CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » 'ज्योतिषीको विश्वास हुन्न'

'ज्योतिषीको विश्वास हुन्न'

'ज्योतिषीको विश्वास हुन्न' अभिनेत्री नीता ढुंगानालाई ज्योतिषीको भनाइमा विश्वास छैन। उनको रियल जीवनमा ज्योतिषीको ठाउँ छैन। रिल जीवन भने फरक छ। हालै रिलिज भएको ६ एकान ६ मा भने उनको पूरै अभिनय ज्योतिषीले भनेको कुरामा चलेको छ। 'यही हो, रियल जीवन र रिल जीवनबीच भिन्नता,' उनले भनिन्।


उनकी आमा ज्योतिषीलाई विश्वास गर्छिन्। नीतालाई भने यसबारे वास्ता छैन। ज्योतिषीसँग आमा पुगेको बेला उनको अनुहार हेरेर भनेछन्, 'यी नानीले सानै उमेरमा प्रगति गर्छिन्। कला क्षेत्रमा लाग्छिन्। जसले गर्दा धेरै माथि पुगेर नाम राख्न सक्नेछिन्।' त्यो बेला उनी १३ वर्षकी बाल कलाकार थिइन्।
नीतालाई चिना र भाग्यमा विश्वास छैन। 'भगवानसँग प्रेम छ। मन्दिर देख्यो भने स्वतःस्फूर्त शिर झुकिहाल्छ। तर मन्दिरमा धाएर पूजा गर्दिनँ।'
फिल्ममा सातजनासँग बिहेको चक्कर चले पनि उनले बिहेका लागि केटा खोज्दै हिँडेकी छैनन्। थप्छिन्, 'मन मिल्ने मान्छे पनि आएको छैन। फिल्मको पात्र र वास्तविकता धेरै टाढा छ।'
दैनिक जीवनमा ज्योतिषीको कुरा नपत्याउने उनीसँग एउटा बलियो तर्क छ। नाताले एकजना काका पर्ने छन्। जसले कुनै काम गर्नुअगाडि साइत हेराउन जाने गर्थे। हरचिज पण्डितलाई नदेखाई काम थाल्दैनथे। एकदिन उनकी पत्नीलाई ज्योतिषीले भनेछन्, 'तपाईं एक महिनाभन्दा बाँच्नु हुन्न।' ज्योतिषीको कुराले काकीलाई धेरै दबाब पर्योग। मानसिक रूपमा चिन्तित बनिन्। निराशामा फसिन्। एक महिनापछि आफैंले विष खाएर आत्महत्या गरिन्। 'यदि ज्योतिषीले आयु नतोकेको भए उनी मर्दिनथिन्,' चार–पाँच वर्षअगाडिको यो घटना नीताले बिर्सेकी छैनन्।
'६ एकान ६' गणितको गुणन सानैमा घोकेर कण्ठ पारेकी थिइन्, नीताले। फिल्ममा उनलाई 'बोल्ड' चरित्र दिइएकोमा निकै हर्षित छिन्। 'जुन क्यारेक्टर दिइएको थियो, त्यसबाट मैले हाइट पाएकी छु,' उनमा आशा बढेको छ, 'करियरमा प्लस प्वाइन्ट भएको छ। यसले गर्दा दर्शकले मप्रति हेर्ने दृष्टिकोण बदलिएको छ।'
थुप्रै चर्चा बटुलेको '६ एकान ६' मा उनलाई छ जना फरक–फरक पात्रले झुलाएका छन्। एउटा ज्योतिषीको भनाइलाई लिएर स्टोरी घुमेको छ। उनी तीन महिनाभित्रै विवाह गर्नैपर्ने दबाबमा पर्छिन्।
विवाहका लागि हजुरबा, काकाको दबाबले गर्दा केटाको उमेरमा ध्यान दिन्नन्। सुरुमै बिहेले नकारात्मक मोड लिएपछि फेरि एउटा धनी साहु हेर्छिन्। दोस्रो वकिल, केटीलाई सम्मान गर्ने कवि, प्रहरी, माग्ने, घरकै नोकर; सबैको नाडी छाम्छिन्। आफूसँग बिहे गर्न लायकको भेटाउँदिनन्। हरेकसँग एक न एक कमजोरी भेटेकै आधारमा बिहे गर्न इन्कार गर्छिन्।
कुनै पनि मान्छे ३२ लक्षणले भरिपूर्ण हुँदैन। केही न केही कमजोरी हुन्छ। कमजोरी स्विकारेर बिहे नगरे आफूले खोजेजस्तो केटा पाउन मुस्किल छ। तर, यो फिल्ममा मात्र।
'ठिक विपरीत वास्तविक जीवनमा कुनै केटीले बिहेकै लागि ६/७ केटा हेर्दैनन्। अझ अगाडिको कुरा गर्दा बाबुआमाले जसलाई दियो, मुखै नहेरी विवाह गरिदिन्थे,' यो तर्कका साथ नीता फिल्म र वास्तविक जीवनको फरक खुट्याउँछिन।
हास्य कलाकारसँग काम गर्दा उनले छुट्टै अनुभव बटुलेकी छिन्। 'छजना कमेडियन एक्टरसँग सुटिङमा निकै रमाइलो भएको थियो,' उनले सुनाइन्, 'सुटिङका बेला हाँस्दाहाँस्दै रोएकी छु, रुँदारुँदै हाँसेकी छु।'
आगामी दिनमा ती कलाकारसँग खेल्ने मौका मिल्ला नमिल्ला। '६ एकान ६'मा जस्तो 'बोल्ड' पात्र आउँछ आउँदैन, उनलाई नै थाहा छैन। तर, छ जनालाई झुलाउँदै भए पनि उनी निकै सन्तुष्ट छिन्।
साभार : नागरिक

अभिनेत्री नीता ढुंगानालाई ज्योतिषीको भनाइमा विश्वास छैन। उनको रियल जीवनमा ज्योतिषीको ठाउँ छैन। रिल जीवन भने फरक छ। हालै रिलिज भएको ६ एकान ६ मा भने उनको पूरै अभिनय ज्योतिषीले भनेको कुरामा चलेको छ। 'यही हो, रियल जीवन र रिल जीवनबीच भिन्नता,' उनले भनिन्।


Laptop Bag with every nagarik
उनकी आमा ज्योतिषीलाई विश्वास गर्छिन्। नीतालाई भने यसबारे वास्ता छैन। ज्योतिषीसँग आमा पुगेको बेला उनको अनुहार हेरेर भनेछन्, 'यी नानीले सानै उमेरमा प्रगति गर्छिन्। कला क्षेत्रमा लाग्छिन्। जसले गर्दा धेरै माथि पुगेर नाम राख्न सक्नेछिन्।' त्यो बेला उनी १३ वर्षकी बाल कलाकार थिइन्।
नीतालाई चिना र भाग्यमा विश्वास छैन। 'भगवानसँग प्रेम छ। मन्दिर देख्यो भने स्वतःस्फूर्त शिर झुकिहाल्छ। तर मन्दिरमा धाएर पूजा गर्दिनँ।'
फिल्ममा सातजनासँग बिहेको चक्कर चले पनि उनले बिहेका लागि केटा खोज्दै हिँडेकी छैनन्। थप्छिन्, 'मन मिल्ने मान्छे पनि आएको छैन। फिल्मको पात्र र वास्तविकता धेरै टाढा छ।'
दैनिक जीवनमा ज्योतिषीको कुरा नपत्याउने उनीसँग एउटा बलियो तर्क छ। नाताले एकजना काका पर्ने छन्। जसले कुनै काम गर्नुअगाडि साइत हेराउन जाने गर्थे। हरचिज पण्डितलाई नदेखाई काम थाल्दैनथे। एकदिन उनकी पत्नीलाई ज्योतिषीले भनेछन्, 'तपाईं एक महिनाभन्दा बाँच्नु हुन्न।' ज्योतिषीको कुराले काकीलाई धेरै दबाब पर्योग। मानसिक रूपमा चिन्तित बनिन्। निराशामा फसिन्। एक महिनापछि आफैंले विष खाएर आत्महत्या गरिन्। 'यदि ज्योतिषीले आयु नतोकेको भए उनी मर्दिनथिन्,' चार–पाँच वर्षअगाडिको यो घटना नीताले बिर्सेकी छैनन्।
'६ एकान ६' गणितको गुणन सानैमा घोकेर कण्ठ पारेकी थिइन्, नीताले। फिल्ममा उनलाई 'बोल्ड' चरित्र दिइएकोमा निकै हर्षित छिन्। 'जुन क्यारेक्टर दिइएको थियो, त्यसबाट मैले हाइट पाएकी छु,' उनमा आशा बढेको छ, 'करियरमा प्लस प्वाइन्ट भएको छ। यसले गर्दा दर्शकले मप्रति हेर्ने दृष्टिकोण बदलिएको छ।'
थुप्रै चर्चा बटुलेको '६ एकान ६' मा उनलाई छ जना फरक–फरक पात्रले झुलाएका छन्। एउटा ज्योतिषीको भनाइलाई लिएर स्टोरी घुमेको छ। उनी तीन महिनाभित्रै विवाह गर्नैपर्ने दबाबमा पर्छिन्।
विवाहका लागि हजुरबा, काकाको दबाबले गर्दा केटाको उमेरमा ध्यान दिन्नन्। सुरुमै बिहेले नकारात्मक मोड लिएपछि फेरि एउटा धनी साहु हेर्छिन्। दोस्रो वकिल, केटीलाई सम्मान गर्ने कवि, प्रहरी, माग्ने, घरकै नोकर; सबैको नाडी छाम्छिन्। आफूसँग बिहे गर्न लायकको भेटाउँदिनन्। हरेकसँग एक न एक कमजोरी भेटेकै आधारमा बिहे गर्न इन्कार गर्छिन्।
कुनै पनि मान्छे ३२ लक्षणले भरिपूर्ण हुँदैन। केही न केही कमजोरी हुन्छ। कमजोरी स्विकारेर बिहे नगरे आफूले खोजेजस्तो केटा पाउन मुस्किल छ। तर, यो फिल्ममा मात्र।
'ठिक विपरीत वास्तविक जीवनमा कुनै केटीले बिहेकै लागि ६/७ केटा हेर्दैनन्। अझ अगाडिको कुरा गर्दा बाबुआमाले जसलाई दियो, मुखै नहेरी विवाह गरिदिन्थे,' यो तर्कका साथ नीता फिल्म र वास्तविक जीवनको फरक खुट्याउँछिन।
हास्य कलाकारसँग काम गर्दा उनले छुट्टै अनुभव बटुलेकी छिन्। 'छजना कमेडियन एक्टरसँग सुटिङमा निकै रमाइलो भएको थियो,' उनले सुनाइन्, 'सुटिङका बेला हाँस्दाहाँस्दै रोएकी छु, रुँदारुँदै हाँसेकी छु।'
आगामी दिनमा ती कलाकारसँग खेल्ने मौका मिल्ला नमिल्ला। '६ एकान ६'मा जस्तो 'बोल्ड' पात्र आउँछ आउँदैन, उनलाई नै थाहा छैन। तर, छ जनालाई झुलाउँदै भए पनि उनी निकै सन्तुष्ट छिन्।
- See more at: http://nagariknews.com/entertainment/nepali-film/story/12741#sthash.gQm90Bev.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis