CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कहाँको कोठीले के संकेत गर्छ ?

कहाँको कोठीले के संकेत गर्छ ?

_image_large_5742एजेन्सी । शरीरका विभन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् ।

जसले व्यक्तिको चरित्र संकेत गर्दछ । त्यसमध्ये कोठी
पनि एक हो । शास्त्रमा शरीरको कुन अंगमा कोठी भए के फल प्राप्त हुन्छ भन्ने उल्लेख छ।

शास्त्र अनुसार कम्मरमा कोठी भएका व्यक्तिले जीवनमा धेरै दुःख झैल्नु पर्दछ । पेटमा कोठी हुने उत्तम भोजन भोगी हुन्छ र उसलाई त्यस्तो अवसर पनि प्राप्त भइरहन्छ । जसको पिठ्युँमा कोठी छ, उसले जीवनभर धेरै यात्रा गर्दछ ।

दाहिने गोडामा कोठी हुने मानिस बुद्धिमान हुन्छ । त्यस्तै देब्रे गोडामा कोठी हुनेको खर्च धेरै हुन्छ । गर्धनमा कोठी छ भने त्यो व्यक्ति आराम भोगी हो भन्ने थाहा हुन्छ र उसले त्यस्तो अवसर पनि पाउछ ।

नाकमा कोठी हुने व्यक्ति जीवनमा कुनै न कुनै कारणले धेरै यात्रामा निस्कनुपर्ने हुन्छ । दाहिने हत्केलामा कोठी हुने व्यक्ति बलवान हुन्छ । बायाँ हत्केलामा कोठी छ भने धेरै खर्च गर्ने स्वभावको हुन्छ ।

निधारमा कोठी हुने व्यक्ति बलवान हुने शास्त्रको मान्यता छ । जिउँडोमा कोठी हुने व्यक्ति आफ्नी प्रेमिकालाई धेरै माया नगर्ने स्वभावको हुन्छ । दाहिने आँखामा कोठी हुनेले भने आफ्नी प्रेमिकालाई धेरै माया गर्छ । यदि दायाँ आँखामा कोठी छ भने प्रेमिकासँग झगडा परिरहन्छ, दाम्पत्य जीवन पनि सुखी हुँदैन ।

दाहिने गालामा कसैको कोठी छ भने उ निकै धनवान हुन्छ । बायाँ गालामा कोठी छ भने चाहिँ उसको खर्च बढी हुन्छ । ओठमा कोठी हुने व्यक्तिको स्वभाव यौनको विषयमा सोचिरहने हुन्छ । कानमा कोठी हुनु भनेको अल्पायुको संकेत हो ।

दाहिने पाखुरामा कोठी हुनु मानप्रतिष्ठा मिल्ने संकेत हो जसले समाजमा उच्च स्थान प्राप्त गर्छन् । तर, बायाँ पाखुराको कोठी भने झगडालु स्वभावको संकेत हो ।

दाहिने छातीमा कोठी हुने स्त्री निकै प्रेम गर्ने स्वभावको संकेत गर्दछ । उनीहरु आफ्ना पत्नीलाई धेरै माया गर्छन् । तर, बायाँ छातीमा कोठी छ भने स्त्रीसँग कुनै न कुनै कुरामा झगडा परिरहन्छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis