CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » विदेशी नागरिक हुनेलाई खतरा

विदेशी नागरिक हुनेलाई खतरा

green_cardकाठमाडौं। विदेशमा पीआर वा नागरिकता लिएका, तर निजामती वा अन्य सरकारी सेवामा काम गर्नेहरूका लागि अब खराब दिन सुरु हुनै लागेको छ।
निजामती सेवा ऐन संशोधन गरी व्यवस्थापिका–संसद्को
बैठकमा पेस गर्ने तयारी हालतमा राखिएको नयाँ ऐनमा पीआर वा डीभी होल्डर कर्मचारीको जागिर स्वतः अन्त्य हुने भएपछि निजामती सेवाका त्यस्ता व्यक्तिहरूमा आतंक छाएको छ। ‘सरकारले पीआर र डीभी होल्डर कर्मचारीमाथि कारबाही हुने व्यवस्थासहित विधेयक यसअघि नै तयार पारेको थियो। अब उपयुक्त समयमा पेस हुनेछ,’ संसद् सचिवालयका एक कर्मचारीले बताए। यसको मारमा पहिलोपटक अमेरिकाको ग्रिनकार्ड र अस्ट्रेलियाको पीआर पाएका भरत सुवेदीहरू पर्नेछन्। यता, विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे, सदस्यहरू डा. मोहनरमण
भट्टराई र भुपेन्द्रप्रसाद राईले काममा ढिलासुस्ती गर्न थालेको पीडितहरूले बताएका छन्। सुरुमा राम्रो फैसला गरेका उनीहरू अहिले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको संगतमा रहेको आरोप लाग्न थालेको छ। हिजोआज राप्रपा नेपालका नेता भरत जंगमको भ्रष्टाचारविरुद्ध अभियानका अध्यक्ष रहेका सञ्जय झा र सचिव राजु ढकाल नजिकका भ्रष्टाचारीसँग चालिसेको उठबस बाक्लिएपछि उनीहरूमाथि यो आरोप लाग्नु स्वाभाविक पनि हो। उनीहरू झाका आफन्तको गाडीमा घुम्ने र मदिरा सेवन गर्ने गर्छन्, स्रोतले भन्यो। जंगमको टिममा रहेका झा र ढकालले अहिले सीआईबी केन्द्रीय अनुसन्धान ब्युरोसँग तीन करोड रुपैयाँ कमिसन मागिरहेका छन्। हालसम्म समातिएको ३५ केजी सुनको कमिसनबापत त्यत्रो रकम मागे पनि प्रहरीले रकम दिन मानिरहेको छैन, सीआईबी स्रोतले बतायो।
- See more at: http://www.weeklynepal.com/2014/01/28/bidesh-nagarik-hune-lai-khatara/#.UueccM5s7Dc
green_cardकाठमाडौं। विदेशमा पीआर वा नागरिकता लिएका, तर निजामती वा अन्य सरकारी सेवामा काम गर्नेहरूका लागि अब खराब दिन सुरु हुनै लागेको छ।
निजामती सेवा ऐन संशोधन गरी व्यवस्थापिका–संसद्को बैठकमा पेस गर्ने तयारी हालतमा राखिएको नयाँ ऐनमा पीआर वा डीभी होल्डर कर्मचारीको जागिर स्वतः अन्त्य हुने भएपछि निजामती सेवाका त्यस्ता व्यक्तिहरूमा आतंक छाएको छ। ‘सरकारले पीआर र डीभी होल्डर कर्मचारीमाथि कारबाही हुने व्यवस्थासहित विधेयक यसअघि नै तयार पारेको थियो। अब उपयुक्त समयमा पेस हुनेछ,’ संसद् सचिवालयका एक कर्मचारीले बताए। यसको मारमा पहिलोपटक अमेरिकाको ग्रिनकार्ड र अस्ट्रेलियाको पीआर पाएका भरत सुवेदीहरू पर्नेछन्। यता, विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे, सदस्यहरू डा. मोहनरमण

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !

हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis