CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नेपाली चाहिँ सिध्याउने, विदेशीलाई पोस्ने

नेपाली चाहिँ सिध्याउने, विदेशीलाई पोस्ने

काठमाडौं। हिन्दी फिल्म धूम–३ ले नेपालबाट करिब सात करोड रुपैयाँ आर्जन गरेर नयाँ रेकर्ड कायम गरेको छ। गोपीकृष्ण हल मालिक उद्धव पौडेलले दुई करोडमा नेपाली राइट खरिद गरेको धूम ३ ले दुई करोड राजस्व पनि तिरेको खबर सार्वजनिक भएको छ। तर विदेशी फिल्मबाट मनोरञ्जन कर लिने सरकारी निकाय
चलचित्र विकास बोर्ड भने यस कुरामा मौन देखिएको छ।
यदि धूम–३ ले करिब सात करोड कमाएको हो भने २८ प्रतिशत कर काट्दा दुई करोड बढी नै राजस्व उठ्ने कुरा सत्य हो। चलचित्र विकास बोर्डले भने अहिलेसम्म आफ्नो खातामा दुई करोड जम्मा भएको कुरा सार्वजनिक गर्न सकेको छैन। सरकारले विदेशी फिल्मको एउटा टिकटमा २८ रुपैयाँ मनोरञ्जन कर लिने गरेको छ। तर बोर्डका पदाधिकारीहरू विदेशी फिल्मका वितरक र हल मालिकसँग कमिसन लिन पल्केकाले त्यति राजस्व उठेको होला भन्नेमा त्यहीँकै कर्मचारी सहमत छैनन्। अझ यही समयमा बोर्डका दुई सदस्य विकास आचार्य र रामा मण्डलको पदावधि पुस २१ गते नै सकिएपछि बोर्डले अनुगमन राम्ररी गर्न नसकेको अवस्था छ।
अझ बोर्ड अध्यक्षमा धर्मेन्द्र मरवैता नियुक्त बनेर आएपछिको यो एक वर्ष त नेपाली चलचित्रका लागि कालो वर्ष नै सावित भयो। उनको कार्यकालमा एउटा पनि नाम लिने खालका काम बोर्डले गर्नसकेन। जसका कारण जुनियरदेखि सिनियर सबै चलचित्रकर्मीले विकास बोर्ड खारेज गर्नुपर्ने माग गर्न थालेका हुन्।
धूम–३ नेपालमा चलाउने बेला तीन सातासम्म नेपाली चलचित्रलाई प्रदर्शनबाट रोकियो। तीन वर्षअघिसम्म नेपाली चलचित्रले विदेशी फिल्मलाई विस्थापित गरेर ७० प्रतिशत बजार ओगटेको थियो। तर त्यसयता हिन्दी, अंग्रेजी र कोरियन फिल्मले नेपाली चलचित्रको बजारलाई खुम्च्याउँदै खुम्च्याउँदै लगेर अहिले नेपाली बजारमा आफ्नो एकाधिकार कायम गर्न सफल भएका छन्। अब नेपाली चलचित्रले विदेशी फिल्मलाई विस्थापित गर्न करिब १० वर्ष पर्खनुपर्ने अवस्था सिर्जना भएको छ। विदेशी फिल्मलाई विस्थापित गर्न फेरि अर्को लूट वा चपली हाइट चलचित्र बन्नुपर्ने चलचित्र विश्लेषकहरूको भनाइ छ। यसमा निर्माता तथा वितरक सुनिल मानन्धर पनि सहमत छन्। नेपाली चलचित्र सिध्याउने र विदेशी चलचित्र पोस्ने प्रवृत्ति हावी भएकै कारण नेपाली चलचित्रहरू दिनप्रतिदिन ओरालो लागेको हो, उनले भने।
Source:  http://www.weeklynepal.com/2014/01/15/nepali-chahi-sidhyaune/#.UtYtEftRBUw
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis