CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » रेडियो नेपालमा के हुँदैन!

रेडियो नेपालमा के हुँदैन!

काठमाडौं। पहिले–पहिले रेडियो नेपाल भन्नेबित्तिकै देश–दुनियाँका खबर एकैछिनमा थाहा पाउने माध्यमका रूपमा बुझिन्थ्यो। तर, केही दिनअघि थाहा भएको एउटा घटनाले भने रेडियो नेपाललाई आफ्नै खबर थाहा पाउनका लागि छ वर्ष लागेको देखिएको छ।
२०६४ सालमै काजमा गएका भनिएका एक नायब कार्यकारीले निर्देशक त्यहाँ ठाउँमै नपुगी राजधानीमै बसी–बसी दोहोरो सुविधा
लिइरहेको थाहा भएको छ, जुन घटना सार्वजनिक भएपछि केही दिनअघि रेडियोमा निकै चर्चायोग्य घटना बन्न पुग्यो। आर्थिक प्रशासनका नायक कार्यकारी निर्देशक शिवराज बराल काजमा पश्चिम नेपालको दिपायल र सुर्खेतको क्षेत्रीय प्रसारण हेर्ने भनेर पठाइएको भए पनि राजधानीमै बसी–बसी दोहोरो सुविधा लिइरहेको खुलासा भएको छ।
आर्थिक रूपमा घिटी–घिटीको अवस्थामा पुगेको रेडियो नेपाललाई नक्कली बिल भर्पाइ बनाई पैसा लिएको तर कार्यक्षेत्रमा नपुगेको खबर यही दुई गते मात्रै थाहा भएको थियो। २०६४ मा रेडियोले पश्चिमका प्रसारण हेर्ने भन्दै उनलाई त्यहाँ पठाएको थियो। तर, पछि त्यहाँका कर्मचारीहरूका उजुरीका आधारमा उनी क्षेत्रीय प्रसारण केन्द्रमा नपुगेको थाहा भएको हो। त्यसपछि अर्का नायब कार्यकारी निर्देशक रमेशजंग कार्कीको नेतृत्वमा छानबिन कमिटी बनाइएको छ। जुन कमिटीका सिफारिसका
आधारमा दोहोरो सुविधालाई लिएको भन्दै उनलाई हाललाई दुई महिनाका लागि निलम्बन गर्दै छानबिन प्रक्रिया अगाडि बढाइएको छ। हुन त बराल रेडियोमा पहिलेदेखि नै विवादास्पद व्यक्तिका रूपमा परिचित छन्। आफू इन्जिनियरिङको महाशाखामा हुँदा रेडियोको ल्यापटप चोरेर उनी यसै पनि चर्चामै थिए। पछि उनैको पहुँचका आधारमा नातामा जेठान पर्ने दसौं तहका निर्देशक श्रीभद्र वाग्लेको नेतृत्वमा छानबिन कमिटी बनाइए पनि चोरी भएको भनेर कुनै आधारहीन प्रतिवेदन बुझाएको थियो।
यसैबीच, रेडियो नेपालमा अर्को एक घटनाले कर्मचारी बीचमा हल्लीखल्ली मच्चाएको छ। कर्मचारी कल्याणकोषमा रहेको १ करोड रकमको कुनै हिसाब–किताब देखाउन लेखा प्रमुख टंक खत्री असफल भएपछि यसबारेमा पनि छानबिनको माग उठेको छ। पाँच प्रतिशत ब्याजमा पैसा दिने भनिए पनि कर्मचारीलाई ९ प्रतिशतसम्मको ब्याजको भारी बोकाउने काममा खत्री, मनोज चौधरी, उज्जल घिमिरे, नीलकण्ठ आचार्य, टोपबहादुर महताराको समूह सक्रिय रहेको बुझिएको छ। हालै मात्र टोपबहादुर महताराले उनीहरूको मिलेमतोमा ९ लाख रुपियाँ हिनामिना गरेर सम्पर्कविहीन भएपछि घटना बाहिर आएको थियो|
- साभार बुधबार साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis