बाबु ः ओहो लेस्बियन, ल ठीकै छ।
माइली छोरी ः बा, मलाई संगीता मन पर्छे, म ऊसँग बिहे गर्न चाहन्छु।
बाबु ः अर्की पनि लेस्बियन ? ठीकै छ, गर त नि
साइली छोरी ः बा मलाई सुस्मिता मन पर्छे
बाबु -रिसाउँदै) ः यो घरमा कोही
छैन, जसलाई केटा मन परोस् ?
छोरो ः म छु नि बा !
०००
एक चर्चित व्यक्तिसँग टेलिभिजनमा लिइएको अन्तर्वार्ता
प्रस्तोता ः तपाईंको नाम ?
व्यक्ति ः देवदास
प्रस्तोता ः तपाईंलाई मन पर्ने व्यक्ति ?
व्यक्ति ः कालिदास
प्रस्तोता ः मनपर्ने पहिरन ?
व्यक्ति ः एडिडास
प्रस्तोता ः मनपर्ने गायक ?
व्यक्ति ः कर्ण दास
प्रस्तोता ः जीवन कसरी बिताउनुपर्छ जस्तो लाग्छ ?
व्यक्ति ः विन्दास
प्रस्तोता ः तपाईंको विचारमा जिवन के हो ?
व्यक्ति ः कपास
प्रस्तोता ः तपाईंलाई मन नपर्ने त्यस्तो केही चीज ?
व्यक्ति ः रुवाबास
प्रस्तोता ः तपाईलाई मनपर्ने चिज नि ?
व्यक्ति ः सहबास
प्रस्तोता ः अन्त्यमा टेलिभिजन हेरिरहनुभएका दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ कि ?
व्यक्ति ः स्याब्बास।
०००
प्याज र बन्दाकोभीले विवाह गरेछन्। एक-अर्कासँग विवाह गर्न पाएकोमा उनीहरू दुवै खुसी थिए। विवाह गरेको भोलिपल्ट बैगुनले प्याजसँग सोधेछ।
बैगुन ः ओ प्याज सोल्टा ! सुहागरात त दामी भो' होला नि हैन ? एकअर्कालाई खुब माया गथ्र्यौ ?
प्याज ः केको दामी हुनु नि, एक अर्कालाई खोल्दा-खोल्दै उज्यालो भयो।
०००
सडकछेउको नालीमा रक्सी पिएर लडिरहेको एक जना अधबैंसे मान्छेलाई देखेर भारतबाट घुम्न आएका पर्यटकले सोधे ः क्या हुवा इसको ?
छेउमा उभिएका नेपालीले भनें ः ए माता है...
-रक्सी पिएर मातेकोलाई हिन्दीमा के भन्छन्, सायद उसलाई थाहा थिएन)
अलिक नजिक आएर ती पर्यटकले मातेर लडिरहेको मान्छेलाई नियाले र भने ः अरे ए तो पिता है..
नेपालीलाई झ्वाँक चलेछ, अनि भनेछ ः कस्तो कुरा नही बुझ्ता है, ए पिता है इसिलिए तो माता है।
०००
हाम्रा नेताहरूको
नेत्र छ - दृष्टि छैन !
बोली छ - वचन छैन !
दिल छ - दिमाग छैन !
धन छ - मन छैन !
माया छ - ममता छैन !
जोस छ - होस छैन !
मन छ - क्षमता छैन !
मेल छ - मिलाप छैन !
घमन्ड छ - पश्चाताप छैन !
नीति छ - नियम छैन !
नाम छ - नैतिक छैन !
शिक्षित छ - सिद्धान्त छैन !
वीरता छ - राष्ट्रियता छैन !
०००
हिमाल भनेको त सगरमाथा पो हो त, मकालु त बस पनि छ नि !
साथी भनेको त दुई-चार हजार दिँदा पनि वास्ता नगर्ने पो हुनुपर्छ, लोन त एनसेलले पनि दिन्छ नि !
साथी त भलाद्मी पो हुनुपर्छ, चुलबुल त सलमान खान छँदैछ नि !
गर्लप|mेन्ड त प्राइभेट पो हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ नि !
केटी भनेकी त सोझी पो हुनुपर्छ, बाङ्गो त कुकुरको पुच्छर पनि हुन्छ।
केटा भएपछि ह्यान्डसम र सेक्सी हुनुपर्छ, स्मार्ट त फोन पनि हुन्छ।
प्रेमिका भनेकी हाइटी हुनुपर्छ, डल्लो त खुर्सानी पनि हुन्छ।
छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ।
केटी भनेकी सेक्सी हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ।
स्टुडेन्ट भएपछि त इन्जिनियर हुनपर्छ, डाक्टर त बाबुराम भट्टराई पनि हुन्छ।
नेपाली भएसि गोरो हुनुपर्छ, काले त अपि|mकन पनि हुन्छन्।
लभ गरेपछि ट्रु लभ पो गर्नुपर्छ, फल्स त आइमाईको सारीमा लगाइन्छ।
झन्डा त हाम्रो नेपालको जस्तो हुनुपर्छ, चारपाटे त सिंगान पुछ्ने रुमाल हुन्छ।
देश भनेको मेरो नेपालजस्तो हुनुपर्छ— हिमाल पहाड तराई भा'को, मरुभूमि त साउदी, कतारमा नि हुन्छ !!!
०००
एक जना मानिस बेलुकीको खाना खाएर सुतेछ। राति उसको घरमा चोर पसेछ। चोर किचनतिर छिरेछ र चोर्न भनेर सामान खोतल्दा भाँडा बजेछ। त्यो आवाजले मालिक बिउँझेछ।
मालिक ः को हो किचनमा ?
चोर ः म्याउँ..
मालिक ः को हो भन्या ?
चोर ः म्याउँ-म्याउँ
मालिक ः को हो भन्छस् कि म आफैं आउ“m त्यहाँ ?
चोर ः बिरालो हो भन्या चिनिनस् ?
मालिक ः ए बिरालो पो हो... अघि नै भन्नुपर्दैन ? लौ म सुतें उसो भए।
०००
एक युवती आफ्नी आमाको अगाडी रुँदै
आमा ः के भयो छोरी ?
छोरी ः आमा, म बोक्सीजस्ती देखिन्छु त ?
आमा ः देखिदैंनौ।
छोरी ः के मेरा आँखा भ्यागुताका जस्ता ठूला छन् ?
आमा ः छैनन्।
छोरी ः मेरो नाक थेप्चो छ ?
आमा ः छैन छोरी, छैन।
छोरी ः म के हात्तीजस्ती मोटी छु ?
आमा ः तिम्रो जीउ सलक्क परेको छ, तिमी पुतलीजस्ती छयौ।
छोरी ः त्यसो भए मान्छेहरू किन मलाई तँ आफ्नी आमाजस्ती देखिन्छेस् भन्छन् त।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !