CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बदलाको भावनाले मान्छेले मान्छेकै मासु खाएपछि….

बदलाको भावनाले मान्छेले मान्छेकै मासु खाएपछि….

140113062916_car_violence_624x351_afpकाठमाडौं, २९ पुस । मध्य अफ्रिकी गणतन्त्रको हिंसामा एक जना मानिसले विपक्षी अर्का व्यक्तिलाई मारेर खाएको दावी गरेका छन् ।

आफ्नो छोराछोरी, गर्भवती श्रीमती र बुहारीको हत्या गरेपछि रिसले चुर भई आफूले यस्तो गर्नु परेको तिनले
बताए ।

बीबीसीसँग कुरा गर्दै उनले आफ्ना परिवारको हत्या गर्नेलाई मारेर मासु खाएको बताए ।

आफुलाई “पागल कुकुर” भन्ने क्रिश्चियन समुदायका उनले राजधानी बान्गुईमा मुश्लिम व्यक्तिलाई आक्रमण गरेका थिए ।

बसमा गइरहेको उक्त व्यक्तिलाई उनले पिछा गर्दै बसबाट सडकमा निकालेर पिट्दै आगो लगाएका थिए ।

क्रिश्चियन बाहुल्य मध्य अफ्रिकी गणतन्त्रमा क्रिश्चियन र मुश्लिम समुदायबीच साम्प्रदायिक तनाब हुँदा डिसेम्बर यता एक हजारभन्दा बढी मारिइसकेका छन् ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis