सपनाको राजकुमार वा राजकुमारीका गुण कस्तो हुनुपर्ला भन्ने बिषयमा अल्मलिइरहेका तरुनी तन्नेरीहरुलाई अमेरिकाका दुई नानीहरुको हर्कत झट्का सावित हुन सक्छ ।

अमेरिकाका ६ र ९ बर्षका साना नानीहरुले आफ्नो प्रेमीमा हुनुपर्ने ३० लक्षणको सूची बनाएका छन् । ब्यायफ्रेण्ड के हो भन्ने थाहै नपाउने उमेरमा यी नानीहरुले यस्तो सूची बनाएको देखेपछि उनकी आमाले त्यसलाई ट्वीट गरिदिएर संसारलाई जानकारी दिइन् ।
उनीहरुको पहिलो शर्त छ- राम्रो हृयाण्डराइटिङ । राम्रोसागै आमाबाबुलाई मन पराउने, राम्रो ड्रेस हुनु पर्नेदेखि पहिलो डेटमा नै किस नगर्ने व्यक्ति हुनु पर्ने उनीहरुको सूचीमा उल्लेख छ ।
त्यतिमात्र हैन, केटो राम्रो कुक हुनुपर्ने छ, राम्रो जागिर हुनु पर्ने छ अनि प्रेमिकालाई हँसाउन सक्ने र रोमान्टिक स्वभावको पनि हुनुपर्ने छ ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !