लामो समयदेखि थाइल्यान्डमा बसिरहेका पूर्व युवराज पारस शाहलाई आफ्नो उपाधि
गुमेकोमा कुनै दु:ख छैन। हिमालय टिभीसँगको कुराकानीमा उनले भने, म
पहिलेदेखि यस्तै मान्छे हुँ। मलाई फ्री लाइफ नै मन पर्छ। म खुशी छु।
“म त्यो ठाउँमा बस्न भनी जन्म्या पनि हैन, म पहिलेदेखि नै यस्तै छु,
मान्छे यस्तै हो म। त्यो त दरबार हत्याकान्डपछिको परिस्थितिका कारण भएको
हो,” युवराज पदप्रति उनले आफ्नो धारणा बताए।
बुबा,आमा, पत्नी र छोराछोरीलाई त्यागेर एक्लै प्रेमिकासँग थाइल्यान्डमा
बसिरहेका पारस अन्तर्वार्ताको भिडियोमा फिट एन्ड फाइन देखिएका छन्। पोहोर
उनी मृत्युशैय्याबाट फर्केका थिए। यसमा नेपालीहरुको प्रार्थनाको हात रहेको
भन्न छुटाएनन् उनले।
थाइल्यान्डमा नेपालीहरु भेट्दा वा नेपाली क्रिकेट टिम खेल्न आउँदा उनी भेट्न जाँदा रहेछन्।
‘मलाई यस्तै लाइफ ठीक छ, एज अ फ्रि म्यान- यही लाइफ ठीक छ जस्तो लाग्छ,’ पारस भन्छन्।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !