CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बुद्ध मूर्ति नराख्न पनि आन्दोलन रे!

बुद्ध मूर्ति नराख्न पनि आन्दोलन रे!

budhhaधार्मिक द्वन्द्वमा देशलाई फँसाउने खतरनाक षड्यन्त्रको आभास हुने गरी घटनाक्रम अघि बढेको छ। सुर्खेतको काँक्रेविहारमा बुद्ध मूर्ति राख्न बौद्ध धर्मावलम्बीहरुले आन्दोलन अघि बढाइरहेका बेला त्यसको प्रतिकारमा बुद्ध मूर्ति नराख्न पनि आन्दोलनको घोषणा भएको छ। हिन्दु र
बौद्ध धर्मावलम्बीहरु सदियौँदेखि मिलेर बसिरहेका छन्, कयौँ मन्दिर र विहारहरुमा हिन्दु र बौद्ध दुवैको आस्थाका प्रतीकहरु रहेका छन्। कुनै कुनै देवता त दुवैका साझा पनि छन्। बुद्धलाई हिन्दुहरुले आफ्नै अवतारसमेत मान्दछन् भने काँक्रेविहारमा बुद्धको मूर्ति राख्दैमा त्यो ठाउँ नै बौद्धको मात्र हुन्छ भन्ने सोच कसले, कुन स्वार्थले अघि सार्दैछ ? अचम्म छ। बुद्ध नेपालमा जन्मिएको भनेर गर्व गर्ने, अमिताभ बच्चनले कौन बनेगा करोडपतिको एउटा प्रश्नमा बुद्ध नेपालमा जन्मिएको भन्दियो भन्दैमा युद्धै जिते जस्तो गर्ने, अन्तर्राष्ट्रिय अदालत परिसरमा बुद्धको मूर्ति राख्दा के के न भएको जस्तो गरी उफ्रनेहरुलाई कांक्रेविहारमा बुद्धको एउटा मूर्ति राख्दा आकाशै खस्ने किन भएछ ? त्यो पनि पहिले अनुमति दिइसकेको अवस्थामा। 
‘संयुक्त जातीय तथा धार्मिक संगठन समिति’ नामको एउटा समितिले बुधबार प्रेस विज्ञप्ति निकालेर हामी पनि आन्दोलन गर्दैछौँ भन्ने जनाउ दिएको हो। समितिले दवावमूलक आन्दोलन भन्दै शुक्रबार साँझ ६ बजे स्थानीय मंगलगढी चोकबाट मसाल जुलुस निकाल्ने, शनिबार सुर्खेत बन्द गर्ने र आइतबार जिल्ला प्रशासन कार्यालया घेराउ गर्ने जनाएको छ।
हरे बुद्धि। बन्द गरेर हुने भए त मूर्ति राख्न पनि अनिश्चितकालीन बन्द भइसकेकै थियो त।
कुनै एक जाति वा धर्मको नाममा काँक्रेविहार संरक्षित क्षेत्रमा भौतिक संरचना निर्माण गर्न दिइए त्यसको प्रभाव नकारात्मक पर्ने भएकोले बुद्धमूर्ति राख्न नहुने तर्क उनीहरुले गरेका छन्। उनीहरुले सुर्खेतका सिडिओ पुरुषोत्तम कुँवरमार्फत ज्ञापन पत्र पनि पठाएका छन्।
बुद्धमूर्ति राख्न दिँदा काँक्रेविहार बौद्धमार्गीको मात्र हो भन्ने भ्रम हुने भएकोले पनि त्यसतर्फ सचेत हुनुपर्ने ज्ञापनमा पत्रमा लेखिएको छ। ‘यो सदियौँदेखि सबैको साझा थलो भएकोले कुनै एक धर्मको धार्मिक पहिचान देखिने भौतिक संरचना निर्माण गर्ने स्वीकृति नदिइयोस्,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
ज्ञापनपत्र बुझ्दै सिडिओ कुँवरले काँक्रेविहारलाई कुनै धर्म विशेषले मात्र आफ्नो सम्झिनु गलत हुने बताए। यिनै सिडिओले बुद्ध जयन्तीका दिन हस्तक्षेप गराएर त्यहाँ राख्न लागिएको बुद्धको मूर्तिलाई उठाएर जिल्ला प्रहरी कार्यालयमा लग्न आदेश दिएका हुन्। अहिले मूर्ति सेफ‌्टी ट्याङ्की माथि अलपत्र अवस्थामा ढलाइएको छ।
budhha
बुद्ध जयन्तीको दिन काँक्रेविहारबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लगिएको बुद्धमूर्ति। फोटो साभारः कलेन्द्र सेजुवाल/नागरिक
२०६४ फागुन १२ गते जिल्ला प्रशासन कार्यालयले पुरातत्व विभागको समेत परामर्श लिई त्यो ठाउँमा बुद्ध मूर्ति राख्न बौद्धगुम्बा निर्माण तथा संरक्षण समितिलाई अनुमति दिएको थियो। सुरुमा त्यसरी अनुमति दिए पनि पछि भने वन ऐन अनुसार राख्न मिल्दैन भन्न थाल्यो। वन ऐन अनुसार संरक्षित क्षेत्रमा निर्माण गर्न मन्त्रिपरिषद्को निर्णय चाहिन्छ। अस्ति सिंहदरबार घेरेको आन्दोलनरत पक्षसँग सरकारले मूर्ति राख्न मिल्दैन भनेपछि वार्ता त्यत्तिकै टुङ्गिएको थियो।
खासमा पुरातत्वले ६५ फिट अग्लो शिखर शैलीको मन्दिरको नक्सा बनाएर बनाउने काम थालिसकेको थियो। मन्दिर भने पनि त्यहाँ हिन्दु र बौद्ध दुवै झल्किने मूर्ति राख्ने तयारी थियो। तर आर्थिक अभावका कारण त्यो यत्तिकै रोकिएको थियो। उतिबेलै मन्दिर बनेको भए यो सब विवाद र झमेला हुने पनि थिएन। अहिले एउटा मूर्तिको बहानामा धार्मिक द्वन्द्व निम्त्याउने प्रयास भइरहेको छ।
[तपाईँलाई के लाग्छ ? बुद्ध मूर्ति राख्‍न नदिन घोषणा गरिएको आन्दोलनले समस्या समाधान गर्छ कि चर्काउँछ ? बुद्ध मूर्ति राख्न दिनुपर्छ कि पर्दैन ? दुवै पक्ष मेरो गोरुको बाह्रै टका गरेर त निकास निस्कन्न, यसको सर्वमान्य समाधान के होला ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला।]
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis