CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » नेपालीको विश्वव्यापी संस्था "इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स" को स्थापना ।

नेपालीको विश्वव्यापी संस्था "इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स" को स्थापना ।


 ०२ फेब्रुअरी, न्युयोर्क, अमेरीका - विभिन्न अवसरको खोजीमा नेपालीहरू विगत केहि वर्ष यता विश्वका सबैजसो देशसम्म पुगिसकेका छन् । उनीहरूले आफ्नो लक्षका साथ-साथै जन्मभूमी र कर्मभूमीमा सामाजिक काम गरेका छन् । यस्ता सामाजिक कार्यहरूबाट पहिचान समेत बनाएका छन् । सामाजिक कार्यहरू मध्येको एउटा निकै प्रतिष्ठित कार्य हो,
रक्तदान । नेपाली भएका १६ वटा देशमा त आफ्नो शरिरको अमुल्य रगत नै दिएर मानवीय सेवा गरिरहेका छन् । तर अहिलेका मितिसम्म नेपालीको विश्वव्यापी रक्तदान आ-आफ्नै ढंगमा भएको छ । यो नियमित रक्तदान गर्न, गराउन, सहयोग तथा उत्प्रेरणा गर्ने उद्देश्यले नेपाली रक्तदाताहरूको संस्था "इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स" को विधिवत स्थापना भएको छ । जसको नवगठीत अन्तरिम समितिमा अध्यक्ष - अर्जुनप्रसाद मैनाली (अमेरिका), वरिष्ठ उपाध्यक्ष - अजय सत्याल (अमेरिका), उपाध्यक्ष - गोविन्दसिंह रावत (क्यानाडा), उपाध्यक्ष - सिता सापकोटा (बेल्जियम), महासचिब - मिलन शर्मा (बेलायत), सचिव - सरोज कार्की (नेपाल), कोषाध्यक्ष - बिनोद भट्टराई (कतार), र सदस्यहरुमा बिनोदप्रसाद मैनाली (अष्ट्रेलिया), राहुल रेग्मी (भारत), उत्तम अधिकारी (युएइ), जीवनाथ पंगेनी (युगान्डा), प्रशान्त उप्रेती (फ्रान्स), सुजन पंडित (ओमान), डम्बरप्रसाद रिमाल (कुवेत), राज गौतम (पोर्चुगल), राजेन्द्र बजगाईं (जर्मनी), प्रकाश सापकोटा (आयरल्याण्ड), सौगात गुरुङ (जापान) र कर्णबहादुर अधिकारि (मकाउ) रहेका छन् । संस्थाले स्थापना सँगै आगामी एक वर्षको कार्यक्रम पनि जारि गरेको छ । प्रवासमा रक्तदानलाई नियमितता दिनु र नेपालमा रक्तदान उत्प्रेरणा कार्यक्रम संचालन गर्ने, नेपालमा रक्तदाताहरूलाई प्रोत्साहन र उत्प्रेरणा गराउन ४ जनालाई दामासाहीले रू. एक लाखको नगद पुरस्कारको व्यवस्था गर्ने, नेपाल रेडक्रस रक्त सञ्चार सेवा सँग समन्वय गरि वि.सं. २०७१ सालको वैशाख १ गतेदेखि चैत्र मसान्त सम्म रक्तदान गर्नेहरू बाट चयन गरि उक्त पुरस्कारले सम्मान गरिने, नेपालमा थप ५ हजार रक्तदाता वृद्धि गर्नका लागि क्रमवद्ध तरिकाले काठमाडौं उपत्यकाका करिब एक हजार स्कूल, कार्यालय, संघ-संस्थामा गई सानै परिमाणमा भए पनि रक्तदान कार्यक्रम गर्न प्रेरित गर्ने लक्ष र नीति लिएको छ । उपरोक्त कार्यक्रमका लागि संस्थाले रू. दश लाख ५ हजारको बजेट पारित गरेको छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis