प्रहरीले मानिस पक्रन प्रयोग गर्ने हतकडी अपराधीले प्रयोग गर्न थालेको भेटिएको छ ।
विक्रम राई
लामिछानेले माओवादीको युवा दस्ता वाईसीएललाई ती हतकडी बेच्न राखेको बताए । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारी प्रहरी र सेना बाहेकले हतकडी राख्नु र बेच्नु खतरनाक रहेकाले यो प्रकरणको गम्भीर अनुसन्धान गरिरहेको बताउँछन् ।
लूटपाट गर्ने नयाँ तरीका
सुरक्षा सामग्री ल्याउने लाइसेन्सधारी ठेकेदारहरूले गृह मन्त्रालयको अनुमतिमा मात्रै हतकडी ल्याउन पाउँछन् । हतियार, सुरक्षा निकायका पोशाक सहित हतकडी पनि बजारमा बेच्न नपाउने नियम छ । काठमाडौं जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदी “प्रहरी भएको भ्रम दिन लूटपाट गर्नेहरूले हतकडी प्रयोग गर्ने नयाँ तरीका अपनाएका हुन सक्ने” बताउँछन् । चतुर्वेदी भन्छन्, “हतकडी लिएर आफूलाई प्रहरी भन्दै लूटपाट लगायत अपराध भएको सूचना हामीले केही पहिले पनि पाएका थियौं ।” उनका अनुसार, माओवादीका पूर्व लडाकू त्यस्ता काममा बढी सहभागी रहेको देखिएको छ ।
काठमाडौं प्रहरीले गत वैशाखयता मात्रै लूटपाटका घटनामा संलग्न ६ जना पूर्व माओवादी लडाकूलाई हतियार सहित पक्राउ गरिसकेको छ । ४ वैशाखमा पूर्वसभासद् चन्द्रबहादुर थापाका स्वकीय सचिव यमबहादुर थापा सहित पाँच जनालाई प्रहरीले अत्याधुनिक राइफल र पेस्तोल सहित नयाँ बसपार्कबाट पक्राउ गरेको थियो ।
२० असार राति चन्दा र लूटपाटमा संलग्न माओवादीका दुई पूर्वलडाकू कुलदीप थापामगर र आशिष राईलाई दरबारमार्गबाट प्रहरीले ९ एमएमका ६ थान गोली, चन्दा उठाउने दुई थान प्याड र नक्कली पेस्तोल सहित पक्राउ गरेको थियो । पूर्व लडाकू कमान्डर तथा एमाओवादी केन्द्रीय सदस्य कालीबहादुर खामलाई २७ असारमा प्रहरीले नयाँ बसपार्कको नवमित्र गेस्ट हाउसबाट हतियार सहित पक्राउ गरेको थियो । प्रहरी नायव उपरीक्षक चतुर्वेदी काठमाडौं बाहिर पनि पूर्व लडाकूहरू आपराधिक काममा संलग्न रहेको सूचना पाइएको बताउँछन् ।
साभार : हिमाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !