CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » राष्ट्रिय शारीरिक सुगठनमा शनिबार काठमाडौंको वर्चस्व (with photo feature)

राष्ट्रिय शारीरिक सुगठनमा शनिबार काठमाडौंको वर्चस्व (with photo feature)

१० फागुन, काठमाडौं । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत चौधौं राष्ट्रिय शारीरिक सुगठनमा शनिबार काठमाडौंको वर्चस्व रह्यो । सात स्पर्धामा समावेश प्रतियोगितामा काठमाडौंले सर्वाधिक ४ स्वर्ण जित्यो । भक्तपुर, सुनसरी र काभ्रेपलान्चोकले एक-एक स्वर्ण बाँडे ।

नेपालगन्जस्थित कभर्डहलमा भएको ५५ केजीमा
भक्तपुरका सुरेश दुवाल पहिलो, काठमाडौंका रवि महर्जन दोश्रो र रुपन्देहीका प्रदीपकुमार कर्माचार्य तेश्रो भए । सन् २०१२ मा चीनको ग्वान्झावमा भएको एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता काठमाडौं पुजन तामाङले ६० केजीमा स्वर्ण चुमे । रुपन्देहीका कृष्णप्रसाद श्रेष्ठले रजत र कास्कीका कमल भण्डारीले कांस्य प्राप्त गरे ।

पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेलेका काठमाडौंका सचित प्रधानले ६५ केजीमा शीर्ष स्थान हात पारे । सचित दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको तीन फरक संस्करणका स्वर्णधारी हुन् । भक्तपुरका रामकृष्ण तमाखु दोश्रो र बाँकेका इशा अली सिद्धिकी तेश्रो भए ।

प्रतियोगिताको ७० केजीमा काठमाडौंका ज्ञाननारायण महर्जन अगाडि रहे । मोरङका इन्द्र सापकोटा दोश्रो र रुपन्देहीका मनोज अग्रवाल तेश्रो बने ।

काठमाडौंका महेश्वर महर्जन ७५ केजीमा विजेता बने । बाँकेका दिपेन्द्र भण्डारी दोश्रो र बर्दियाका खगेन्द्रप्रसाद धमला तेश्रो स्थानमा रहे । ८० केजीमा तोर्णबहादुर भुजेल -पारस) ले सुनसरीलाई स्वर्ण दिलाए । काठमाडौंका किरण श्रेष्ठ दोश्रो तथा ललितपुरका पुजन महर्जन तेश्रो भए । ८० केजीमाथि काभ्रेपलान्चोकका सरोज मानन्धर पहिलो, बर्दियाका लालबहादुर परियार दोश्रो र ललिपुरका जय महर्जन तेश्रो भए ।

दुईदिने प्रतियोगितामा नेपाल आर्मी क्लब र विभिन्न २५ जिल्लाका ७१ पुरुष खेलाडी ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पहिलो दिन पि्र-जजिङ राउन्ड भएको थियो । त्यसबाट प्रत्येक तौलसमूहबाट ५-५ खेलाडी फाइनल चरणलाई छनोट भएका थिए ।
Source : online khabar



























Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis