काठमाडौ, पुस १३ - जाडो याम आउनासाथ चिसोबाट जोगिन हामी प्रायः मकल, रुम हिटर आदिको उपयोग गर्छौं । तर यिनको उपयोग सावधानीपूर्वक गरिएन भने यो सोख
मृत्युको कारकसमेत बन्न सक्छ ।
विज्ञहरूका अनुसार, बिजुली, कोइला वा दाउरा बालेर कोठा तताउँदा वा ग्यास गिजरको उपयोग गर्दा निस्किने कार्बन मोनोअक्साईड ग्यासले हामीलाई बिरामी मात्र पार्दैन । यो ग्यासका कारण हाम्रो मृत्यु पनि हुन सक्छ ।
राजधानीस्थित कपनको एउटा कोठामा दुई साताअघि बायोब्रिकेट बालेर सुतेका दुई युवा पुनः बिउँझिएनन् । कोठा न्यानो पार्न उपयोग गरेको आगो नै उनीहरूको लागि काल बन्यो । उनीहरूको कोठामा पर्याप्त हावा आउनेजाने व्यवस्था थिएन । बि्रकेट बाल्दा निस्केको ग्यासले निसासिएर उनीहरूले मृत्युवरण गरे ।
यसपालिको जाडोमा यस्ता आगोबाट निस्किने कार्बन मोनोअक्साइड ग्यासको विषाक्त प्रभावले ज्यान गुमाउनेमा ती दुई मात्र छैनन् । नगरकोटको एउटा होटल कोठामा मृत पाइएका दुई चिनियाँ नागरिकको पोस्टमार्टम रिपोर्टले समेत उनीहरूको मृत्युको कारक कार्बन मोनोअक्साइड ग्यास रहेको देखाएको छ ।
'उपत्यकामा त अझ यस्ता दुर्घटना फागुन महिनासम्मै हुने गरेका छन्,' त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागका डा. हरिहर वस्ती भन्छन्, 'यो मौसममा कपनका दुई युवा र दुई चिनियाँ नागरिकको मृत्युबाट कार्बन मोनोअक्साइड ग्यासको विषाक्त प्रभावले हुने क्षतिको क्रम सुरु भइसकेको छ ।'
विज्ञहरूका अनुसार, चिसोयाममा घरका सबै झ्यालढोका बन्द गरे कोठामा आगो बाल्नाले यस्तो दुर्घटना हुने गरेको छ । कार्बन मोनोअक्साइड ग्यास सामान्यतः सही रूपले बल्न नसकेको स्टोभ, हिटिङ सिस्टम, जेनरेटर आदिको धुवाँ, चुरोटको धुवाँमा पाइन्छ । मट्टतिेलको हिटर, ग्यास गिजर, ग्यास स्टोभबाट समेत यो ग्यास निस्किन्छ ।
चिसोबाट बच्न सामान्यतः झ्यालढोका आदि बन्द गरिन्छ र कोठाभित्र हिटर वा आगो बालिन्छ । सबै दुर्घटनाको कारण यही हो । यसैले गर्दा कार्बन मोनोअक्साइड ग्यास कोठाबाहिर निस्कन पाउँदैन र कोठाभित्र भएका व्यक्तिहरू प्रभावित हुन्छन् ।
'राजधानीमा मात्र वर्षेनि ३० जनासम्मको मृत्यु त्यही ग्यासको विषाक्तताबाट हुने गरेको छ,' डा. वस्ती भन्छन्, 'यो ग्यासले कमजोर बनाउँछ, चेतना हराउँछ, प्रभावित व्यक्तिले कराउन पनि सक्दैन ।' यो ग्यासको विषाक्तताले प्रभावित व्यक्ति स्लिपिङ टयाबलेट खाएझैं गरी लट्ठ पर्छन् र अन्ततः तिनको मृत्यु हुन्छ ।
भmयालढोका खुला नभएको घरमा आगो वा मट्टितेल/ग्यास/विद्युत् हिटर बालेर सुत्दा यस्तो दुर्घटना हुने गरेको औंल्याउँदै वस्ती थप्छन्, 'आगो बाल्दा वा ताप्दा राति सुत्नुअघि कम्तीमा एउटा झ्याल खुला राख्नुपर्छ, ताकि हावाको ओहोरदोहोर हुन सकोस् ।' उनका अनुसार, विद्युत् हिटरले त्यस्तो ग्यास फाल्दैन, तर त्यसले अक्सिजन ग्यास लिने भएकाले कोठाको झ्याल खुला राख्नुपर्छ ।
बाथरुममा तातो पानीका लागि उपयोग गरिने ग्यास गिजरबाट कार्बन मोनोक्साइड ग्यासको विषाक्तता भएर मृत्यु हुने गरेको छ । त्यसैले ग्यास गिजर भएको बाथरुमको जहिल्यै खुला राख्नुपर्छ ।
गत वर्ष मुस्ताङको एउटा होटेलको बाथरुममा ग्यास गिजर उपयोग गरिरहेका स्विडिस नागरिकको ग्यास विषाक्तताले मृत्यु भएको थियो । यस्तै, पोहर नै राजधानीमा एउटी महिलाको मृत्यु बाथरुममा नुहाउँदा ग्यास गिजरबाट निस्किने कार्बन मोनोअक्साइड ग्यासले गर्दा भएको यथार्थ फोरेन्सिक विभागको तथ्यांकमा उल्लेख छ । ती महिला धेरैबेरसम्म बाथरुमबाट ननिस्किएपछि आफन्तहरूले ढोका फोरेका थिए, त्यतिन्जेल उनको मृत्यु भइसकेको थियो । यति मात्र हैन, पार्टी प्यालेसमा जेनरेटर चलाएकै कोठामा सुतेका दुई कामदारको पनि गत वर्ष मृत्यु भएको थियो ।
कार्बन मोअक्साइड रंगहीन र गन्धहीन ग्यास हो । त्रिवि रसायन शास्त्र केन्द्रीय विभागका प्रा.डा. विनय झा भन्छन्, 'यो कार्बन डाइक्साइडभन्दा पनि खतरनाक हुन्छ ।' हावासँगै शरीरमा प्रवेश गरेपछि यो ग्यास विषालु सावित हुन सक्ने जनाउँदै उनी थप्छन्, 'यसले गम्भीर रूपमा बिरामी पार्न सक्छ । बढी समयसम्म यसको सम्पर्कमा रहनाले निसास्सिएर मृत्युसमेत हुन्छ ।'
डा. वस्तीका अनुसार, यो ग्यासले शरीरमा अक्सिजन पुर्याउने रातो रक्तकोषमा असर पार्छ । अनि शरीरको सम्पूर्ण अक्सिजन परिवहन प्रणाली प्रभावित हुन्छ । अक्सिजन नपाउनाले शरीरका कोषहरू मर्न थाल्छन् ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन -सीडीसी) को प्रतिवेन अनुसार, अमेरिकामा पनि गम्भीर विषाक्तता सम्बन्धी दुर्घटनाको एउटा प्रमुख कारण कार्बन मोनोअक्साइड नै रहँदै आएको छ । त्यहाँ वर्षेनि चार सय व्यक्तिको
मृत्यु यही ग्यासको विषाक्तताले हुने गरेको छ ।
लक्षण
- टाउको दुखेकोदुख्यै गर्नु
- सोच्ने क्षमतामा असर हुनु
- सास फेर्न असजिलो हुनु
- हडबडाउन थाल्नु
- आँखा र हातको तालमेल हुन छाड्नु
- मुटुको चाल बढ्नु
- शरीरको तापक्रम कम हुनु
- पेटमा समस्या उत्पन्न हुनु
- रक्तचापमा कमी हुनु
बचाउ
- रुम हिटरको उपयोग सावधानीपूर्वक गर्नुपर्छ
- बन्द कोठामा जेनरेटर, गाडी वा धुवाँ फाल्ने कुनै पनि यन्त्रको चलाउनु हुँदैन
- भmयाल वा ढोका खुला राखेर मात्र कोठा तताउने काम थाल्नुपर्छ
- कोठामा हावाको उचित ओहोरदोहोर हुने व्यवस्था हुनुपर्छ
- बाथरुममा ग्यास गिजर उपयोग गर्दा झ्याल वा भेन्टिलेसन खुलै हुनुपर्छ
साभार : इकान्तिपुर
काठमाडौ,
पुस १३ -
जाडो याम आउनासाथ चिसोबाट जोगिन हामी प्रायः मकल, रुम हिटर आदिको उपयोग
गर्छौं । तर यिनको उपयोग सावधानीपूर्वक गरिएन भने यो सोख मृत्युको कारकसमेत
बन्न सक्छ ।

- See more at: http://www.ekantipur.com/np/2070/9/13/full-story/381474.html#sthash.pOMTJJ7q.dpuf

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !