उसो त रंगिन बजारमा लोक गायिका निशा सुनार र नृत्य निर्देशक शंकर बीसीको बिहेको चर्चा चलेको लामै समय भैसकेको छ । तर पनि यो कुरालाई दुबैले अस्विकार गर्दै आएका थिए । तर शंकरको बच्चा पेटमा बोकेर अमेरिका उडेपछि मात्र निशाले यो कुरालाई फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् । निशाले शंकरसँग बिहे गर्दाका तस्बिरहरु सार्वजनिक गर्दै हल्लालाई वास्तविकतामा पुष्टी गर्ने काम गरेकी छिन् ।
शंकरले नीशासँग दोश्रो बिहे गरेका हुन् । उनीहरु लामो समयेखि सँगै बस्दै आएका थिए । तर पनि एकअर्काको सम्बन्धलाई भने मिडियाबाट लुकाउँदै आएका थिए । शंकरको घर नेपालगञ्जको खजुरामा हो । तर हालै मात्र उनले नयाँ घर नेपालगञ्जमै किनेका छन्। उनको श्रीमती र २ छोरा नेपालगञ्जमा नै रहेको वुझिन्छ । निशासँग उनको प्रेम चलेको लामो समय भैसकेको जानकारहरु बताउँछन् । हो । तर पहिलो श्रीमतीलाई नृत्य निर्देशक बीसीले कसरी राख्छन्, यसबारेमा मुख खोलेका छैनन् ।यसैबर्षको तीज कार्यक्रममा नीशाले पेटमा बच्चा लिएर निक्कै अप्ठ्यारोसँग गीत गाएकी थिइन् । बढ्दो पेटले मानिसमा आशंका उत्पन्न गर्ने सोचाइले नीशा अमेरिका उडेको हुनसक्छ । निशा निकट मानिएका केही व्यक्तिहरुका अनुसार भने उनको शंकरसँगको यो तेश्रो बिहे हो । उनको यसअघि नै दुई पटक बिहे भैसकेको छ । तर दुबै घर बिग्रिएको थियो ।
साभार : अनलाईन खबर
Home »
Crime
,
Entertainment
,
Society
,
Weired
» निशासँग शंकरको दोश्रो बिहे, सुनार गर्भवती भएपछि बल्ल खुल्यो राज
निशासँग शंकरको दोश्रो बिहे, सुनार गर्भवती भएपछि बल्ल खुल्यो राज
Labels:
Crime,
Entertainment,
Society,
Weired
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !