नेता शक्तिशाली र जनता निरीह बन्छन् ।
पाकिस्तानका जनता पनि यस्तै समस्याबाट पिरोलिएका छन् । नेताले जे बोले पनि हुने पुरा गर्न चाहिँ नपर्ने यही रोगबाट मुक्ति पाउन त्यहाँ हालै नयाँ अभियान थालिएको छ ।
नेताहरुको बोली र ब्यबहारको निगरानी गर्न युनाइटेड प्रेस इन्टरनेशनल न्यूज एजेन्सी (यूपीआई) ले ‘ट्रूथ ट्राकर‘ नामको नयाँ वेबसाइट सुरु गरेको छ । यो यूपीआईको एक गैरनाफामूखी अभियान हो ।
Truth-Tracker
पाकिस्तानका विभिन्न स्थानमा रहेका २५ पत्रकारहरुको एक टोलीले नेताको चुनावी घोषिणा पत्र, चुनावका क्रममा गरेको भाषण, राजनीतिक दलको वेबसाइट र मिडियामा कभरेजको विश्लेषण गरेर मतदाताहरुसँग गरेको प्रतिवद्धता पत्ता लगाउनेछ ।
‘ट्रूथ ट्राकर’का वरिष्ठ सम्पादक मुबाशर बुखारीले यो सबै जवाफदेहीता सुनिश्चित गर्न भएको बताउँछन् । उनका अनुसार नेताहरुलाई मतदातासँग गरेको प्रतिवद्धता सम्झाउनुका साथै किन प्रतिवद्धता पूरा भएन र किन अवरोध भयो भनेर समेत खोजिनेछ ।
कसले के प्रतिवद्धता गरेको थियो, त्यो पत्ता लगाउन विभिन्न पार्टीको चुनाव चिन्ह प्रयोग गरिनेछ । जस्ततो कि प्रधानमन्त्री नजाव शरीफको पीएमएल (एन) को चुनाव चिन्ह बाघ हो भने क्रिकेट ब्याट क्रिकेटर इमरान खानको पार्टी तहरीके-ए-इन्साफ (पीटीआई) को हो ।
वेबसाइटलाई पाँच भागमा बाँडिएको छ । टुटेको, पूरा भएको, काम भइरहेको, काम सुरु नभएको र सम्झौता भएको प्रतिवद्धता । जस्तो, प्रधानमन्त्री शरीफले पछिल्लो वर्ष चुनावमा कम आय भएको वर्गका मानिसलाई घर उपलब्ध गराउने प्रतिवद्धता गरेका थिए । तर, अहिलेसम्म केही काम भएको छैन । ‘ट्रूथ ट्राकर’ले यो प्रतिवद्धतालाई काम नै सुरु नभएको प्रतिवद्धताको सूचीमा राखेको छ ।
साभार : अनलाईन खबर
चुनावका
बेला नेताहरु ठूला-ठूला आश्वासन बाँड्छन्, तर, जब जित्छन् आफूले गरेको
प्रतिवद्धता पूरा गर्ने त परेको कुरा, फर्किएर पनि गाउँ जाँदैनन् । यो
हाम्रो मात्र समस्या होइन । अधिकांश विकासशील देशका जनता चुनावको बेला
मात्र शक्तिशाली हुन्छन्, जब चुनाव सकिन्छ फेरि नेता शक्तिशाली र जनता
निरीह बन्छन् ।
पाकिस्तानका जनता पनि यस्तै समस्याबाट
पिरोलिएका छन् । नेताले जे बोले पनि हुने पुरा गर्न चाहिँ नपर्ने यही
रोगबाट मुक्ति पाउन त्यहाँ हालै नयाँ अभियान थालिएको छ ।
नेताहरुको बोली र ब्यबहारको निगरानी गर्न युनाइटेड प्रेस इन्टरनेशनल न्यूज एजेन्सी (यूपीआई) ले ‘ट्रूथ ट्राकर‘ नामको नयाँ वेबसाइट सुरु गरेको छ । यो यूपीआईको एक गैरनाफामूखी अभियान हो ।
पाकिस्तानका विभिन्न स्थानमा रहेका २५
पत्रकारहरुको एक टोलीले नेताको चुनावी घोषिणा पत्र, चुनावका क्रममा गरेको
भाषण, राजनीतिक दलको वेबसाइट र मिडियामा कभरेजको विश्लेषण गरेर
मतदाताहरुसँग गरेको प्रतिवद्धता पत्ता लगाउनेछ ।
‘ट्रूथ ट्राकर’का वरिष्ठ सम्पादक मुबाशर
बुखारीले यो सबै जवाफदेहीता सुनिश्चित गर्न भएको बताउँछन् । उनका अनुसार
नेताहरुलाई मतदातासँग गरेको प्रतिवद्धता सम्झाउनुका साथै किन प्रतिवद्धता
पूरा भएन र किन अवरोध भयो भनेर समेत खोजिनेछ ।
कसले के प्रतिवद्धता गरेको थियो, त्यो
पत्ता लगाउन विभिन्न पार्टीको चुनाव चिन्ह प्रयोग गरिनेछ । जस्ततो कि
प्रधानमन्त्री नजाव शरीफको पीएमएल (एन) को चुनाव चिन्ह बाघ हो भने क्रिकेट
ब्याट क्रिकेटर इमरान खानको पार्टी तहरीके-ए-इन्साफ (पीटीआई) को हो ।
वेबसाइटलाई पाँच भागमा बाँडिएको छ ।
टुटेको, पूरा भएको, काम भइरहेको, काम सुरु नभएको र सम्झौता भएको
प्रतिवद्धता । जस्तो, प्रधानमन्त्री शरीफले पछिल्लो वर्ष चुनावमा कम आय
भएको वर्गका मानिसलाई घर उपलब्ध गराउने प्रतिवद्धता गरेका थिए । तर,
अहिलेसम्म केही काम भएको छैन । ‘ट्रूथ ट्राकर’ले यो प्रतिवद्धतालाई काम नै
सुरु नभएको प्रतिवद्धताको सूचीमा राखेको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/01/155670/#sthash.R9E8gM1f.dpuf
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !