CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » लुजर्स स्टोरी ! -'कर्कश'

लुजर्स स्टोरी ! -'कर्कश'

एक्साइटमेन्ट र डरको लेभल एउटै छ रे, फिफ्टी-फिफ्टी । आज शुक्रबारदेखि अल नेपाल रिलिज भएको फिल्म 'कर्कश' को डेब्यु डिरेक्टर आशिफ शाह यसै भन्छन् । एक्साइटेड किन ? डर किन ? 'आफूले निर्देशन गरेकाले फस्ट फिल्म रिलिज हुन लाग्दा एक्साइटेड छु । तर पछिल्ला केही राम्रा
फिल्मले पनि दर्शक नपाइरहेको खबरले डर पनि लागिरहेछ,' उनले भने । फिल्म राम्रो भएर पनि फ्लप हुन्छ त ? आशिफलाई लाग्छ, हुन सक्छ । लामो समयदेखि विज्ञापनको क्षेत्रमा लागिरहेका उनको बुझाइमा हाम्रा फिल्मका प्रोमोसन सीमित वर्गमा भइरहेको छ । अलिकति बाहिर निस्केर पनि प्रोमोसन गर्नुको साटो सोसल नेटवर्कमा दुई जनाले कमेन्ट गर्दैको भरमा फिल्म हिट भन्ने सोचाइले मार खाएको हो ।

सुरजसिंह ठकुरी, दर्शकले कान्तिपुर टेलिभिजनको 'कल कान्तिपुर' मा रफटफ भएर हल्ला गर्दै आउने भीजेे । त्यही भएरै पनि धेरै दर्शक फ्यान बटुलेका उनी पहिलो पटक 'कर्कश' बाटै ठूलो पर्दामा आउँदै छन् । तर उनलाई आशिफको जस्तो डर लागिरहेको छैन । डर छ त केवल फिल्म रिलिजपछि सक्सेस कसरी ह्यान्डिल गर्ने भन्ने । मजाक गर्दै भने, 'ओभर कन्पिmडेन्ट त होइन, तर आफूले सक्ने गरेकै छु क्षमताले भ्याएसम्म ।' 

उनी चार वषर्ीया छोरीलाई पहिलो पटक फिल्म हेराउन हल लैजाँदै छन् रे, 'कर्कश' को फस्ट डे फस्ट शो । पहिलो पटक आफैंले खेलेको फिल्म देखाउन पाउने भएपछि उनी दंग छन् । तर फिल्म हेर्न भने १६ वर्ष उमेरमाथिका लागि मात्रै अनुमति छ । 

ठमेल क्षेत्रमा तीन साथीहरू छन्, एन्डी, प्रभात र सन्देश । हातमा गिटार हुन थालेपछि उनीहरू म्युजिकल ब्यान्ड खोलेर दिनभर साँघुरो कोठामा प्राक्टिस गर्छन् । पावरदार चस्मा लगाउने दार्जिलिङे एन्डी ड्रम बजाउँछ भने हरेक शब्दमा भक्भकाउने नेवार समुदायमा बस्ने बाहुन केटो प्रभात लिड गिटारिस्ट । अनि एउटा कान कम सुन्नेको छोरो सन्देश बेस गिटारिस्टमा । काम चलाउ भए पनि ब्यान्डसँग गायक छैन । 

झन् ब्यान्ड कम्पिटिसन हुने भएपछि एक लाख रुपैयाँको पुरस्कारले खसखस पार्छ उनीहरूलाई । लाग्छन् गायक खोज्न । 'यु अल गाइज आर लुजर्स' भने पनि इभान लुजर्सको 'कर्कश' ब्यान्डमा भोकलिस्ट बन्न राजी हुन्छ । 'फिल्म आधा म्युजिकल हो, आधा होइन' प्रभातको क्यारेक्टरमा खेलेका गायक सत्यराज आचार्यले मुख खोले, 'म्युजिकलाई आफ्नो बनाउन, त्यसैमा सर्भाइभ हुन चाहने तर स्ट्रगल गर्ने प्रयासमा पात्रहरू फस्दै-फस्दै गएका हुन् । ड्रग्स र डलरमा फसिसकेपछि पनि उनीहरूले म्युजिक छोड्न सकिरहेका छैनन् ।' 

फिल्ममा जसरी उनीहरू एउटै ब्यान्डका सदस्य छन्, बाहिर पनि आशिफ, सत्य, सुरज अनि रेमन हितैषी हुन् । फिल्म खेल्न त परको कुरा, हेर्नसमेत हलमा नजाने सुरजलाई फिल्ममा चाहिँ किन लिए त आशिफले ? उनीसँग सोझो उत्तर छ, 'सस्तो, भरपर्दो ।' थुप्रै फिल्मको अफर लत्याए पनि सुरजले साथीको कुरा काट्न सकेनन् र खेल्दिए । 

आशिफलाई सोधियो, 'पब चलाइरहेको इभानलाई लुजर्सकै ब्यान्डमा किन जानुपरेको त ?' उनले कारण निकाल्न थाले, 'मज्जाले पब चलाइरहेको इभानलाई जीविकाका लागि ब्यान्डमा जोडिनु जरुरी थिएन । उनीहरूको न खतरा ब्यान्ड हो न प्राक्टिस रुम गतिलो छ । नाम कमाउन त कि धनी हुनुपर्‍यो कि म्युजिकल्ली ट्यालेन्ट । केही त हुनुपर्‍यो नि । गुण नै केही छैन ।' 

उनले थपे, 'तर पनि ब्यान्ड च्यालेन्ज जितेर एक लाख पुरस्कार पाउनु छ । संगीतमा साधना गर्ने मान्छे होइनन् यिनीहरू । ग्ल्यामर र मनीका लागि नै लागिरहेका केटाहरू अगाडि लाखौं रकम देखेपछि संगीत सेकेन्ड प्रायोरिटीमा पर्छ ।' उनको बेलिविस्तारलाई अब भने दर्शकले कसरी लिने हुन् ? 

हेल्लो शुक्रबारबाट 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis