CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , » गयो अब नेपालीको दुख को दिन हरु (हरेक नेपाली ले पढनै पर्ने यो लेख )

गयो अब नेपालीको दुख को दिन हरु (हरेक नेपाली ले पढनै पर्ने यो लेख )


कान्तिपुर पत्रिकाको ग्राहक बन्दा गाडी उपहार, नागरिक पत्रीका को ग्राहक बन्दा घर उपहार, राजाधानी को ग्राहक बन्यो टि. भि.,फ्रिज लगायतका इलेक्ट्रोनिक सामान उपहार ! जाडोमा अलिकती लुगा फाटोको जरुरी थियो त्यै पनि "अन्नपूर्ण पोस्ट" ले पुरा गरिदिने भएछ-एक जोर ट्र्याक सुट दिएर । छोरा छोरी पढाउनु पर्यो किताब देखी स्कुल फि
सम्मको जिम्मा चाउचाउले लिएकै छन् । फोन गर्नु पर्यो ncell ले सित्तैमा दिन्छ । नगद चाहियो बैन्कहरु हामी छौ भनिराकै छन । खानेकुराको ,पोषणको र स्वास्थ्यको त झन चिन्तै भएन . भिटामिन, मिनरल,खनिज लगायत शरीरलाई चाहिने सम्पूर्ण चिज चाउचाउमै छ्दैछ । एउटा चाउचाउ उमालेर खायो अरु केही खानै परेन। गएछन दु:खका दिन ! अलिकती चिन्ता देशको थियो त्यैपनी "राष्ट्र निर्माण हाम्रो जिम्मेबारी" भन्दै डन्डी र सिमेन्टले पुरै देश बिकासको जिम्मा लिइहाले । अब नेताको पनि केही काम भएन । अब संबिधान नबन्ला कि भनेर पनि चिन्ता गर्नु परेन एक बर्ष भित्रमा हामी बनाउछौ संबिधान भन्दै कुनै नयाँ सिमेन्ट फ्याक्ट्रि खुल्ला नि ! अब बालाई स्लिपिङ ट्याब्लेट पनि खुवाउनु परेन पिपिआर पाइप र फिटिङ बा को सिरानी मुनी हाल्दियो बा ढुक्कले निदाउनु हुन्छ । आफुपनी एक सेट पाइप हालिन्छ सिरानमुनी अनी ढुक्कले सुतिन्छ । गए दु:खका दिन ......
-By: Traaz adhikari
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis