वयंसेवक, महाचसचिव, अध्यक्ष र बोर्ड अफ डाइरेक्टरका रुपमा नेपाल सियाटल सोसाइटीमा आवद्ध थिए। बिजनेस म्यानेजमेन्टमा डिग्री भएका पुन इन्फरमेसन टेक्नोलोजी प्रोफेसनलका रुपमा थिए। स्थानीय र अन्तर्राष्ट्रिय नन प्रोफिट र च्यारिटीमा उनी संलग्न थिए।

सियाटलको किरो टिभीले दिएको समाचारको भिडियो तल हेर्नुस्-
By Salokya, on March 17th, 2013, on mysansar