किर्तिनिधि बिस्ट
हुन त मानिसहरू राजा महेन्द्रलाई सामन्ती सोच र चरत्रि भएका व्यक्तिका रूपमा चित्रित गर्छन्। मैले उनीसँग जति समय संगत गरेँ, त्यस्तो पाइनँ। आममानिसको व्यवहार उनमा पाइन्थ्यो। सदैव सहयोगी, मित्रवत् र हितैषी।विसं २०२२ को कुरा हो। त्यतिबेला म शिक्षक नेत्रबहादुर थापा, जसका छोरा पछि नेपाली सेनाको प्रधानसेनापति पनि भए, को क्षेत्रपाटीस्थित घरमा डेरा गरी बस्थेँ। २ असार ०२२ मा पुनःगठित मन्त्रिपरिषदमा मलाई उपाध्यक्षका अतिरिक्त परराष्ट्र, भूमिसुधार, कृषि र खाद्यमन्त्रीको जिम्मेवारी सुम्पियो। त्यसै बेला एक दिन राजदरबारमा भएको भेटमा मैले हाँसोमजाकमै भनेँ, "राजाका पाउ सेवकको डेरामा परे अहोभाग्य सम्झिने थिएँ।"
दिनहरू बित्दै गए। आफूले भनेको कुरा सम्झिएर बस्ने कुरा पनि भएन। यत्तिकैमा एक दिन राजाले मेरो डेरामा आउने कुरा गरे। म ज्यादै हषिर्त भएँ। एउटा सामान्य नागरकिको घरमा राजा आउने कुरा सुन्दै पनि रोमाञ्चित हुने कुरा थियो। मलाई पनि त्यस्तै लाग्यो।
राजा भएपछि सामन्ती नै हुनुपर्ने र अरू सबैलाई नोकरको रूपमा हेर्ने स्वभाव महेन्द्रमा थिएन। मैत्रीभाव र स्नेह उनमा भरएिको थियो। नभए केही न केहीको एउटा थोत्रो घर, त्यो पनि डेराको बास भएको मकहाँ रानी रत्नलाई लिएर बेलुकाको भोजन गर्ने हिसाबले आउनुपर्ने कारण नै के थियो र ? तैपनि, उनी आए।
त्यस बेला नोकरचाकर राख्ने अवस्था थिएन। मेरी दुलहीलाई राजारानी आउने कुराको जानकारी दिँदै बेलुकाको भोजनको व्यवस्था गर्न अह्राएँ। बाहिरी इन्तजाम म आफैँले मिलाएँ।
राजा महेन्द्र असाध्यै चुरोट पिउँथे। 'क्राभेन ए' उनको मनपर्ने चुरोटको ब्रान्ड थियो। डि्रंक्समा ह्वाइट हर्स ह्वीस्की भनेपछि हुरुक्कै। उनलाई त्यो लतबाट छुटाउन गाह्रो थियो। बेलुका प्रायः ड्रिंक्स गर्नुपर्ने उनको आदत थियो। पछिल्लो समय डाक्टरहरूले नै उनलाई चुरोट पिउन प्रतिबन्धजस्तै लगाएका थिए। तर, उनले त्यो लत छाडेनन्।
राजा महेन्द्र महफिलहरूमा पनि मजाले रमाउँथे। संगीतप्रति उनको अगाध प्रेम थियो । भारत र पाकिस्तानबाट आएका उस्तादहरूले राती अबेरसम्म गानाबजाना, नाचगान गर्दा उनी पनि त्यस्ता कार्यक्रममा सरिक हुन्थे । किनभने, महेन्द्र त्यस कुराका सोखिन थिए। ड्रिंक्सको माहोल जम्यो कि यसो नजर घुमाउँथे, कसैको हात खालि त छैन ?
यस्तै एक कार्यक्रमका दौरान राजाको नजर ममाथि परेछ। तुरुन्तै शेरबहादुर मल्ल आएर भने, "क्या हो, गियर चेन्ज गरबिक्स्या ∕ हातमा केही छैन!" मैले बुझिहालेँ, राजा महेन्द्रले कतैबाट नियालिरहेको कुरा। गिलास लिएर बसेँ। राजासँग संगत गरेपछि यसो पिउन सिकेको थिएँ। एक पेग लिएपछि गिलासभरि पानी भरेँ।
महेन्द्रको एउटा स्वभाव थियो, पिउनुुअघि उनी जस्तो व्यवहार गर्थे, पिएपछि पनि उनको व्यवहारमा कुनै फरक पाइँदैनथ्यो। अघिपछि जस्तै गम्भीर र सोचनीय कुरा गर्थे। मलाई अहिले पनि सम्झना छ, एक महफिलमा राजाले भनेका थिए, "मलाई पिउन बाध्य पार्ने त तिमीहरू नै हौ नि ! शान्तिपूर्ण ढंगले देश सञ्चालन गरे मलाई के टेन्सन हुन्थ्यो र ? तर, तिमीहरू त्यसो गर्न सक्दैनौ ?"
राजा महेन्द्रको यस कुराले मलाई पनि ज्यादै छोयो। कतै हाम्रै कारण राजा यस अवस्थामा पुगेका त होइनन् भन्ने पनि बरोबर लाग्थ्यो।
जब उनी रानी रत्नलाई लिएर मेरो डेरामा आए, सामान्य भलाकुसारीपछि दुवै जनाले पियौँ। राजाका लागि मैले ह्वाइट हर्सकै व्यवस्था गरेको थिएँ। मलाई त त्यस्तो लत थिएन। यसो कहिलेकाहीँ पिउँदा पनि एक पेग लिइसकेपछि गिलासमा पानी भरेर बस्थेँ। बाहुनको छोरा न परेँ, कहाँ पचाउन सक्नु ? एक पेग खाएपछि ढलीमली भइहाल्थ्यो।
करबि दुई घन्टा पारविारकि वातावरणमा रमाएपछि मेरी दुलहीले पकाएको सामान्य दाल, भात खायौँ। रूखासुक्खा नै थियो। तर, राजाद्वारा बडो प्रसन्नतापूर्वक ज्यूनार भयो। राजाको स्वभाव कस्तो भनेे, कसैको घरमा पुग्दा स-साना बालबच्चा र महिलालाई केही न केही उपहार लिएर जाने। मेरा छोराछोरी र दुलहीलाई पनि उनले उपहारस्वरूप त्यस्तै केही चिनो ल्याइदिएका रहेछन्। खानपिनपछि राती त्यस्तै ९ बजेको हुँदो हो, राजारानीको दरबार सवारी भयो।
यसरी राजाराजी मेरो डेरामा आएको त्यो क्षण सम्झिँदा अहिले पनि आफूलाई ज्यादै भाग्यमानी ठान्छु। यो मेरो व्यक्तिगत सोच हो। सबैलाई त्यस्तो नलाग्न सक्छ। जस्तो: मानिसहरू राजाका अघिपछि उभिएर तस्बिर खिचाउने र त्यसको खुब प्रचारबाजी गर्ने काम गर्थे। ममा त्यस्तो सोच कहिल्यै आएन। बरू तस्बिर खिच्ने बेलामा म परपर भाग्थेँ।
आत्मीयता, माया र प्रेम भन्ने कुरा रुपियाँमा साटफेर गर्न सकिँदैन। राजा महेन्द्रसँगको मेरो सम्बन्ध पनि त्यस्तै रह्यो। आफ्नो भाइको चिट्ठीसमेत ल्याएर 'ल पढ न !' भनेर देखाउँथे। कस्तो विश्वास थियो मप्रति ! तसर्थ, मैले राजालाई कुन नजरले हेर्छु होला, आफैँ अनुमान लगाउने कुरा हो।
यस्ता घटना सम्झँदा ज्यादै आनन्दित हुन्छु। मेरो मनमा कहिल्यै पनि नमेटिँदो छाप भएर त्यो घटना रहेको छ। राजाले मप्रति दर्साएको त्यस्तो स्नेह जोकसैले कहाँ पाउँछन् ∕ ! ज्यादै साधारण लाग्ने यस्ता घटना हृदयमा यसरी गढेर बसेका हुँदा रहेछन्, जसलाई सम्भिmँदा अहिले पनि ज्यादै भावविभोर हुन्छु।
- प्रस्तुति: ईश्वरी ज्ञवाली
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !