बिगत केही हप्तादेखि नेपालका विभिन्न जिल्लाहरुमा बर्ड फ्लु रोग महामारीकै रूपमा फैलिन थालेपछि यो रोग अहिले चर्चाको शिखरमा छ। यस संगसंगै सर्बसाधारण मानिसहरुमा कतै यो रोग मानिसमै पो आइहाल्ने हो कि, कतै
आफैलाई पो सरिहाल्ने हो कि भन्ने डर र चिन्ता उत्पन्न भएको हुनसक्छ। काठमाडौँ उपत्यकामा मात्रै २ सातामा २१ ठाउँमा यो रोग प्रमाणित भएपछि यस्तो चिन्ता लाग्नु अस्वाभाविक पनि होइन। यसैलाई ध्यानमा राख्दै सरकारले १ साताको लागि काठमाडौँ उपत्यकाभित्र पन्छी ओसारपसार र बिक्रिवितरणमा रोक लगाएको भनेर समाचार आएको छ। यसो गर्दा तत्कालको लागि पन्छी व्यवसायमा ठुलो आर्थिक नोक्सानी पुग्छ। तर रोग अझै फैलिन नदिनको लागि यो निकै नै महत्वपुर्ण कदम हो। रोग फैलिने मुख्य कारण नै पन्छीको ओसारपसारबाट हो। त्यसकारण जनस्वास्थ्यको नजरबाट त यो कदम सकारात्मक हो नै, दीर्घकालीन हिसाबबाट सोच्ने हो भने पन्छी ब्यबसायको लागि पनि यसले फाइदा नै पुर्याउछ । अबको महत्वपुर्ण प्रश्न भनेको सरकारले यो घोषणालाई कति कार्यान्वयन गर्न सक्छ र अनुगमन कति राम्रोसंग गर्छ भन्ने नै हो । प्रहरी र स्थानीय प्रसासनले गम्भीर रूपमा लिएन भने पशु सेवा कार्यालयहरुले मात्र चाहेर पनि यसलाई कार्यान्वयन गर्न सक्दैनन् । यसमा हामी उपभोक्ताहरु समेत चनाखो रहनुपर्दछ । हल्लाहरुको पछि लाग्नु अगाडि बर्ड फ्लुको बारेमा जानकार रहेर ढुक्क हुनु राम्रो हुन्छ ।
आखिर के हो त बर्ड फ्लु?
मुख्यगरी चराचुरुन्गीहरुमा देखिने रुघाखोकी जस्तै यौटा रोग हो । यो रोग इन्फ्लुएन्जा जातिको भाइरसको कारण लाग्दछ । यो रोग कम संक्रामक र उच्च संक्रामक गरि दुई प्रकारको हुन्छ । प्राय हामीले सुन्ने र चर्चा गर्ने (र अहिले काठमाडौँमा देखिएको) बर्ड फ्लु उच्च संक्रामक खालको हो ।
पन्छीमा मुख्य लक्षणहरू के देखिन्छन ?
एकैपटक ठुलो संख्यामा पन्छीहरू मर्ने
टाउको सुन्निने, सीऊर र लोती सुन्निने र निलो कालो (cyanotic) हुने

तर रानीखेत जस्ता रोगमा समेत यस्तै लक्षण देखिने हुदा बर्ड फ्लु यकिन भने प्रयोगशालामा मात्रै गरिन्छ ।
अझ थाहा पाउनुपर्ने कुरा के छ भने धेरैजसो अवस्थामा हाँसहरुमा भित्र रोग लागेको छ भने पनि लक्षण देखाऊदैन र स्वस्थ नै देखिन्छ । तर दिसामा भाइरस फालीरहन्छ । जसले गर्दा यदि कुखुरा त्यो दिसाको सम्पर्कमा आयो भने कुखुरालाई सर्छ र लक्षण देखिन्छ ।

मानिसमा यो रोग कसरी सर्छ ?
मानिसमा मुख्यगरी यो रोग संक्रमित जीउदॊ पन्छी, सुली संगको लसपसबाट सर्छ । मासु खाएर यो रोग सर्ने सम्भावना अत्यन्तै कम हुन्छ । खासमा यो रोग मान्छेमा सजिलै सर्दैन ।
त्यसो हो भने किन डराउने त ?
अहिले सम्म संसारभरी प्रमाणित रूपमा यो रोगको कारण जम्मा ३७७ जनाको मात्रै मृत्यु भएको छ । यति थोरै मानिस मरेको रोगले यति धेरै प्राथमिकता किन पायो होला भन्ने लाग्न सक्छ । यो रोगको महत्पूर्ण पक्ष भनेको रोग लागेको मध्ये उच्च मृत्युदर (करिब ६० प्रतिशत) हो । अनि अर्को कुरा मानिसमा लाग्ने रुघाखोकीको भाइरस र पन्छीको रुघाखोकीको भाइरस मिसिएर नया भाइरस बन्छ सक्छ र यस्तो भाइरस मानिस बाट मानिस सर्ने खालको बन्यो भने महामारीको रुप लिएर लाखौ मानिस मर्न सक्छ भन्ने बैज्ञानिकहरुको अनुमानको कारण बर्ड फ्लु यति चर्चित भएको हो । अझ बंगुरको रुघाखोकीको भाइरस समेत मिसियो भने त खतरनाक नया भाइरस बन्ने सम्भावना लाई नकार्न सकिदैन । यदि साच्चिकै त्यो स्थिति आयो भने नियन्त्रण गर्न निकै गारो हुने हुदा पन्छी कै लेवेलमा रोग नियन्त्रण गर्नुपर्छ भन्ने बिश्वब्यापी मान्यता छ । त्यहीकारणले रोग देखिएको क्षेत्रमा पन्छी स्वस्थ नै छ भने पनि मार्ने गरिएको हो ।
सबैभन्दा जोखिममा को हुन्छ त ?
कुखुरा खोरमा काम गर्ने किसान र श्रमिक
जिउदो पन्छी बजार (live bird market) मा पन्छी बेच्ने ब्यबसायीहरु
कुखुराको काटमार र बिक्रिबितरनमा संलग्न मानिसहरु
र अन्त्यमा सर्बसाधारण उपभोक्ताहरु (एकदमै न्यून सम्भावना)

यसबाट बच्न के गर्ने ?
नगरी नहुने मानिसले बाहेक अन्य मानिसले पन्छीहरु नचलाउने
बच्चाहरुलाई जिउदो पन्छीहरुसंग खेल्न नदिने
किसानहरुले पन्छीको खोरभित्र काम गरेर आएपछि व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्तै साबुन पानी, खरानी पानीले हात खुट्टा धुने
पन्छीको खोरभित्र नसुत्ने र खोरभित्र काम गर्दा सफा मास्क, पन्जाको प्रयोग गर्ने
जिउदो पन्छी बेचबिखन गर्दा र मासु काट्ने मानिसले काम गर्दा सफा मास्क, पन्जाको प्रयोग गर्ने
कुखुरा काटे पछि उत्पन्न हुने भुत्लाहरुको ब्यबस्थापन राम्रोसंग गर्ने जस्तै जलाउने, खाडलमा गाड्ने
मरेका कुखुराहरु जथाभावी नफाल्ने
हांश, कुखुरा र बंगुर एकै ठाउमा नपाल्ने र सकभर सम्पर्क हुन नदिने
उपभोक्ताले बिस्वाशिलो र सफा मासु पसलबाट मात्र मासु किन्ने
उपभोक्ताले जिउदो कुखुराहरु घरमा लगेर काट्ने बानी हटाउने
धेरै संख्यामा पन्छीहरु मरेको देखेमा वा थाहा पाएमा तुरुन्तै नजिकको भेटनरीमा खबर गर्दिने

सरकारले चाही के गर्ने ?
सरकारको दुइवटा दायित्व छ । एक जनस्वास्थको सुरक्षा गर्ने र अर्को पन्छी ब्यबसयालाई बचाउने । पहिलो नम्बरमा पक्कै पनि जनस्वास्थको सुरक्षा हुनुपर्दछ । अहिले १ साताको लागि काठमाडौँ उपत्यकामा पन्छी ब्यबसायमा रोक लगाएको सन्दर्भमा अल्पकालीन र दीर्घकालीन दुवै हिसाबबाट सोच्नु महत्वपुर्ण हुन्छ ।
अहिले तत्काल के गर्ने ?
आफुले घोसणा गरेअनुसार १ साता पन्छी आवतजावत र बिक्रीवितरणमा लगाएको रोक कडाईका साथ पालना गराउने । उलंघन गरेको पाएमा साना ब्यबसायी मात्रै होइन ठुलै भए पनि कारबाही गर्ने आँट देखाउने
यस संगसंगै ३ वटै जिल्लामा व्यापक रूपमा रोग खोज्ने टोली (surveillance team) खटाएर ब्यबसायिक र ग्रामिण पन्छीहरुको नमुना संकलन गर्ने र तत्कालै जांच गर्ने र नतिजा समेत सार्बजनिक गर्ने । Positive फर्महरूलाई तत्काल नस्ट गर्ने
ब्यबसायिक फर्महरूले जैविक सुरक्षाको स्तर बडाउने
बिगतको अनुभव हेर्ने हो भने काठमाडौँका ठुला कोल्ड स्टोरेजहरुले यस्तो बेलामा अत्यन्तै सस्तो मुल्यमा साना किसानहरुबाट कुखुरा उठाई पछि अवस्था अलिक सामान्य भएपछि महंगोमा बिक्रि गर्छन् । मासु निरीक्षकको व्यवस्था नभएको हाम्रो देशमा यसो गर्दा रोग लागेका कुखुरा समेत त्यसमा नपर्ला भन्न सकिन्न । त्यसतर्फ पनि चनाखो रहनु पर्छ सरकार र त्यहाबाट पनि नमुनाहरु लगेर जाच्नुपर्छ ।
जनचेतनाको लागि सुचनाहरु प्रसारण गर्ने । यसो गर्दा अनावस्यक त्रास उत्पन्न नहुने किसिमले सुचनाहरु बनाउनुपर्छ ।
सरकारले चालेका नियन्त्रणका कदमहरुबारे जनतालाई सहि सूचनाहरु दिई आस्वस्त तुल्याउने ।

दीर्घकालीन रूपमा के गर्ने ?
ब्यबसायिक पन्छी पालनमा बिमाको व्यवस्था तत्काल गर्ने र कार्यन्वयन समेत गराउने
रोग नियन्त्रणमा लिने क्रममा मारिने पन्छीको क्षतिपुर्ती बजार मूल्य वरिपरि दिने जसले गर्दा किसानहरुलाई रोगको छिटो सूचना दिन प्रोत्साहन हुन्छ ( साना र ग्रामीण पन्छीमा यस्तो गर्ने, ठुला फर्ममा चाही बिमाले बेहोर्ने)
घना बस्ति वरिपरि ब्यबसायिक पन्छी फर्म खोल्न नदिने
सहर भित्र जताजतै जिउदो कुखुरा काट्ने अहिलेको परिपाटीमा सुधार गर्न जरुरी छ । निश्चित क्षेत्रमा मात्रै पन्छी मार्ने र तयारी कुखुरा मात्रै सफा तरिकाले चिसोमा राखेर बेच्ने व्यवस्था मिलाउनु पर्छ । यसो गर्दा साना butcher हरुको रोजीरोटीमा असर पर्नसक्छ । त्यसलाई सम्बोधन कसरि गर्ने भनेर योजना बनाउने ।
भेटनरीको सरकारी संरचनालाई अझ बलियो पार्ने र फिल्ड स्तरमा विस्तार गर्ने
पन्छी फर्महरुमा पालना गर्नुपर्ने जैविक सुरक्षा सम्बंदी नीति बनाउने र कार्यन्वयन गराउने
बर्ड फ्लु खोप (Vaccine) सम्बंदी नीतिको लागि technical level मा व्यापक छलफल गर्ने । अहिले सम्म १५ वटा देशले विभिन्न थरिका खोपको प्रयोग गरेका छन् तर कुनै कुनै देशमा त खोपकै कारण झन् धेरै रोग फैलिएको उदाहरण पनि छन् । नेपाल जस्तो technical capability मा अत्यन्तै कम्जोर मुलुकमा खोप घातक पनि साबित हुन सक्छ । तेही भएर निकै विचार पुर्याउनु पर्छ ।

(पशु चिकित्सकसमेत रहेका कार्की हाल Texas A&M University, Texas, USA मा अध्ययनरत छन्)
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !