CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सेक्रेटरीसँगको अफेयर

सेक्रेटरीसँगको अफेयर

businessmanलाजिम्पाट, काठमाडौंको रेस्टुराँमा एकदिन एक्लै म एकजना पर्यटक मित्रलाई कुरेर बसिरहेको थिएँ। रेस्टुराँको अगाडि पट्टिको बारमा तीनजना युवाहरू एक एक पेग हि्वस्की लिएर म संगैको टेबुलमा बसे। हि्वस्कीको साथ दिनका लागि चिकन ललि, मटन सेकुवा, बफ मम, फ्रेन्च फ््र्काई, आलु साँधेको अर्डर गरे। यस्सो हेर्दा ब्यापारी खानदानको सन्तान देखिने ती युबाहरूको बार्तालाप सुन्दा मेरो ध्यान भंग भयो।

युवा १: होइन यो सेक्रेटरी भन्ने कस्तो हुने रहेछ? (हि्वस्की को चुस्की लिंदै)
युवा २: किन र यार तँ पनि फसिस कि क्या हो? (हि्वस्कीको ग्लासमा आइस राख्दै)
युवा ३: हा हा !! चुरोटको धुवाँ बुङ्ग उडाउदै, खरानी एस्ट्रेमा झार्दै)
युवा १: म होइन नि मेरो बाउ पो फंसे जस्तो छ। जहिले पनि जता गए पनि त्यही सेक्रेटरीसंग मिटिंगमा जानुहुन्छ। फर्कने बेलामा पूरा झल्लु भएर आउनुहुन्छ अनि मम्संग ठाकठुक सुरु भै हाल्छ। अफिसको कुरा गर्यो् कि त्यही केटीको बयान सुरु, मम्लाई जियोलस फिल हुन्छ क्यारे! त्यसपछि फेरि रडाको सुरु हुन्छ यार! यो उमेरमा आमा बाउको झगडा सुल्झाउन मै व्यस्त हुनु परेको छ। आफूले लभ गरेर हिंड्ने बेलामा बाउले पो गर्ल फर्केन्ड बनाए जस्तो छ यार। दिक्क लाग्छ।
युवा २: (ग्लासमा रहेको हि्वस्कीको चुस्की लिंदै) हेर साथी! यो कर्पोरेट ओर्ल्डमा यस्तो अफएर भन्ने नर्मल हो जस्तो लाग्छ। दुई, तीन जना कम्पनीका मालिकहरूको सेक्रेटरीसंग अफएर भएर अपार्टमेन्टतिर राखेको छ भन्ने सुनेको हो। तेरो बाउले पनि कतै फ्ल्याटमा त राखेको छैन? होस् गर है! (आगो मा घ्यू थपि दियो) तेरो आमाले शंका गर्नु ठीकै त हो नि। केप्ट राखेपछि कुन चाहिं आइमाईले सहन्छ?
युवा ३: (अरु दुई भन्दा उमेरले जेठो देखिने युवा, चुरोटलाई देब्ब्रे हातका औंलाले ओंठको बायाँ पट्टि चेप्दै मज्जाले तान्दै) हेर साथी हो। जेनेरल्ली स्वास्नीसंग भन्दा पनि धेरै समय सेक्रेटरीसंग बिताईने हुन्छ कर्पोरेट ओर्ल्डमा। सेक्रेेटरीले हरेक बिजिनेसमा इन्पुट दिई राखेको हुन्छ। स्वास्नीले चाहिं संधै कच्कच् र शंका। अनि रिलेसन हुनुमा के टाइम लाग्छ? दुबैमा अन्डरस्ट्यांडिङ्ग छ भने रिलेसन भएपनि सेक्रेटरीले पार्ट अफ दी जब नै ठान्छन्, बोसलाई टेन्सनबाट मुक्त गर्न। कत्तिलाई यस्तो रिलेसन भनेको रिफ््र्केस्मेन्ट जस्तै हो। दे डन्ट टेक इट सिरियस्ली। जस्ट फर फन एण्ड इन्टरटेन्मेन्ट। यही सम्बन्ध अगाडि बढ्दै गयो भने घर बिग्रिन्छ।
. टि्रङ्ग। टि्रङ्ग। मेरो मोबिलको घन्टी बज्छ।  मेरो साथी आउन नसक्ने खबर आयो म पनि जुरुक्क उठेर हिंडे।  बाटोभरि मैले सुनेको बार्तालाप मेरो मस्तिष्कमा सिनेमा झैं झल्झल् भइरह्यो।
– विनय शाक्य
लाजिम्पाट, काठमाडौंको रेस्टुराँमा एकदिन एक्लै म एकजना पर्यटक मित्रलाई कुरेर बसिरहेको थिएँ। रेस्टुराँको अगाडि पट्टिको बारमा तीनजना युवाहरू एक एक पेग हि्वस्की लिएर म संगैको टेबुलमा बसे। हि्वस्कीको साथ दिनका लागि चिकन ललि, मटन सेकुवा, बफ मम, फ्रेन्च फ््र्काई, आलु साँधेको अर्डर गरे। यस्सो हेर्दा ब्यापारी खानदानको सन्तान देखिने ती युबाहरूको बार्तालाप सुन्दा मेरो ध्यान भंग भयो।
युवा १: होइन यो सेक्रेटरी भन्ने कस्तो हुने रहेछ? (हि्वस्की को चुस्की लिंदै)
युवा २: किन र यार तँ पनि फसिस कि क्या हो? (हि्वस्कीको ग्लासमा आइस राख्दै)
युवा ३: हा हा !! चुरोटको धुवाँ बुङ्ग उडाउदै, खरानी एस्ट्रेमा झार्दै)
युवा १: म होइन नि मेरो बाउ पो फंसे जस्तो छ। जहिले पनि जता गए पनि त्यही सेक्रेटरीसंग मिटिंगमा जानुहुन्छ। फर्कने बेलामा पूरा झल्लु भएर आउनुहुन्छ अनि मम्संग ठाकठुक सुरु भै हाल्छ। अफिसको कुरा गर्यो् कि त्यही केटीको बयान सुरु, मम्लाई जियोलस फिल हुन्छ क्यारे! त्यसपछि फेरि रडाको सुरु हुन्छ यार! यो उमेरमा आमा बाउको झगडा सुल्झाउन मै व्यस्त हुनु परेको छ। आफूले लभ गरेर हिंड्ने बेलामा बाउले पो गर्ल फर्केन्ड बनाए जस्तो छ यार। दिक्क लाग्छ।
युवा २: (ग्लासमा रहेको हि्वस्कीको चुस्की लिंदै) हेर साथी! यो कर्पोरेट ओर्ल्डमा यस्तो अफएर भन्ने नर्मल हो जस्तो लाग्छ। दुई, तीन जना कम्पनीका मालिकहरूको सेक्रेटरीसंग अफएर भएर अपार्टमेन्टतिर राखेको छ भन्ने सुनेको हो। तेरो बाउले पनि कतै फ्ल्याटमा त राखेको छैन? होस् गर है! (आगो मा घ्यू थपि दियो) तेरो आमाले शंका गर्नु ठीकै त हो नि। केप्ट राखेपछि कुन चाहिं आइमाईले सहन्छ?
युवा ३: (अरु दुई भन्दा उमेरले जेठो देखिने युवा, चुरोटलाई देब्ब्रे हातका औंलाले ओंठको बायाँ पट्टि चेप्दै मज्जाले तान्दै) हेर साथी हो। जेनेरल्ली स्वास्नीसंग भन्दा पनि धेरै समय सेक्रेटरीसंग बिताईने हुन्छ कर्पोरेट ओर्ल्डमा। सेक्रेेटरीले हरेक बिजिनेसमा इन्पुट दिई राखेको हुन्छ। स्वास्नीले चाहिं संधै कच्कच् र शंका। अनि रिलेसन हुनुमा के टाइम लाग्छ? दुबैमा अन्डरस्ट्यांडिङ्ग छ भने रिलेसन भएपनि सेक्रेटरीले पार्ट अफ दी जब नै ठान्छन्, बोसलाई टेन्सनबाट मुक्त गर्न। कत्तिलाई यस्तो रिलेसन भनेको रिफ््र्केस्मेन्ट जस्तै हो। दे डन्ट टेक इट सिरियस्ली। जस्ट फर फन एण्ड इन्टरटेन्मेन्ट। यही सम्बन्ध अगाडि बढ्दै गयो भने घर बिग्रिन्छ।
. टि्रङ्ग। टि्रङ्ग। मेरो मोबिलको घन्टी बज्छ।  मेरो साथी आउन नसक्ने खबर आयो म पनि जुरुक्क उठेर हिंडे।  बाटोभरि मैले सुनेको बार्तालाप मेरो मस्तिष्कमा सिनेमा झैं झल्झल् भइरह्यो। - See more at: http://www.weeklynepal.com/2014/01/14/secreatary-sanga-ko-relationship/#.UtYtHftRBUw
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis