अनुमतिपत्रको केही अंश मात्र हो। यस्ता सेन्सर गरिएका दृश्य एवं संवादका उदाहरण प्रशस्तै छन्।
केन्द्रीय चलचित्र समितिले चलचित्रको अवस्था हेरी सार्वजनिक प्रदर्शनका लागि तीन प्रकारको अनुमतिपत्र दिँदै आएको छ। पहिलो युनिभर्सल अर्थात् सबैले हेर्न मिल्ने, दोस्रो प्यारेन्ट्स ग्ााइडेड अर्थात् अभिभावकको साथमा मात्र हेर्न सकिने थि्रलर चलचित्र तथा तेस्रोमा उमेर पुगेका अर्थात् १६ वर्ष पुगेका वयस्कले मात्र हेर्न मिल्ने एडल्ट अनुमतिपत्र।
एडल्ट भन्नाले १६ वर्ष पुगेका वयस्कले मात्र हेर्न सक्ने भनिएको हो। तैपनि यसले समाजलाई यौनजन्य गतिविधिमा लाग्न प्रेरित गरिरहेको समाजशास्त्रीहरूको भनाइ छ। अश्लीलताले चलचित्र चल्छ भन्नु भ्रम नै हो। राम्रो फिल्म चल्न अश्लीलताको आड लिनु नपर्ने कुरा बताउँदै नेपाली चलचित्रका नियमित दर्शक सन्दीप राई भन्छन्- राम्रो फिल्म चलिहाल्छ छाडा हुँदैमा चल्ने होइन।
विगतमा एडल्ट अनुमति प्राप्त नेपाली चलचित्रले खासै व्यापार पनि गरेका छैनन्। त्यसबाहेक समाजले कतिसम्म पचाउँछ भन्ने कुरा निर्माता-निर्देशकले हेक्का राख्नुपर्ने फिल्म सेन्सरबोर्डका अध्यक्ष नारायणप्रसाद सञ्जेल बताउँछन्। चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौला भन्छन्- नेपाली चलचित्रमा बढिरहेको अश्लीलतालाई निरुत्साहित गर्नुपर्छ। सीधै देखाउनुभन्दा त्यही कुरालाई फरक प्रस्तुतिबाट बुझाउन सकिने उनको तर्क छ। बुझ पचाएकाहरूलाई त चिन्ता नहोला तर नेपाली चलचित्रमा निरन्तर लागिरहेका अन्य निर्माता, निर्देशक एवं कलाकारहरूलाई यस्ता चलचित्र बन्ने क्रम नरोकिए काम गर्न गाह्रो हुन्छ भन्ने तर्क पनि निरौलाको छ।
बार गर्लको प्रवेश
बार डान्सरबाट नेपाली चलचित्रमा उदाएकी हुन् नायिका पुजना स्त्री। उनले नेपालमा पहिलो पल्ट बिकिनीमा फोटोसुट गराएकी थिइन्। उनको फिल्ममा किस सिन र बेड सिन लगभग छुट्दैन। यसरी नै नेपाली समाजमा अहिले क्याबिन रेस्टुराँहरूमा कार्यरत युवतीहरूको प्रवेशले नेपाली चलचित्र बढी छाडा भएको कलाकार सिर्जना सुब्बा बताउँछिन्। 'केही प्रतिशत मात्र राम्रा कलाकार छन्,' उनले भनिन्- हामीजस्ता कलाकारको पारिश्रमिक नै घटाइदिए तिनीहरूले। हामी स्त्रिmप्ट पढ्छौं अनि पारिश्रमिकमा कुरा मिलेपछि मात्र अनुबन्धित हुन्छौं। उनीहरू त फोनकै भरमा मान्छन्। कुनै पनि दृश्य दिन आपत्ति मान्दैनन्। उनले कटाक्ष गर्दै भनिन्- पोर्न स्टार सन्नी लिओनलाई शरीर देखाउन के-को आपत्ति ? सुनेकी छु त्यस्ता केटीहरूले निर्देशकलाई निर्माता पनि खोजिदिने गरेका छन्।
चलचित्र नायिका भएपछि आफ्नो 'रेट' बढ्ने भएकाले पनि त्यस्ता युवातीहरूको प्रवेश बाक्लिएको उनको आरोप छ। त्यसैले पनि नेपाली चलचित्र अश्लील देखिन थालेको छ। उनीहरू चलचित्र विकास बोर्ड तथा केन्द्रीय चलचित्र सेन्सर समितिलाई नै चकित पार्ने खालका दृश्यमा काम गरिरहेका छन्। समितिले टुलुटुलु हेर्नुपर्ने बाध्यता छ। सेन्सरबाट अनुमति प्राप्त चलचित्र भए पनि त्यस्ता चलचित्र घरपरिवारसँग हेर्न सकिँदैन।
चलचित्रका बारेमा नबुझी एकै पटक निर्माता-निर्देशक बन्न आउनेहरूको जमातका कारण पनि यस्तो हुन गएको सुब्बा बताउँछिन्। जो हिरोइनसँग रमाइलो गर्न पाइने, सँगै खानपिन र डेटिङ जान पाइने कुरामा लोभिएर आएका हुन्छन्। सी ग्रेड चलचित्रका लागि उनीहरू नै तयार हुन्छन् जो पढेर-बुझेर यो क्षेत्रमा आएका छैनन्।
सुब्बा भन्छिन्- सबै निर्माता-निर्देशकलाई दोष लगाउन मिल्दैन। बाध्यता भन्दै उत्ताउलो दृश्य दिनु युवतीहरूको पनि कमजोरी हो। आफ्नो देशको परिवेश एवं समाजको पनि ख्याल गर्नुपर्छ। सम्बन्धित निकायले चलचित्रसँगै कलाकारको ग्रेड पनि छुट्याउनुपर्छ।
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई पनि अहिलेका कतिपय निर्माताको यस्तो क्रियाकलाप स्वीकार गर्छन्। लामो समयदेखि काम गर्दै आएका निर्माताहरू त्यस्ता छैनन्, राई तर्क गर्छन्- निर्माताहरूले नेपाली मूल्य-मान्यता, रीतिरिवाज एवं परम्पराको ख्याल गर्नुपर्छ।
त्यसो त चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौला पनि नेपाली चलचित्रमा अश्लीलता बढेको कुरा स्वीकार गर्छन्। निरौला भन्छन्- कतिपय निर्माता-निर्देशक यस्तै चलचित्र चल्ने भ्रममा छन्। बोर्डमा पहिलेभन्दा अश्लील खालका चलचित्र निर्माण इजाजत लिन आउनेहरूको संख्या बढेको उनको भनाइ छ। यो कुरामा केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नारायणप्रसाद सञ्जेल पनि सहमत छन्ा्। अहिले सबैले हेर्न मिल्ने चलचित्रभन्दा वयस्कले हेर्ने खालका चलचित्र निर्माणमा निर्माता-निर्देशकहरू केन्दि्रत भएको शर्माको अनुभव छ।
एक समय फिल्मी बजारमा रेखा थापाको मिनीस्कर्टको चर्चा कम थिएन। त्यतिबेला छोटा पहिरनकै कारण चलचित्र चल्ने टिप्पणी पनि गरियो। नेपाली चलचित्र नचलिरहेको खडेरीमा अन्ततः लुट र चपली हाइटले पैसा कमाए। ती दुई चलचित्रले प्रस्तुत गरेको शैलीबाट मात्र चलचित्र चल्ने विष्लेषण गर्दै निर्माताहरू तिनकै भद्दा नक्कल गर्न लागिपरेका छन्। उनीहरू समाजको वास्तविकता ख्याल नगरी वयस्क चलचित्र बनाउन उद्यत् छन्।
एडल्ट कलाकार
अहिले कपडा खोल्ने, अश्लील र उच्छृंखल संवाद डेलीभर गर्ने, बलात्कारको सिन, बेड तथा किस सिन दिने नायिकाहरूको कमी छैन। चलचित्र पाउन वा आफूलाई चर्चामा राखिरहन त्यस्ता दृश्य दिन पछि पर्दैनन् कलाकारहरू। उनीहरूले अभिनय गरेका प्राय सबै चलचित्रले एडल्ट सर्टिफिकेट पाएका छन्। त्यसैले उनीहरूलाई एडल्ट नायिका भन्दा फरक पर्दैन। जिया केसीको एटीएम, बर्बाद र रंग वे तीनवटै चलचित्रले एडल्ट सर्टिफिकेट पाएको छ। उनले लगाएको पहिरन, डायलग डेलिभरी, नायकसँग दिएका अन्तरंग दृश्य आदिका कारण ती चलचित्रलाई यो दर्जामा राखिएको हो। जियासँगै एटीएममा सोनिया शर्मा र सविना कार्की पनि छन्। यस्तै बिनिता बराल आफ्नो डेब्यु फिल्म चपली हाइटबाट रातारात हिट भइन्।
उनको सेक्सी हाउभाउ एवं दुई नायक आमिर गौतम र राज घिमिरेसँगको अन्तरंग दृश्यका कारण चपली हाइट पनि एडल्ट सर्टिफिकेट पाउने चलचित्र बन्यो। बिन्दासकी सुष्मा कार्की पनि एडल्ट नायिकामा पर्छिन्। उनको चलचित्र बिन्दासले एडल्ट सर्टिफिकेट पाएको छ। चलचित्र बिन्दासमा उनको पोस्टरको चर्चा पनि कम भएन। चलचित्र मेरो जीवन साथीमा राजेश हमालसँग बेड सिन दिएकी थिइन् सुष्माले। पूजना स्त्रीले पनि रक्षामा बेड सिन दिएकी छिन्। अरुण्ािमा लामा चलचित्र किन-किनमार्फत हट नायिकाका रूपमा उदाउने तयारीमा छिन्। उक्त चलचित्रमा उनले अभिनेता राजेश हमालसँग बेड तथा किस सिन दिएकी छिन्। चलचित्र किन-किनले पनि एडल्ट अनुमतिपत्र पाएको छ।
एडल्टको संख्या बढ्यो
विगतका वर्षहरूमा नेपाली चलचित्रमा केन्द्रीय जाँच समितिले केही चलचित्रलाई म्ाात्र एडल्ट -१६ वर्षदेखि माथिका उमेरले मात्र हेर्न मिल्ने) प्रमाणपत्र दिँदै आएको थियो। पछिल्लो समयमा भने एडल्ट सर्टिफिकेट पाउने चलचित्रमा ठूलो मात्रामा वृद्धि भएको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष ०६९/७० मा दुई दर्जन चलचित्रले एडल्ट प्रमाणपत्र पाए। केही वर्षअघि चलचित्र पलपलमाले एडल्ट सर्टिफिकेट पाएको थियो। त्यसपछि भने लुट र चपली हाइटले फरक स्वादको चलचित्रको नाममा अश्लील संवाद र दृश्यको बाढी लगाएको कुरा बताउँदै केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नारायणप्रसाद सञ्जेलले भने- नेपाली चलचित्रमा बढ्दो अश्लीलताले समाजमा नकारात्मक असर पारिरहेको छ। कतिपय चलचित्र परिवारसँग बसेर हेर्नै नसकिने खालका छन्। फरक कथा र नयाँपनको नाममा समाजमा नपच्ने खालका दृश्य र संवाद हाल्ने गरिएको छ। लुट र चपली हाइटपछि नयाँ कलाकारले शरीर नखोली अघि बढ्नै नसक्ने प्रवृत्तिको विकास भएको छ।
चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन- २०२६ अनुसार बनेको नियमावली- २०५७ मा नेपालको अन्तिरिम संविधान- २०६३ को मूल भावनाविपरीत हुने विषय, मुलुकको सार्वभौमसत्ता, अखण्डता, शान्ति-सुरक्षा र संस्कृतिमा आँच आउने विषय र नेपाल नागरिक वा कुनै जनजाति विशेषका बारेमा रुग्ण, नग्न चित्रण छायांकन गर्न नपाइने, राष्ट्रिय प्रतिष्ठामा आँच आउने किसिमका दृश्यहरू छायांकन गर्न नदिने, निषेधित क्षेत्रमा छायांकन गर्न नपाइने आदि कुरा उल्लेख छ। ऐनमा निर्माताले चलचित्रको निगरानी राख्ने सरकारी अधिकारीलाई आफ्नै खर्चमा चलचित्र छायांकनको अनुगमन गर्न लगाउनुपर्ने व्यवस्था छ तर नेपाली चलचित्रका कुनै पनि निर्माता वा निर्देशकले त्यसो गरेको पाइँदैन।
कन्फ्युजमा बोर्ड र जाँच समिति
जब चलचित्र लुट र चपली हाइटले सुस्ताएको नेपाली चलचित्र व्यवसायमा पनि पैसा कमाए, त्यसपछि एक थरी निर्माता-निर्देशकहरूको दिमागमा त्यही छाप पर्यो। यस्तै दृश्य र संवाद भए त चल्ने रै'छ भन्ठान्नेहरू बढे। उनीहरू ए ग्रेडका राम्रा कलाकारलाई भन्दा सी ग्रेडका कलाकारसँग यस्ता खालका चलचित्र बनाउन तम्सिए। उनीहरूलाई स्थापित कलाकारको स्टारडम आवश्यक परेन। मात्र कसले यौन दृश्य दिन सक्छ र छाडा बोल्न धकाउँदैन, उसकै खोजी हुन थाल्यो। चलचित्र विकास बोर्ड तथा चलचित्र केन्द्रीय जाँच समितिको कमजोरीको फाइदा उठाउनेहरूका कारण पनि नेपाली चलचित्र अश्लीलतामा केन्दि्रत हुँदै गएको छ। सरकारी कर्मचारीहरू आफ्नो जिम्मेवारीबाट पन्छिन् खोज्ने तथा निर्माता-निर्देशकसँग किन नराम्रो हुनु भन्ने धारणा विकास भएकाले पनि यसो भएको हो। त्यसबाहेक चलचित्र निर्माण इजाजत दिने बोर्ड एवं चलचित्र निर्माण भएपश्चात् अन्तिम जाँच समितिको आपसी द्विविधाका कारण पनि यस्तो स्थिति आएको हो।
नारायणप्रसाद सञ्जेल, अध्यक्ष, केन्द्रीय चलचित्र जाँच समिति
नेपाली चलचित्र अश्लील हुन थालेका हुन् ?
हो, यसको रेकर्ड हेर्दा पनि थाहा हुन्छ। यसलाई रोक्न विकास बोर्डले चलचित्र निर्माण इजाजत दिने बेलामै कारबाही गर्नु आवश्यक हुन्छ। अनुमति लिएर त्यत्रो लगानी गरेपछि हामीकहाँ पुगेर दृश्यहरू काटिन्छन्। फेरि छायांकन गर्नुपर्ने पनि हुन्छ। त्यसैले बोर्डले अनुमति प्रदान गर्दा नै सजगता अपनाउनुपर्छ। सुरुमै यो विषयमा सजग गराउनुपर्छ।
के कारणले अश्लीलता बढेजस्तो लाग्छ ?
मलाई के लाग्छ भने नेपाली चलचित्रमा सिर्जनात्मकताको एकदमै कमी छ। नक्कल गर्नेहरू बढी छन्। त्यसबाहेक कतिपय कलाकार अशिक्षित भएकाले पनि छाडा प्रवृत्ति बढेजस्तो लाग्छ।
एडल्ट अनुमति पत्रनै किन ?
केटाकेटीको मनोविज्ञानलाई मध्यनजर गरेर त्यस्ता चलचित्र उनीहरूले नहेरून् र कसैले नदेखाउन भनेर हो। समाजमा द्वेष फैलाउने खालका तथा यौनजन्य कुरालाई हटाउने, धूम्रपान र अश्लीलताका दृश्य र संवाद काट्ने वा म्युट गर्न लगाउने गरिएको छ।
नेपाली चलचित्रको शीर्षक अंग्रेजी राख्नु उचित छ ?
यसलाई रोक्न बोर्डलाई नै पत्र लेख्ने तयारी गरिएको छ। बोर्डले स्क्रिप्ट अध्ययन गर्दा नै सबै कुरा ख्याल गर्नुपर्ने हुन्छ।
जाँच समितिको अनुमतिपूर्व नै सामाजिक साइटहरूमार्फत चलचित्रका अश्लील दृश्य एवं संवादहरू राखिएका प्रोमो सार्वजनिक हुन्छन्, यसलाई के भन्नुहुन्छ ?
सामाजिक साइटमा केन्द्रीय जाँच समितिले अनुमति दिनुपूर्व पनि अश्लील दृश्यहरू राखिने गरेका छन्। यो निन्दनीय छ। त्यसलाई निरुत्साहित गर्नुका साथै अन्य विकृति रोक्न वरिष्ठ चलचित्रकर्मी यादव खरेलको संयोजकत्वमा एउटा कार्यदल गठन गरेका छौं। त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्नेछौं।
हरिसिंह रैखला, निर्माण अधिकृत, चलचित्र विकास बोर्ड
दर्ता हुन आउने चलचित्रहरू कस्तो पाउनुभएको छ ?
तुलनात्मक रूपमा अहिले अश्लील संवाद बढी राखिने गरेको छ। एउटा चलचित्रको संवाद त पढ्नै नसकिके पनि थियो। हामीले त्यस्ता चलचित्रका निर्माता-निर्देशकहरूलाई बोलाएर सुझाव दिने गरेका छौं।
कस्ता चलचित्रलाई अनुमति दिन मिल्छ ?
विकास बोर्डले निश्चित मापदण्ड पूरा गरेकाहरूलाई चलचित्र बनाउने निर्माण इजाजत दिन्छ। बाँकी काम केन्द्रीय जाँच समितिले गर्ने हो।
पहिले विकास बोर्डले नै हेर्नुपर्ने होइन र ?
पहिले चलचित्रको कथासार मात्र हेरिन्थ्यो। सबैले त्यसविपरीत चलचित्र निर्माण गर्थे। पछि जाँच समितिमा विवाद पथ्र्यो। अहिले भने दुई प्रति स्क्रिप्ट लिने गरेका छौं। उक्त स्क्रिप्ट हेरेर भद्दा लाग्ने खालका शब्द वा दृश्य देखिए भने चार दिनभित्रमा सुझाव दिने गरेका छौं। त्यो पनि मौखिक मात्र हो।
मौखिक सुझाव मात्र किन ?
जाँच समितिले नै गर्ने हो छाँटकाँट। हामीसँग अनुमति लिएर चलचित्र निर्माण भैसकेपछि पहिलेको स्क्रिप्टसँगै केन्द्रीय जाँच समितिलाई सिफारिस गर्ने गरेका छौं।
जाँच समितिले चाहिँ विकास बोर्डले नै पहिले अनुमति प्रदान गर्दा नै सबै कुरा हेर्नुपर्ने कुरा बताउँदै आएको छ नि ?
मैले अघि पनि भनें। हामीले स्क्रिप्ट हेरेर कसैलाई नबनाउनुस् भन्न मिल्दैन। उनीहरूलाई यो-यो हटाउनुहोस् भनेर सुझाव दिने मात्र हो।
राजकुमार राई, अध्यक्ष, चलचित्र निर्माता संघ
निर्माताका कारण नै अश्लीलता बढेको हो ?
शतप्रतिशत हो। किनभने लगानी उसको हुन्छ, तर निर्माताले समाजको पनि ख्याल गर्नुपर्छ। फरकधार भन्दै लुट र चपली हाइटले एक खालको पैसा कमाए। पछिल्लो समयमा नयाँ निर्माताहरू व्यापारकै लागि यस्ता चलचित्र बनाउन उद्यत् छन्। जसका कारण चलचित्र एडल्ट हुन थाले। पुराना निर्माताहरूमा भने अहिलेसम्म कसैले त्यस्ता चलचित्र निर्माण गरेका छैनन्, उनीहरूले समाजलाई राम्रा चलचित्र दिएका छन्।
अश्लीलताका लागि नै सी ग्रेडका कलाकार छनौट गरिन्छ ?
त्यसोभन्दा पनि एक खालका निर्माता-निर्देशकले नयाँ टेस्ट र चार्मिङका लागि त्यसो गर्ने गरेका छन्। त्यसलाई निर्माता संघले रोक्न पहल गरिरहेको छ। सम्भावना नभएका कलाकारहरू पनि आफैं सर्टकट बाटो रोज्दै हिट हुने नाममा नांगिने गरेका छन्।
महिलाहरूसँग मस्ती गर्न पनि चलचित्र निर्माण गरिन्छ भन्ने आरोप पनि छ नि ?
मस्ती गर्न आउनेहरू पनि छन्, तर मुख्य कुरा अहिले नेपाली चलचित्र पुरानो धारबाट नयाँ धारमा जाने रूपान्तरणको प्रक्रियामा छ। यो बेला यस्तै हुन्छ। त्यस्तो सोच राखेर आएकाहरूलाई समयले पाखा लगाउनेछ।
अहिले चलचित्रमा क्याबिन गर्लहरूको प्रवेश बढेको हो ?
आएका होलान् तर क्याबिन रेस्टुराँमा कार्यरत युवतीहरू आउँदैमा नराम्रो हुने होइन। बार डान्सरहरूलाई पनि नराम्रो भन्न मिल्दैन। हलिउड र बलिउडमा थुप्रै क्याबिन गर्ल, बारडान्सर तथा पोर्नस्टारहरू जमेका छन्।
चलचित्रमा बढ्नो अश्लीलता कम गर्न के गर्दै हुनुहुन्छ ?
संयुक्त पहल भैरहेको छ। पहिलो कलाकार, निर्माता तथा निर्देशकहरूको आचारसंहिता राज्यबाट लागू हुँदैछ। त्यसबाहेक चलचित्र जाँच समितिलाई टाइट बनाउने प्रयास गरिरहेका छौं। यसले पनि अहिलेको बढ्दो अश्लीलता घटाउने विश्वास लिएका छौं। तेस्रो यस विषयमा जनतामा चेतना जगाउने काम पनि गर्ने योजनामा छौं।
दिनेश डिसी, अध्यक्ष, चलचित्र निर्देशक संघ
निर्माताको खुसीका लागि निर्देशकले नायिका छान्छन् रे हो ?
गलत कुरा हो। निर्देशकले त्यति सानो कामका लागि आफूलाई समर्पण गर्न सक्दैन।
बजारमा यौन बिक्ने भएकाले सी ग्रेडका कलाकार छान्नुपरेको हो ?
सरदर एउटा नेपाली चलचित्र बनाउन ४० लाख खर्च हुन्छ। त्यसका लागि राम्रा कलाकार पनि पाइन्छ। पुराना-नयाँ सबै कलाकारले यौनजन्य दृश्य दिन्छन्। सानाले दिने ठूलाले नदिने भन्ने हुँदैन। उनीहरू कन्भिस्ा भएरै आएका हुन्छन्, तर त्यस्ता दृश्य नेपाली समाजको परिवेशअनुकूल हुनुपर्छ।
निर्देशकहरूको सिर्जनात्मकता किन हराउँदै गएको होला ?
फोटोकपि गर्नेहरू बढेका छन्। संसारमा के भैरहेको छ, त्यसको तुरुन्त छाप परिहाल्छ नेपालमा पनि। अहिले संसारमा बन्ने चलचित्रमा यौन बढी बिक्री भएको स्थिति छ र त्यसको छाप भारत हुँदै नेपालमा पनि परेको छ। यद्यपि आफ्नै देशको रहनसहन एवं संस्कृतिमा आधारित हुन सके अझ राम्रो हुन्छ।
निर्देशक बन्न के कुरा आवश्यक छ ?
धैर्यता, कल्पनाशीलता, अध्ययन एवं प्राविधिक ज्ञान। यससँगै अनुभव पनि आवश्यक हुन्छ।
नेपाली चलचित्रमा बढ्दो अश्लीलता कम गर्न के गर्न सकिन्छ ?
हामीले आफ्नो समाज सुहाउँदो चलचित्र मात्र निर्देशन गर्नुपर्छ।
नवल खड्का, अध्यक्ष, नेपाल चलचित्र कलाकार संघ
चलचित्रमा अश्लीलता बढेको कुरा स्वीकार गर्नुहुन्छ ?
बढेकै हो। मुख्य कुरा, त्यही कुरा कलात्मक रूपमा पनि प्रस्तुत गर्न सकिन्छ, तर त्यो भैरहेको छैन। कतिपय निर्माता-निर्देशक सी ग्रेडका चलचित्र बनाउन उद्यत् छन्।
निर्माता-निर्देशकहरूको दबाबमा कलाकारहरू नांगिनुपर्छ रे हो ?
निश्चीत रूपमा दबाब दिइने गरेको छ। कलाकार नांगिदा चलचित्र चल्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्छ। चलचित्र चल्न त विषयवस्तु मजबुत हुनुपर्छ। यसमा केही प्रतिशत स्वयं कलाकार पनि दोषी छन्।
कलाकार बन्न के-कस्ता कुरा आवश्यक छ ?
मुख्यतः अभिनय क्षमता आवश्यक हुन्छ। इमान्दारिता, धैर्यता, जिम्मेवारी बोध एवं लगनशीलता आवश्यक हुन्छ। त्यसबाहेक चलचित्रसम्बन्धी सामान्य ज्ञान वा फिल्म मेकिङसम्बन्धी ज्ञान आवश्यक हुन्छ।
अश्लीलता बढ्नुमा कलाकारहरू कत्तिको दोषी छन् ?
दोषी छन्। चाँडै चर्चा पाउने नाममा अश्लीलताको सहारा लिनेहरू पनि छन्। कतिपय कलाकारले त्यस्ता दृश्य राजीखुसीमा दिएका छन्।
यस्तो विकृति हटाउन कलाकारले के गर्न सक्छन् ?
कलाकार आफैं सजग हुनुपर्छ। अश्लीलता बढाउन कलाकारको पनि हात हुन्छ। कलाकार र दर्शकहरूबीच एक किसिमको सम्बन्ध हुन्छ। त्यसैले अश्लीलता हटाउन दर्शकको पनि साथ चाहिन्छ। त्यस्ता कलाकारलाई उनीहरूले बहिष्कार पनि गर्दै जानुपर्छ।
कथाले माग्यो
चलचित्र 'मजबुर' मार्फत डेब्यु गरेकी मोडल अनुष्कासँग सोधियो- ग्ल्यामरको मामिलामा कतिसम्म खुल्नुहुन्छ ? उनले भनिन्- 'कथाले मागेसम्म एक्सपोज हुन्छु।' चलचित्र 'तलास'की सह-नायिका रेनुकाभन्छिन्- 'समाजले पचाउनेसम्म मात्र खुल्छु।'
स्थापित भैसकेका नायिकाहरू पनि ग्ल्यामरको मामिलामा 'कथाले मागेसम्म दिने' रेडिमेड धारणा व्यक्त गर्छन्। चलचित्र नायिका बन्न दौडधूप गरिरहेकी गंगा हुन् वा लक्ष्मी, चाहे सिम्रन हुन् वा मोडल सिर्जना, सबै कथाले मागेसम्म मात्र खुल्ने बताउँछन्। ग्ल्यामरको मापदण्ड सम्बन्धमा नवनायिका दीक्षा कुँवरको प्रस्ट धारणा छ। 'मिनिस्कर्ट वा टु पिस -बिकनी) के सम्म लगाउने आफैं स्पष्ट हुनुपर्छ,' दीक्षा भन्छिन्- 'कथाले माग्ने/नमाग्ने एउटा कुरा हो, आफ्नो मान्यता दर्साउनु महत्वपूर्ण पक्ष हो।' दीक्षाले भनेझै 'कथाले मागेसम्म' भनेर अमूर्त कुरा गर्नुको कुनै तुक छैन। बरु मोडल कोपिला हाक्काहाकी भन्छिन्- 'म एकदमै नेकेड होइन, टु पिससम्म चाहिँ लगाउँछु।' अनि दीक्षा नि ? 'कलात्मक शैलीमा प्रस्तुत गर्ने हो भने टु पिसमा अभिनय गर्नुलाई भल्गर मान्दिनँ' -दीक्षाको प्रत्युत्तर रह्यो। नायिका/मोडलको यस्ता धारणा प्रकट भैरहँदा निर्देशक बद्री आचार्य फरक टिप्पणी गर्छन्। उनी चलचित्रमा अंगप्रदर्शनको दृश्य राख्नुमा दर्शकलाई कारक मान्छन्। आचार्य भन्छन्- 'दर्शकको मनोविज्ञान हेरेर चलचित्र निर्माण गरिने भएकाले स्त्रिmप्ट पनि सोहीअनुरूप तयार पार्नुपर्ने बाध्यता छ। हुन पनि कतिपय चलचित्रले नग्नताकै भरमा व्यावसायिक सफलता हात पारेका छन्।
मोरङ, बयरवन-९ की विमला कोइराला नेपाली चलचित्रमा 'मिनिस्कर्ट क्रान्ति' ल्याएकैले रेखा थापा चम्किएको बताउँछिन्। 'अभिनय नै मुख्य कुरा हो भने यतिबेला रजतपटमा रेखा थापा होइन, निरुता सिंहको जगजगी हुनुपथ्र्यो,' उनले भनिन्- 'दर्शकको रोजाइमा पहिले ग्ल्यामर, त्यसपछि मात्र अभिनय पर्ने गरेको छ।' नेपाली चलचित्र नियमित हेर्दै आएकी विमलाले चलचित्रबाट गुन्यूचोली लोप हुनुमा पनि दर्शकको भूमिका रहेको ठोकुवा गरिन्। 'हामीले नै ग्ल्यामरस चलचित्र खोजेपछि बनाउनेले पनि त्यस्तै बनाउने हो,' उनको टिप्पणी थियो।
मोडल/नायिकाहरू अङ्ग प्रदर्शनको प्रश्नमा अक्सर कथाले माग्ने, समाजले पचाउनेसम्म जस्ता प्रतिक्रिया दिइरहन्छन्, तर कथाले चाहिँ कतिसम्म माग्छ त ? निर्देशक किशोर सुब्बा भन्छन्- 'कथाले माग्ने भनेको कस्तो हो भने, जस्तो बीपी कोइरालाको सुम्निमालाई सिनेमा बनाउँदा नायिकालाई निर्वस्त्र बनाउँनैपर्छ।' सुब्बाले भने- 'सायद त्यसैले होला, सुम्निमालाई चलचित्रको रूप दिन धेरैले जोखिम उठाउन चाहेनन्।' सुब्बाका अनुसार नेपाली एडल्ट -वयस्कहरूले मात्र हेर्ने) चलचित्रमै पनि सर्वाङ्ग नाङ्गो दृश्यलाई स्थान छैन, तर स्वीमिङ कस्ट्युम वा विकनीसम्मलाई स्वीकार गर्न सकिन्छ। सार्थक कथामा ध्यान दिनेभन्दा पनि सस्तो लोकपि्रयताका लागि कथा/पटकथा तयार पार्ने होडबाजीले चलचित्रमा अनावश्यक अंगप्रदर्शनले प्रश्रय पाएको सुब्बाको भनाइ छ।
हुन पनि नेपाली चलचित्र निर्माणको पछिल्लो फर्मुला सकेसम्म ग्ल्यामर पस्किनु नै हो। कतिसम्म भने 'आइटम डान्स' का नाममा होस् वा स्वीमिङ पुलमा नायिकालाई जम्प हान्न लगाएर नै किन नहोस्, चलचित्रलाई आकर्षक बनाउने प्रयासमा भल्गर बनाइन्छ। चलचित्र निर्माणमा हात हालेका लीलाराज प्रधान भन्छन्- 'डाइरेक्टर सा'बहरूको सोचकै कारण अंग प्रदर्शन बढेको हो।' अंगप्रदर्शन कथाले माग्छ कि निर्माता-निर्देशक वा दर्शकले ? नेपाली चलचित्र उद्योगका लागि एउटा रहस्य नै भएको छ।
- मिलन के राउत
जो पछुताउँदै छन्
निर्देशकको कुनै निरन्तरता छैन। निर्माता पनि त्यस्तै। एकपटक आयो अनि हरायो। क्षणिक स्वार्थका लागि काम गर्ने निर्माता-निर्देशकहरूका कारण पनि अश्लीलताको वृद्धिमा असर परिरहेको छ। चलचित्रमा अनुहार देखाउन आतुर युवापुस्ताको लर्को पनि त्यसका लागि उत्तिकै जिम्मेवार भएको निर्देशक समाजका अध्यक्ष दिनेश डिसी बताउँछन्। चलचित्रमा काम गर्न कम्तीमा सम्बन्धित विषयको ज्ञानका साथै कथाको अध्ययन आवश्यक हुन्छ। पारिश्रमिकबिना नै काम गर्ने कलाकारका कारण पनि उनीहरू आफैं दुःखी हुनुपरेको छ। केही व्यक्ति यस्ता पनि छन् जो आफूलाई कलाकारका रूपमा चिनाउन चाहन्छन्, त्यसैले साधारण चिनजान वा फोनको भरमा सीधै सुटिङ स्पट पुग्छन्, अश्लील दृश्यमा अभिनय गर्छन् र पछुताउँछन्।
उनले कोरियन स्टाइलमा केश स्टेट गरेका छन्। कहिले अनामनगर त कहिले रत्नपार्क र बागबजारतिर भौंतारिरहेका हुन्छन् सिन्धुपाल्चोकका अंकित खड्का -२६)। अंकित नेपाली चलचित्रमा स्थापित हुन चाहन्छन् तर त्यसका लागि झीनो आशा मात्र बाँकी छ। सँगैका युवतीहरू कपडा खोलेकै भरमा नायिका भएका छन्, तर आफू सडकमा। अंकित झोक्किदै भन्छन्- युवतीहरूलाई सजिलो रै'छ। बल्ल-बल्ल चलचित्र हात लाग्छ। सी ग्रेड चलचित्रप्रति लक्षित गर्दै उनले भने त्यो पनि त्यस्तै खालको। उनले भने कथा एउटा हुन्छ स्पटमा गयो अर्कै सिन खिचिन्छ।
युवतीहरूमा नायिका बन्ने सपना पनि कम पाइँदैन। पोखरामा क्याम्पस अध्ययनका क्रममै नायिका बन्न राजधानी आइपुगिन् ग्रीष्मा ढकाल -२३)। उनले सुनेकी थिइन्, नायिका बन्न अलिकति खुल्नैपर्छ। यही अवस्था बुझेर उनले फोनको भरमा एउटा चलचित्रका लागि पछाडिको भाग नांगै खिच्न दिने सर्त मौखिक रूपमा मञ्जुर गरिन् तर अहिले भने उनी उक्त चलचित्रको स्वरांकनका लागि भागी-भागी हिँडिरहेकी छिन्। ग्रीष्मा भन्छिन्- मैले पछाडिका लागि मात्र अनुमति दिएकी थिएँ, तिनीहरूले मेरो अगाडिको भाग पनि खिचेका छन्। म पूर्ण टपलेस छु। उनले भनिन्- त्यो सिन मलाई देखाऊ भन्दा पनि देखाउँदैनन् अनि किन जानु ? भरसक त्यो चलचित्र रिलिज नहोस्। उनले यसो भन्दै अहिलेसम्म पारिश्रमिक नपाएको पनि दुखेसो पोखिन्। ग्रीष्माले थपिन्- त्यो चलचित्र सी ग्रेडजस्तै छ। उनीजस्तै सल्यानका आर्जेश रेग्मी -२४) ले पनि आफू पीडित भएको कुरा बताउँदै आएका छन्। बलिष्ठ ज्यान हुँदाहुँदै पनि रेग्मी मनमा साइराम जपिरहेका हुन्छन्। केही म्युजिक भिडियोमा काम गरेपछि उनी चलचित्रमा पनि काम गर्ने सपना देख्न थाले। अनुहार देखाउन पाइने लोभमा उनी चलचित्रमा काम गर्न राजी भए। गोदावरीमा सुटिङ भएको चलचित्रमा रेग्मीले नायिकाको तिघ्रा मुसार्नेदेखि किस खानेसम्म काम गरेका छन्। केटीले बेडमा लगेर मेरो पेन्ट र भेस्ट खोल्दिएकी छिन्। उनले भने- अहिले हेर्छु, त्यो चलचित्र कुनै सी ग्रेड मुभीभन्दा फरक छैन। पछुतो लागिरहेको छ। रेग्मीले मनमा साइराम जप्नुको कारण उक्त चलचित्र रिलिज नहोस् भनेरै हो !
वर्ष ०६९/७० मा एडल्ट सर्टिफिकेट पाउने चलचित्र
यसअघि पलपलमा, लुट, चपली हाइट, बर्बाद, एटीएमजस्ता चलचित्रले एडल्ट सर्टिफिकेट पाएका थिए। फरकधार भन्दै यस्ता चलचित्र निर्माण गर्ने क्रम रोकिएको छैन। यस वर्ष भने यो तथ्यांक ह्वात्तै बढेको छ। केन्द्रीय चलचित्र जाँच समितिका अनुसार आर्थिक वर्ष ०६९/७० मा एडल्ट सर्टिफिकेट पाउने चलचित्रमा जस्ट फर यु, नेपथ्य, सुपारी, कर्कस, रोमान्स, त्रास, मिसन फर ट्वान्टी, लभ फरएभर, रिंगरोड, प्लेगर्ल, युज, अपि्रल फूल, छड्के, कलिउड, किन किन, नाइन ओ क्लक, धन्दा, ब्लाक नाइट, लभ यू-म्यान, लुट कम्पनी, धूवाँ यो नशा, साइना, फूलस्टप तथा बिन्दास छन्। माथि उल्लेखितमध्ये केही चुपचाप प्रदर्शनमा आए र उत्रिए भने केहीले एडल्ट सर्टिफिकेट पाएको कुरालाई नै चलचित्रको विज्ञापनको माध्यम बनाए।\\
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !