CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पुरुषले सुन्न चाहने तारिफहरु

पुरुषले सुन्न चाहने तारिफहरु

(एजेन्सी)–आफ्नो पुरुष आफ्नो लागि विशेष भएको कुरा उनलाई तारिफ गरेर बताउन सक्नुहुन्छ । यहाँ तारिफ केहि लिस्टहरु छन् जसलाई तपाईंको पुरुषले सुन्न रुचाउनुहुन्छ । आफ्नो पुरुषबाट होस् या गल्लीका गुन्डाहरुबाटै किन नहोस् महिलाहरुले थुप्रै तारिफहरु सुन्दै आएका हुन्छन् । पुरुषहरुले थारै मात्र तारिफ सुन्ने
मौका पाउँछन् त्यसकारण उहाँलाई केहि अर्थपूर्ण तारिफ गर्नुहोस् ।
१. तपाईंले यो काम गर्नसक्नुहुन्छः आफ्नो पुरुष बेडमा निकै राम्रो भएको कुरा बताउनुहोस् ( यो तारिफ उहाँको लागि सबभन्दा राम्रो तारिफ हुनेछ । आफूले निकै राम्रो गर्न चाहेको कुरामा तपाईंले तारिफ गर्नुभयो भने पुरुषहरुका लागि यसले निकै राम्रो प्रभाव पार्ने गर्दछ ।
 २. म तपाईं बिना अधुरो छुः आफू चाहिएको कुरा थाहा पाउँदा पुरुषहरु खुसी हुन्छन् । बैंकको कुरा थाहा पाउनेदेखि जाम भएको जार खोल्न नै किन नहोस्, पुरुषहरुका लागि सबैभन्दा राम्रो आभाष भनेको तपाईं उहाँबिना बाँच्न नसक्ने भन्ने कुरा हो । अँगालो हालेर उहाँ नभएको भए यी कामहरु ग्र्न असम्भव नै थियो भन्ने कुराहरु बताउनुस् । 
३. तपाईंसँग समय बिताउँन सधैँ लालायित छुः कहिले काँही तपाईंले उहाँलाई आत्मिय महसुस गराउनुपर्ने हुन्छ । तपाईंले जतिसुकै उहाँको क्षमता र बाहिरी सुन्दरताको बारेमा वर्णन गरेपनि तपाईंले उहाँलाई एकदमै माया गर्ने कुरा र उहाँसँग सधैँ समय बिताउन लालायित हुने कुरा नबताएसम्म तपाईंको तारिफहरु फिक्का हुनसक्छ । उहाँको जन्मजात गुणहरुले तपाईंलाई उहाँसम्म आकर्षित गरेको कुरा बताउनुहोस् ।
 ४. आफ्नो काममा उत्कृष्ट हुनुहुन्छः आफ्नो पुरुषको दिमागको प्रशंसा गर्न कहिले पनि नबिर्सिनुहोस् । सबै पुरुषहरु आफ्नो काममा उत्कृष्ट भएको कुरा सुन्न रुचाउँछन् उहाँको कामप्रतिको बफादारीता र झुकावको प्रशंसा गर्न केहि हद पार गर्नुहोस् । यो कुराले उहाँलाई छुनेछ – साँच्चै ।
 ५. तपाईं एकदम सेक्सी हुनुहुन्छः उहाँको आत्मविश्वास बढाउन चाहनुहुन्छ भने उहाँ एकदम सेक्सी भएको कुरा भन्नुहोस् । उहाँको सुन्दरताको बारेमा तारिफ गर्नु छुट्टै कुरा हो तर उहाँलाई कुन कुराले विशेष बनायो भन्ने कुरा तपाईंले भन्नुपर्ने हुन्छ । यस्ता कुराहरु भन्दा उहाँको शरिरमा स्पर्श गरेर भन्नुभयो भने सुनमा सुगन्ध हुनेछ । - 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis