नेपालीको समर्थनमा मौरिससका बासिन्दाको अनसन
तपाईँहरुले पत्रपत्रिकामा मौरिससमा पढ्ने, काम पाइने भन्दै लोभ्याउने खालका विज्ञापन प्रशस्तै देख्नुभएको होला। यस्तै विज्ञापनबाट आकर्षित हुनेहरुलाई शैक्षिक दलालहरुले भएका नभएका आश्वासन दिएर मोटो रकम कुम्ल्याएर मौरिसस पठाउँछन्। तर त्यहाँ पुगेपछि
विद्यार्थीहरुको हालत कस्तो हुन्छ? सोच्नै नसकिने कहालिलाग्दो ! अहिले थुप्रै नेपालीहरु त्यहाँको एउटा सार्वजनिक पाटीमा र त्यहाँ नअटाएर बाहिर खुला ठाउँमा बसिरहेका छन्। उनीहरुले युट्युबबाट एउटा भिडियो सन्देश दिँदै आफूहरुलाई उद्धार गरिदिन सम्बन्धित सबैलाई करुण पुकार गरेका छन्। 
मौरिसस अफ्रिका महादेशभन्दा दुई हजार किलोमिटर दक्षिणपूर्वमा पर्ने सानो गणतन्त्रात्मक टापु देश हो। देशको क्षेत्रफल २०४० वर्ग किमि मात्रै छ।
त्यसैगरी काठमाडौँकै अमित विष्टले नेपालीमा बोल्दै आफू पनि ब्रिटेन कन्सलट्यान्सीबाटै धेरै सपना बोकी पढ्न आएको तर त्यहाँ पुगेपछि सबै सपना चकनाचुर भएको बताए। ‘हामीलाई कलेज र कन्सलट्यान्सीले यस्तो चेपुवामा पारे कि हामी न घरको न घाटको भयौँ’, उनले भिडियोमा भनेका छन्,’हामीले धेरै दुःख पाएका छौँ। सबै साथीहरु सार्वजनिक पाटीमा बसिरहेका छौँ। यहाँ नअटेर बाहिर पनि बसिरहनुभएको छ। हामीलाई खान बस्न साह्रै समस्या छ। यहाँका स्थानीय बासिन्दाले हामीलाई धेरै सहयोग गरेका छन्। मौरिससमा नेपाली दूतावास नभएकोले कसैगरी यो सन्देश कतै पुर्याएर जसरी भए पनि हामीलाई यहाँबाट फिर्ता गरी उद्धार गरिदिनु होला।’
कोही कोही त त्यहाँ चार महिनादेखि अलपत्र परेका रहेछन्। हेर्नुस् उनीहरुको सन्देश-
नेपालीको समर्थनमा मौरिससका बासिन्दाको अनसन

नेपाली विद्यार्थीहरुले पाएको दुःख र पीडा देख्न नसकेर उनीहरुलाई न्याय दिलाउन त्यहाँका बासिन्दा मुकेश झुमुनले भोक हड्ताल गरेका छन्। भिडियो रेकर्ड गर्दा उनी १० औँ दिनमा अनसन बस्दै थिए।


अनसन स्थलमा राखिएको नेपाली कन्सलट्यान्सीका विज्ञापन। यिनै संस्थाबाट आएकाहरु त्यहाँ अलपत्र परेका हुन्।

अनसन स्थलमा राखिएको नेपाली कन्सलट्यान्सीका विज्ञापन। यिनै संस्थाबाट आएकाहरु त्यहाँ अलपत्र परेका हुन्।
अनसन बस्नेको समर्थन त्यहाँका बासिन्दाले गरेका छन्। नितिश झुमुनले भिडियोमा कमेन्ट गरेका छन्- मौरिसस सरकारले फेक युनिभर्सिटीहरुलाई प्रवर्ध्दन गरिरहेको छ। हामी मौरिससबासीहरु जाग्नु पर्छ र यस्ता कामलाई रोक्नु पर्छ। हाम्रो मातृभूमिमा भएका फोहोरहरुलाई हटाउन सहयोग आवश्यक छ, जाग्नुस्। हाम्रो मातृभूमिको छविलाई विश्वभर राम्रो बनाउन सहयोग गर्नुस्।
अनसन बस्नेको अन्तर्वार्तासहितको भिडियो हेर्नुस् (भाषा भने बुझिन्न)
साभार : माई संसार




0 Comment:
Speak up your mind
Tell us what you're thinking... !