भक्तपुर। भक्तपुरको दुवाकोट, चाँगु र काठमाडौंको मूलपानी क्षेत्रका खोलाबाट स्काभेटर नै प्रयोग गरी अवैध रुपमा बालुवा निकालेर बिक्री गर्ने क्रम बढेको छ। स्काभेटर नै प्रयोग गर्दा मनोहरा खोलाको सतह निकै गहिरिंदा स्थानीय वस्ती नै जोखिममा पर्ने खतरा छ। मूलपानी क्षेत्रमा खोलाको बालुवा स्काभेटर प्रयोग गरी निकाल्दा विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर नै भासिने खतराप्रति पनि प्रहरी र जिल्ला विकास समितिले चासो नदिएको गुनासो स्थानीयको छ। भक्तपुर प्रहरी, काठमाडौंतर्फको बौद्ध प्रहरी बृत्तका वृत्तपतिदेखि भक्तपुर र काठमाडौंका जिल्ला विकास समितिका स्थानीय
विकास अधिकारी (एलडीओ) समेत अवैध रुपमा खोलाको बालुवा तस्करी गर्ने सरोज थापाको कमिसनको जालमा परेकाले स्थानीय पनि विरोध गर्न सकिरहेका छैनन्। पटक पटक गुनासो गर्दा पनि सुनुवाई नहुने र उल्टै बालुवाका कारोबारीहरूले पालेका गुण्डाको आक्रमणको शिकार हुने डरले कोही पनि बोल्न सकेका छैनन्। दुवाकोटबासी एक नागरिकले भने– ‘मूलपानी, दुवाकोटका स्थानीय प्रहरी चौकीदेखि भक्तपुर प्रहरी परिसर, ठिमी बृत्त, बौद्ध बृत्त र एलडीओसमेत एकछत्र रुपमा बालुवाको कारोबार गर्ने सरोज थापाबाट कमिसन खाँदैआएका छन्। त्यसैले जतिसुकै गुनासो गर्दा पनि सुनुवाई हुँदैन। रात दिन खोलाको बालुवा निकाल्दै टि्रपरबाट पानी चुहाउँदै दैनिक बीसौं टि्रपरहरू ओहोरदोहोर गर्दा पनि प्रहरीले देखेको नदेख्यै गर्छ। सबैलाई थापाले किनेका छन्।’ दुवाकोटको नेपाल मेडिकल कलेजको उत्तरतिर रहेको कुइँकेल बस्तीबाट बोडेचोक, सल्लाघारी हुँदै दैनिक सरोज थापा समूहले बालुवा ओसार्दा पनि प्रहरी र जिविस भक्तपुरले देखेेको नदेख्यै गर्दछ। काठमाडौंको मूलपानीतिरबाट बौद्ध हुँदै बालुवा तस्करी पनि उत्तिकै भइरहेको छ। तर बौद्ध वृत्तका डीएसपी मनोज केसीलाई सरोज थापाले मासिक घुस दिएकाले उनले पनि खुल्ला छोडिदिएका छन्। बालुवा कारोबारी थापाको नेटवर्कले खोलाको बालुवा विनाअनुमति निर्वाध तस्करी गर्नका लागि प्रहरीदेखि एलडीओसम्म सेट गरेेको छ।
भक्तपुरका एलडीओ राजेन्द्रकुमार केसी, प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीदेखि काठमाडौंका एलडीओ प्रेम जोशीसम्मलाई बालुवा तस्करीका बादशाहका रुपमा उदाएका सरोज थापाले मिलाएका छन्। थापाले भूपू प्रहरी हवल्दार अर्जुन श्रेष्ठ, अमित र जनकलाई बडीगार्ड नै राखेका छन्। कसैले खोलाको बालुवा निकाल्दा विरोध गरे यिनैलाई प्रयोग गरी तर्साउने काम पनि सरोजले गर्दैआएको गुनासो स्थानीय पीडितहरूको रहेको छ। सरोज थापाले मनोहरा खोलाबाट मात्र दैनिक एकसय टि्रपर बालुवा पानी चुहाउँदै लाने गरेका छन्। अबैध रुपमा स्काभेटर प्रयोग गरी दैनिक सयौं टि्रपर बालुवा निकालेर लाँदा पनि ठिमी बृत्तका डीएसपी रविन्द्र रेग्मी र बौद्ध बृत्तका डीएसपी मनोज केसीले थापाबाट लाखौं रुपैयाँ हात पारेर छुट दिएको प्रहरी स्रोत बताउँछ। बौद्धका डीएसपी केसी त छायाँ आइजीपीका रुपमा परिचित एसपी पुस्कर कार्कीका साँढुभाइ हुन्। अपराध अनुसन्धान महाशाखामा लामो समय बिताएका केसी पनि प्रहरीमा कमाउने भन्दा अरु कुनै क्षमता नभएका अधिकृतका रुपमा प्रहरी हेडक्वार्टरमा चर्चित छन्। उनी एसपी कार्कीकै जोडबलमा बौद्धमा सरुवा भएका हुन्। असईबाट प्रहरीमा प्रवेश गरेका डीएसपी रेग्मीले प्रहरीमा विभिन्न कमाउ युनिटमा बसेर काठमाडौंंको सामाखुसी कपुरधारा ब्रिटिस चिहानसँगै आलिशान बंगला बनाएका छन्। अहिले यी दुवै डीएसपी सरोज थापाको सेतो सुनको घुसको चास्नीमा चुर्लुम्म डुबेका छन्। यिनहरूले मासिक घुसको अलावा कतिपय हाकिमको घरमा निःशुल्क बालुवा पुर्याउने काम पनि गर्दै आएका छन्। त्यसो त सरोज थापाले भक्तपुर परिसरका एसपी दिलीप चौधरीलाई पनि बालुवाको चास्नीमा भुलाएको पीडितहरूको गुनासो छ। मनोहरा खोलाको बालुवाको चास्नीमा मूलपानी चौकीका सई सुरेन्द्र तामाङले पनि सरोज थापाबाट दस्तुरी लिने गरेको आरोप छ। यसैबीच जेठ २४ गते मूलपानी प्रहरी विटले २ टि्रपर चोरीको बालुवा समातेर वौद्ध वृत्तमा पठायो। तर वृत्तमा पठाएको आधा घण्टा नवित्दै सरोज थापा र सहदेव थापा गएर डिएसपी केसीलाई भेटेर ती टि्रपर छुटाएर लगेका थिए।
http://sanghu.weeklynepal.com/2013/06/11/article-item171370929693/

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !