अघिल्लो साता मलाई मेरो ब्याङ्क स्टेटमेन्ट आवश्यक पर्यो। त्यसका लागि म नबिल बैंकको कुलेश्वर शाखा पुगेँ।
त्यहाँ बुझ्दा छ महिनासम्मको स्टेटमेन्ट फ्रिमा पाइने रहेछ। त्यो भन्दा बढीको लियो भने शुल्क तिर्नुपर्ने रे। मलाई ११ महिनाको चाहिएको थियो। ११ महिनाको निकाल्दा छ पेज भयो। छ सय रुपियाँ
तिर्नुस् रे। प्रति पेज सय रुपियाँ!
मैले सोधेँ किन यस्तो?
शाखा म्यानेजर त ‘पहिला २५० प्रति पेज चार्ज लाग्थ्यो, अहिले झन सस्तो भएको’ पो भन्छ बा!
शाखा म्यानेजर त ‘पहिला २५० प्रति पेज चार्ज लाग्थ्यो, अहिले झन सस्तो भएको’ पो भन्छ बा!
म त छ्क्कै परेँ।
यो लुट होइन?
अरु प्रत्येक दिनकै ४०-५० पटक कारोबर हुनेहरुको त झन् ११ महिनाको स्टेटमेन्ट लियो भने १०० पेज पनि हुन सक्छ। अनि बैंकले १० हजार चार्ज लिने भयो।
हो, ब्याङ्कले कागज र प्रिन्टरको टोनरको लागत रकम लिँदा हुन्छ। तर एक पेजको १०० रुपियाँ भनेको त अति भएन र ?
अझ एक वर्षभन्दा माथिको निकाल्दा त झन् प्रति पेज १५० रुपियाँ पो लाग्ने रैछ।
यो त संस्थागत लुट नै होइन??? प्लिज यो कुरा जनतामाझ पुर्याइदिनुस्।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !