CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » जोखिमपूर्ण सोख

जोखिमपूर्ण सोख

- सीता मादेम्ब
धरानमा चर्चित बनेको मोटरसाइकल स्टन्ट गर्ने खेललाई नियमन गर्न आवश्यक छ ।
मोटरसाइकल उडाउँदै, नचाउँदै र अनौठो ढंगले चलाउँदै स्टन्ट गर्ने आठ जना युवाको समूह अहिले धरानमा चर्चामा छ । सामान्यतया उपद्रो मानिने त्यस्ता क्रियाकलाप गर्ने ‘धरान मोडिफिकेशन’ भनेर पहिले चिनिने तथा अहिले ‘टीम ओ साइरिस’ भनिने यो समूहका अरू काम भने समाजसेवीले गर्ने खालका छन् ।
धरान–१६ का फिरोज लिम्बू र शरद लावतीले वि.सं. २०६६ मा बनाएको यो समूहले स्टन्ट गर्दा जम्मा भएकाहरूलाई लागूऔषधको कुलतमा नफस्न आह्वान गर्छ भने त्यो वेला जम्मा भएकाहरूसँग उठाएको चन्दाबाट बिरामी भएका र आपतविपतमा परेकालाई सहयोग गर्छ ।
फिरोज र शरदसँग पछि रेवन लिम्बू, करण प्रधान, विश्वराज राई, विकुस प्रधान, रविन उदास र साजन याख्खा थपिएको यो समूहले चन्दा उठाएर विराटनगरका ब्लड क्यान्सरका बिरामी तपसकुमार शाहको उपचारमा गत वर्ष रु.८० हजार सहयोग गरेको थियो । समूहका करण भन्छन्, “हामीले गरेको सहयोगले तपस निको भएर पढेको देख्दा खुशी लाग्छ ।”
समाजका लागि केही गर्ने सोच बनाएका उनीहरूले यूट्युबमा मोटरसाइकल स्टन्टको दृश्य देखेपछि त्यस्तै गर्ने योजना बनाए । स्टन्ट उनीहरूको मनोरञ्जन हो भने स्टन्ट प्रदर्शन गर्दा उठ्ने पैसा र त्यसका लागि जम्मा भएको समूहको बल सामाजिक काम गर्ने माध्यम । तर, जति नै सामाजिक काममा संलग्न भए पनि यो खेल असुरक्षित रहेकाले प्रोत्साहन गर्न नहुने सुनसरी जिल्ला ट्राफिक प्रमुख नवीन अधिकारी बताउँछन् । उनी भन्छन्, “स्टन्ट रोक्न र मोडिफाई गरेका बाइकहरूलाई पक्राउ गर्नुको कारण पनि त्यही हो ।”
स्टन्ट गर्दा केही समयअघि धरानमै एक जना युवाको मृत्यु भएकाले यो खेल खतरनाक पनि देखिन्छ । तर, यो समूहका रेवन लिम्बू भने सुरक्षा सामग्री प्रयोग गरेर मात्र आफ्नो समूहले स्टन्ट गर्ने गरेको दाबी गर्छन् । उनको दाबीलाई मान्ने हो र सुरक्षा सतर्कता अपनाएर निश्चित ठाउँमा स्टन्ट गर्न दिने हो भने यो पर्यटकलाई आकर्षण गर्ने खेल बन्न सक्ने पनि देखिन्छ ।
तर, त्यस्तै खेलका लागि निर्माण गरिएको मोटरसाइकल मात्र प्रयोग गर्नु आवश्यक छ भने सुरक्षाका सम्पूर्ण सावधानी अपनाउँदै प्रशासनको अनुमतिमा निश्चित ठाउँमा मात्र खेल देखाउने विधि अवलम्बन गर्नु पनि त्यत्तिकै जरूरी छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis