CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » 123456 यो सालको सवैभन्दा झुर पासवर्ड, जान्नुहोस कस्ता कस्ता पासवर्ड प्रयोग हुन्छन ?

123456 यो सालको सवैभन्दा झुर पासवर्ड, जान्नुहोस कस्ता कस्ता पासवर्ड प्रयोग हुन्छन ?

WorstPasswords-2013इमेल, सामाजिक संजाल, अनलाइन अकाउन्ट सवैमा आजकल पासवर्ड प्रयोग गर्नुपर्छ । पासवर्ड चोरीका कारण धेरैले ठूलो क्षति व्यहोर्नु परेको छ ।

पासवर्ड प्रोटेक्सन र डाटा सेफ्टीका लागि काम गर्ने फर्म स्प्लास डाटाले सबैभन्दा खराब २५ पासवर्डको वाार्षिक लिस्ट सार्वजनिक गरेको छ । स्प्लास डाटाले यस्तो सूची जारी गर्न
थालेपछि पहिलो पटक password नामक पासवर्ड यो सूचीबाट हराएको छ ।

दुई पटक दोस्रो नम्बरमा रहेको १२३४५६ पहिलो नम्बरमा उक्लिएको छ । यो इन्टरनेटमा प्रयोग हुने कमन पासवर्ड हो, जसलाई ह्याकरले चोरेर अनलाइनमा पोष्ट गरेका छन् । स्प्लास डाटाका अनुसार यो सूचीमा अडोबी प्रयोगकर्ताहरुबाट चोरिएको पासवर्डको डाटाको प्रभाव परेको छ । पछिल्लो वर्ष अडोबीको ३.२ करोड प्रयोगकर्ताको अकाउन्ट र पासवर्ड ह्याकरले चारेका थिए ।

स्प्लास डाटाका सीईओ मोर्गनजन स्लेनले भनेका छन्–यो सूचीमा abode123 र photoshop  जस्ता पासवर्ड हेर्दा हामी यो सल्लाह दिन चाहन्छौं कि तपाई आफ्नो पासवर्ड वेबसाइट र एप्लिकेशनको नाममा नराख्नुस् ।’

स्प्लास डाटाका अनुसार झुर पासवर्डको सूचीमा रहेका पासवर्डको प्रयोग गर्नेहरु सबैभन्दा बढी खतरामा छन् । यदि तपाईहरुको पनि पासवर्ड यस्तै छ भने तत्काल परिवर्तन गर्नुस् ।

सुरक्षित पासवर्डका लागि स्प्लास डाटाले केही टिप्स पनि दिएको छ । मिक्स ८ अक्षरको पासवर्ड राख्नु पर्ने उसले बताएको छ । तर, dr4mar1c जस्ता पासवर्ड साइबर आक्रमणका लागि सहज मानिन्छ । j%7k&ypx$ जस्ता पासवर्ड सम्झन गाह्रो हुन्छ ।
साभार् : अनलाईन खबर
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis