CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » कलेज पढ्ने एक युवतीसँग परिचय भएको एक सातामै शारीरिक सम्पर्क नै भयो। सम्बन्धमा यौनको कस्तो भूमिका हुन्छ?

कलेज पढ्ने एक युवतीसँग परिचय भएको एक सातामै शारीरिक सम्पर्क नै भयो। सम्बन्धमा यौनको कस्तो भूमिका हुन्छ?

म २२ वर्षीय युवा हुँ। कलेज पढ्ने एक युवतीसँग परिचय भएको एक सातामै यति नजिक भइयो कि उनीसँग शारीरिक सम्पर्क नै भयो। सम्पर्कपछि उनलाई केही पश्चाताप भएको मैले महसुस गरेको छु। हामीले पछि पनि सँगै जीवन बिताउने प्रतिबद्धता साटासाट गरेका थियौं। उनी भने विस्तारै टाढिएकी छिन्।  मसँगको यौनसम्पर्कले अप्ठेरो परेजस्तो लागेको छ।  त्यसपछिका दिनमा उनी यौन सम्पर्कप्रति उत्साहित देखिन्नन्। एकान्त वातावरण र टाढाको यात्रामा निस्कन
चाहन्नन्। यसले यौनसम्पर्कका लागि उपयुक्त वातावरण बनाउने थियो भन्ने मलाई लाग्छ। यही कुरा बुझेर मेरो त्यस्तो प्रस्ताव इन्कार गरेजस्तो लाग्छ। म उनीप्रति असाध्यै आकषिर्त छु र उनलाई जीवनसाथी बनाउन चाहन्छु। मलाई अहिले छिटो यौनसम्पर्कमा पुगेकाले उनले मप्रति शंका अथवा अविश्वास गरेको हो कि जस्तो लाग्छ। यसको कारण के होला,  भावनात्मक सम्बन्धमा यौनको कस्तो भूमिका हुन्छ?  

बी.

तपाईहरू दुवै जना कलेज अध्ययन गर्ने युवा हुनुहुँदो रहेछ। यस्तो बेलामा विपरीत लिङ्गीप्रति आकषिर्त हुनु स्वाभाविक हो। तैपनि दुवै जनाले अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था छ। यो प्रेममा पर्ने उमेर पनि हो। जीवनलाई सफल बनाउन केही सम्झौता गर्नुपर्ने हुन्छ। त्यसैले तपाईंहरूले प्रेमलाईभन्दा अध्ययनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने हुन्छ। 

तपाईंहरू प्रेममा पनि अघि बढिसक्नुभएको र यौनसम्पर्क पनि भैसकेको अवस्थामा हुनुहुन्छ। त्यति मात्र होइन, तपाईंहरूलाई कतै नजिक हुनासाथ यौनसम्पर्कमै पुगिहालियो, यसले अध्ययनमा वा समाजमा वा परिवारमा असर पार्ला कि भन्ने चिन्ता पनि परेको देखिन्छ भने निजी जीवनमा वा प्रेममा अप्ठेरो स्थिति आउला कि भन्ने चिन्ता पनि उत्तिकै देखिन्छ। भेट हुनासाथ यौनसम्पर्कमा पुगिहालेकाले तपाइर्ंकी प्रेमीकालाई केही आत्मग्लानि भएको हुनसक्छ। त्यो कुरा तपाईंले संकेतका रूपमा पाउनुभएको छ र त्यसले तपाईंलाई छटपटी गराएको छ। हुनतः यो उमेर यसरी छटपटाउने खालको पनि हो। तुरुन्तै यौनसम्पर्क भैहालेकाले पनि छटपटाहट बढेको हुनसक्छ। युवतीलाई आफूले बचाएर राखेको भर्जिननेस तोडिएकोमा केही पश्चाताप पनि हुनसक्छ। तपाईंहरूको छटपटाहटमा यस्ता थुप्रै पक्षको भूमिका छ।

पहिलेका अध्ययनहरूले देखाएअनुसार पहिलो डेटिङमै पनि यौन सम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालीन सम्बन्धमा खासै असर पर्दैन। पछिल्लो समय बिर्घमयङ विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार पहिलो डेटिङ्गमै यौनसम्पर्क भैहालेमा त्यसले जोडीको दीर्घकालीन गुणस्तरीय सम्बन्धमा असर पर्छ। उक्त अध्ययन १० हजार जनामा गरिएको थियो र उनीहरूमध्ये ४७ दशमलव ९ प्रतिशतले चिनजान भएको केही लामो समयपछि हुने यौनसम्पर्कले यौनको आनन्द र जोडीको गुणस्तरीय जीवनमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्। त्यस्तै ३५ दशमलव ५ प्रतिशतले पहिलो डेटिङमै यौनसम्पर्क हुँदा पनि राम्रो नै हुने प्रतिक्रिया दिएका छन्। बाँकी प्रतिक्रिया नगन्य छन्। अनुसन्धानकर्ताहरूले पहिलो डेटिङमै यौनसम्पर्क हुनासाथ सम्बन्ध नै बिग्रने कुरा गरेका छैनन्। उनीहरूको भनाइमा गुणस्तरीय यौनसम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटक-पटकको डेटिङपछि मात्र यौनसम्पर्क हुनु राम्रो हुन्छ। मनोवैज्ञानिक हिसाबले हेर्दा जसरी तपाईंहरू अघि बढ्नुभयो, त्यसरी नै तपाईंहरूकाबीच केही असहज वातावरण बने जस्तो देखिन्छ र त्यसको असरले तनावमा धकेलेको देखिन्छ। यसलाई राम्रो मान्न सकिँदैन। एउटा कौतूहल शान्त पार्ने क्रममा अझ थप छटपटी उत्पन्न भएको छ। पढ्नुपर्ने बेलामा अनेक छटपटी भएको छ। हरेक कुरा स्वाभाविक ढंगले अघि बढेको खण्डमा त्यसले राम्रो नतिजा दिन्छ। एक-अर्कालाई बुझ्न, आफ्नो संस्कृति एवं नियम कानुनले दिने अनुमति, पारिवारिक स्वीकृतिजस्ता पक्षहरूलाई सहज बनाउन केही समय लाग्छ। एक-अर्कालाई बुझ्ने, यौनसम्पर्कका सकारात्मक नकारात्मक पाटाको अध्ययन विश्लेषण गर्ने, भविष्यको के कस्तो योजना बनाउन लागिएको हो, स्पष्ट हुने, जीवनका उच्च प्राथमिकता एवं न्यून प्राथमिकताहरूका बारेमा राम्रोसँग थाहा पाउने र आपसमा सञ्चार गर्नाले अझ सामिप्यता बढ्छ, प्रेम सम्बन्ध घनिभुत हुन्छ। यसले बिभिन्न शंका-उपशंकाहरू पैदा गर्दैन र मानसिक असर पनि नकारात्मक हुँदैन। यसले पछिको गुणस्तरीय जीवनलाई पनि सहयोग नै गर्छ। प्रेमीलाई पहिलो यौन सम्पर्कले कति असर गरेको छ भन्ने थाहै नपाइ तपाईं बढी छटपटिनु भएको हुनसक्छ। यसका लागि तपाईंले उनीसँग राम्रोसँग सोध्ने र पछिका दिनहरूमा सहमतिमा अघि बढ्न सकिने कुरा बताउनुपर्छ अर्थात्  आफ्नी प्रेमीकाको प्रतिक्रिया के छ भन्ने स्पष्टरूपमा थाहा पाउनुहोस्। समाधान त्यही निस्कन सक्छ। उनलाई नराम्रो असर परेको छ भने पनि आपसी छलफल गरेर दिल खुलस्त पार्न सकिन्छ। यसले दुवैलाई थप नजिक ल्याउन मदत पुग्छ।


साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis