दुर्इ बर्ष पहिले नर्बेबाट १५ दिने छुट्टी मनाउनका लागि नेपाल आएर फर्कदा त्रिभुवन विमानस्थलमा मैले जुन अकल्पनिय र निकृष्ट ब्यवहार अनुभव गरेको थिएँ लगभग उस्तै अनुभव यसपाली देश छाड्दै गर्दा विमानस्थलमा अनुभव गरेँ – एकजना कर्मचारी भनौंदोबाट । उसको व्यवहारले मलाई यस्तो रिस उठ्यो कि सायद मेरो ठाउँमा दुर्वासा हुन्थे भने
अन्त्यमा, मैले जब उसलाई त्यो आवश्यक परिएको भनिएको कागजातका बारेमा भिडियो रेकर्डिङ गरेर भन्न अनुरोध गर्ने विचार गरेँ अनि मैले मेरो मोबाइलको भिडियो रेकर्डिङ अन गरेर त्यो डकुमेन्ट मलाई मेरो देश छाड्नका लागि अपरिहार्य हो भन्नुस भनेर उसलाई आग्रह गरेँ तब ऊ चुपचाप बस्यो । मैले विनम्रतापूर्वक उसलाई आग्रह गरेँ – तपाइँ यहाँ हवाई यात्रु चाहे ती स्वदेशी हुन वा विदेशी उनीहरुलाई सजिलो बनाउनका लागि बस्नुभएको न की अनावश्यक झञ्झट दिन । मेरो गुनासो पछि ऊ चुपचाप बस्न सक्ने कुरै भएन, मुख खोलीहाल्यो – म यहाँ किन बसेको हुँ, त्यसका बारेमा तिमीले भनिरहनु पर्दैन ! मैले केहि बोलिनँ, मेरा कागजातमा औपचारीक जाँचपडताल ग¥यो । मैले अपेक्षा गरेको थिएँ – ऊ मलाई शुभयात्रा भन्नेछ । बिडम्बना, उसले मलाई राम्ररी पनि नहेरी मेरो पासपोर्ट बुझायो । अरु त अरु उसले मेरो पासपोर्टमा प्रस्थान गरेको निशाना पनि लगाएनछ । मैले अनुरोध गरेपछि आफ्नो गल्ति बोध नगरी उसले मेरो पासपोर्टमा त्यो ‘स्ट्याम्प’ लगायो जुन एउटा देश छाडेर अर्को देश जाँदा हरेक यात्रुको पासपोर्टमा लगाउनै पर्ने हुन्छ । अन्यथाः उक्त यात्रुलाई उसले यात्रा गर्न लागेको देशको अध्यागमनले जुन देशबाट यात्रा शुरु गरेको हो उक्त देशमा नै फिर्ता पठाइदिन सक्दछ । अर्थात उक्त स्ट्याम्प नलगाई मैले यात्रा गरेको भए, म दुबईबाट फेरि नेपाल फर्किनु पर्ने हुन्थ्यो – फिनल्याण्ड नपुग्दै । मलाई थाहा छैन विमानस्थलमा यो स्ट्याम्पिङसहितको महत्वपूर्ण कार्यसम्पादनका लागि बसेको उसले त्यसो गर्न भुलेको हो वा मैले विवाद गरेकोमा जानीजानी स्वाद चखाउने मनशायले त्यसो गरेको हो, किन्तु उसले उक्त गल्ति गरेकोमा केही बोध नगर्नु मेरा लागि आश्चर्यको विषय थियो ।
हुन त तीनै कर्मचारीहरु हुन एकताका एकजना विष्ट थरी मन्त्रीको भिषा नै चेक नगरी दुबई उडाएर हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको बचेखुचेको प्रतिष्ठा बागमतिमा सेलाउने, दलालहरुसँग सेटिङ मिलाएर लाचार नेपालीहरुलाई अवैध रुपमा मेक्सिको, इराक, अफगानिस्थान, कम्बोडिया र क्युवा उडाउने, सुन तस्करहरुलाई आरामसाथ विमानसम्मै विदेशी मुद्रा पु¥याउने एवं नक्कली नोटका प्रवद्र्धनमा लागेका तस्करहरुलाई सहयोग गर्ने तर ख्वै कुन्नी कि जब म जस्तै आम नागरिकहरु केहि लक्ष्य लिएर भिषा लागेको पासपोर्ट र टिकट लिएर यिनीहरुको डेस्कमा लाम लाग्दछौं तब यिनीहरु किन अवाश्यक दुख दिन तम्तयार हुन्छन् ? मैले आजपर्यन्त बुझ्न सकिरहेको छैन ।
अझ डेढ बर्षपहिले दुईहप्ते छुट्टी मनाएर नर्वे फिर्ता हुँदै गर्दा यसै विमानस्थलमा मैले ब्योहोर्न परेको घटना झनै उदेकलाग्दो छ । जब म ‘प्रस्थान निशान’ लगाउनलाई एउटा कर्मचारीको डेस्कमा पुगेँ उनले विनय भावमा भने – भाई हजुरको भिषालाई मेरो मेशिनले रिड गरेन, हजुरको भिषा नक्कली हो ! म तीनछक परेँ उनको कृत्य देखेर । अलिकति आक्रोशित हुँदै मैले भनेँ – यहि भिषा हो विगत ६ महिनादेखि म नर्वेमा युवा स्वयंसेवकका रुपमा नेपाल रेडक्रसको प्रतिनिधित्व गरिरहेछु, यो त्यहि भिषा हो जुन देखाउँदै र चेक गराउँदै दुईहप्ता अगाडि जर्मनीको फ्र्याङकफट, दुबई हुँदै नेपाल प्रवेश गरेको थिएँ । यो कसरी नक्कली भयो हजुरलाई ? यो किन रिड हुन सकेन तपाइँको मेशिनमा ? कि त हजुरको नियत ठिक भएन वा हजुरको मेशिन चाइनिज सस्तो मार्केटबाट खरिद गरिएको हो त्यो पनि विना टेन्डर । मैले धाराप्रवाह बोलेको सुनेपछि उनले भनेँ – एकछिन हैं म ट्वाइलेट गएर आउँछु । ट्वाइलेट हिडेको उनी म त्यहाँ रहुन्जेल फिर्ता भएनन् । यो कस्तो बिडम्बना ? मैले त्यसबेला बल्ल बुझेको थिएँ कि किन चर्चीत अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ति छिराउन सक्छु भनेका रै’छन् ?
फिनल्याण्डको भान्ता विमानस्थलमा झरेपछि लामो स्वास फेर्दै मैले धेरैबेर गम खाएँ – हाम्रो विमानस्थलका कर्मचारीहरु कहिले स्कीपुल एअरपोर्ट आमस्टर्डम, गार्डेमन एअरपोर्ट ओश्लो, ब्रुसेल्स एअरपोर्ट वा अन्य कुनै अन्तर्राष्ट्रिय विमानस्थलका सहयोगी र कामप्रति इमान्दार कर्मचारीहरु झैं बन्लान ? देशको राजनीति दिल्लीको निर्देशनमा चले झैं यिनीहरु पनि किन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल न्यू दिल्लीमा कार्यरत कतिपय कर्मचारीहरु झैं छुच्चा, साढेँ, असहयोगी र बेसरम बनेका ?
डियाक युनिभर्सिटी, यारभेनपा
फिनल्याण्ड
डियाक युनिभर्सिटी, यारभेनपा
फिनल्याण्ड
-नीराजन शिरीष-
साभार : माई संसार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !