CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » डा. चित्रप्रसाद वाग्लेको निधन भएको ८ महिना पुग्दा पनि परिवारले पेन्सन पाएनन् : पेन्सनको लागि मन्त्रालय धाँउदा धाँउदै परीवारजन हैरान

डा. चित्रप्रसाद वाग्लेको निधन भएको ८ महिना पुग्दा पनि परिवारले पेन्सन पाएनन् : पेन्सनको लागि मन्त्रालय धाँउदा धाँउदै परीवारजन हैरान

wagle2‘एउटा शारिरिक र मानसिक दुवै रुपले अपाङ्गता भएको बालक स्याहारेर बस्न कति गाह्रो र दु:खदायी हुन्छ त्यो मैले भोगेकी छु । बावु हरेक दिन राती राती बेहोस हुन्छ मलाई सान्त्वना दिने र बावुलाई अस्पताल लान सहयोग गर्ने समेत कोही हुन्न । पहिले पो श्रीमान आफै डाक्टर हुनुहुन्थ्यो इन्जेक्शन लगाउने, औषधी खुवाउने आफै गर्नु हुन्थ्यो । अहिले त यिं साना नानी बाहेक कोही छैन म यतिकै आतिन्छु । पहिलो बच्चा नै अपाङ्ग जन्मेपछि त मेरो सपना त त्यतिकै पनि चक्नाचुर भयो । त्यसमा पनि आफुलाई माया
गर्ने श्रीमानले पनि आधी बाटो नपुग्दै छाडेर जाँदाको पिडा त खै म कसरि बताउँ ! दुख र बेदनाका पलहरु सम्झदँदा कहिले काँही त आत्महत्या गरु जस्तो पनि लाग्छ ! फेरी वहाँले छाडेर जानु भएको जीम्मेवारी पुरा गर्नु छ, भनेर साना नानीहरुको मुख हेरेर आफुलाई चित्त बुझाउँछु !’ – पूजा (स्व डा. वाग्लेकी श्रीमती)
हुनसक्छ आज डाक्टर चित्रप्रसाद वाग्लेलाई नेपाली समाजले बिर्सी पनि सक्यो होला । मलाइ भने ति कलिला अवोध बालिकाहरु र अपाङ्ग बच्चाको यादले डाक्टर वाग्लेको निवास सम्म पुरायो । मैले उनको परिवार र छोराछोरी लाई भेटेर आएपछि झनै पिडाको महशुश गर्न पगे । यो सामग्री तयार गरुन्जेल सम्म पनि मेरा हातहरु थर्रर काँप्दैछन् । अपरिचित व्यक्तिसंग समेत नजिक आउने माया गर्न र माया पाउन जानेकी उहाँकी कान्छी छोरी र उनका अन्य केटाकेटी देखेर मन यती धेरै भक्कानिएको छ, त्यसको कुनै बयान गरेर साध्य छैन । डा.वाग्लेलाई सास फाल्न कति पिडा भयो होला भन्ने कुराको अनुभुति गरेको थिए आज मैले ।
दुर्गममा बसेर गरिब नेपालीको उपचार गर्दा-गदै वर्षौ देखी आफैलाई एपेन्डिक्सको क्यान्सर हुँदा समेत पत्तो पाएनन् डा. वाग्लेले । उनी भौतीक रुपले सन्सारबाट बिदा भएको पनि आठ महिना बितिसकेको छ । केही दिन अघि ३ महिना पहिलेको उनकी कान्छी छोरी आरुशिको जन्मदिनको अवसरमा खीचिएका केही तस्विर एक्कासी उनको फेशबुकको वालमा देखापर्यो । जसमा लेखिएको थियो– ‘यिनीहरुको बर्थडेमा सामेल हुन पाउने अन्तिम होला ।’ उनको मृत्यु अघि क्यामेरामा कैद गरिएका यि तस्विरहरु भर्खरै अपलोड भएका रहेनछन् । ति तस्विरहरु एक्कासी अपलोड हुँदा डा.वाग्लेको फ्रेन्डलिस्टमा रहेका सबैको मन छोयो । उनको फेसबुकलाई श्रीमती पूजाले जीबन्त बनाएर राखेकी छिन् ।
त्यहाँ पुग्दाको दृश्य थियो; अपाङ्ग छोरालाई तीनजना भएर समाएर खान खुवाउँदै गरेको । दृश्य कारुणिक थियो । श्रीमानको मृत्युको झन्डै आठ महिना बितिसक्दा पनि डाक्टर वाग्लेको श्रीमती पूजाको आँखाबाट आशु सुकेको थिएन । एकातिर श्रीमानको वियोगको पीडा त छँदैछ अर्कोतिर अपाङ्ग सन्तान र ति कलिला बालबालीकाको भविश्यको चिन्ताले व्याकुल देखिन्थिन् उनी । श्रीमानको पेन्सनको लागि स्वास्थ्य मन्त्रालायमा निवदन दिएकी पनि साढे तीन महिना भइसक्यो तर सरकारले डा वाग्ले एचए पदमा रहेर काम गरेको समयावधिको लागि छुट्टै क्याविनेट डिसीजन गरेर मात्र पेन्सन दिन सक्ने बताएर अड्काएको छ । तर प्रोसेस कहाँ पुगेको छ भन्ने कुरा उनलाई केही जानकारी उपलब्ध छैन । मन्त्रालय धाउँदा-धाउँदा वाक्क भएकी पूजा भन्छिन् -’एचए भएर काम गर्दाको अवधि समेत जोड्दा पेन्सन दिन मिल्छ भन्छन् । तर खै कसले गरिदिने हाम्रो काम ? हाम्रो त सोर्स फोर्स पनि केही छैन ।’ उन्ले टोलाउँदै भनिन् – ‘आज गयो भोली, भोली गयो पर्सी, हुँदैछ-हुदैछ भन्न छाड्दैनन, काम भने कहिले पनि गर्दैनन् ।’
पूजाले वाक्क मान्दै भनीन् – ‘बरु पाउँदै-पाउँदैन भनेको भए अर्कैै केही सुर गरिन्थ्यो कि ! यस्तै आश्वासन आश्वासनका बिच हामिले डा.साहेवलाइ गुमाउनु पर्यो ।’
wagle 1
डा. वाग्लेका छोराछोरी
पुराना कुराले आँखा टिल्पिल पार्दै उनी भन्छिन्न – ‘बावुराम भट्टराईको सरकारले वहाँको उपचारको सबै खर्च व्यहोर्ने भनेर भन्दा एकपटक वहाँ कति खुशी हुनु भएको थियो । म त्यो क्षण म जीवनमा कहिल्यै बिर्सन सक्दिन । तर विडम्वना पछि गएर त्यो सब त आश्वासन मात्र रहेछ हाम्रो परिवारको खुशी निराशामा बदलियो ।’
डा. वाग्लेको उपाचारमा राज्यले उदासिनता देखायो कुरा त सारा जनतालाई थाहा छ । तर पनि मृत्यु पश्चात पनि सरकारले केहि सहयोग भयो त ? भन्ने जिज्ञासा राख्दा उनी भन्छिन् ‘मृत्यु पश्चात पनि के सहयोग भयो भन्ने खै । खासै सहयोग भृएको छैन । सरकारको तर्फबाट जम्मा दश लाख सहयोग भएको हो १ करोड भन्दा बढी त खर्च नै भएको थियो । थप उपचार गर्न आर्थिक अभावकै कारण वहाको निधन भएको कुरा जग जाहेर नै छ । विभिन्न संघ-संस्था, सहयोगी र शुभेच्छुकहरुले सरकारको भन्दा कयौं गुणा बढी रकम जुटाइदिएका थिए । त्यतिको उपचार सम्भव भएको पनि तिनै शुभेच्छुकको पैसा र आफ्नै सम्पति बेचेर जम्मा गरेको पैसाले हो ।’
सरकारको उदासिनता देखेर दिक्क मान्दै उनी भन्छिन् – ‘यो देशमा राजनीति गर्ने नेताहरुलाई जति करोड लागेपनि उपचारको लागी कतै हार गुहार गर्न पदैन । तपाईंले देखिरहनु भएको छ सबै, नेताहरु राज्यको ढुकुटी झिक्दै उपचारका लागि बिदेश धाइरहेकाछन् । उनिहरुले त कही कतै गुहार्नु पनि नपर्ने रहेछ । मलाई यो सब देख्दा त डा. साहेबले पनि बरु राजनिति गरेको भए हन्थो जस्तो लाग्छ । जनताहरुले वहाँप्रति देखाएको माया र साहानभुति देख्दा भने ठिकै गर्नु भएको जस्तो लाग्छ । वहालाई त तिन महिनाको टाइममात्र दिएको रहेछ आफ्नो आत्मबलको कारण झण्डै रोग पत्ता लागेको डेढ वर्षसम्म बाँच्नु भयो । तैपनि मैले यो कुरा पछि मात्र थाहा पाए । म भने कति अन्जान रहेछु ! केही हुँदैन आत्तिनु पर्देन भनेर वहाँलाई सान्त्वनाका शब्दहरु दिन्थे । कति पोल्दथ्यो होला वहाँलाई ति सान्त्वनाका शव्दहरुले ! अहिले सम्झदा पनि मन भक्कानिएर आँउछ ।’
उनी अगाडि भन्छीन् – ‘बाबु १३ वर्षको, जेठी नानी १० र कान्छी ६ वर्षकी भइन् बाबु अपाङ्ग छ, बालुवाटारमा डीसेवल सेन्टरमा जान्छ । नानीहरु चाँही नजिकैको त्रियोग स्कुलमा कक्षा ५ र १ मा पढछन् । खाना खवाउन ३/३ जना मान्छेले समातेर मात्र खुवाउन सकेको तपाईल नै देख्नु भयो । दिसा पिसाव लाग्यो, भोक लाग्यो भनेर सम्म भन्न नसक्ने मेरो अवोध अपाङ्ग-बालकलाई एक्लै छाडेर काम गर्न जाउँ भने पनि कसरी जाउँ !’ पूजाले सलले आँशु पुछ्दै रुदै भनिन् – एउटा ‘शारिरिक र मानसिक दुवै रुपले अपाङ्गता भएको बालकलाई स्याहारेर बस्न कति गाह्रो र दु:खदायी हुन्छ त्यो मैले भोगेकी छु । बावु हरेक दिन राती राती बेहोस हुन्छ मलाइ सान्त्वना दिने र बावुलाइ अस्पताल लान सहयोग गर्ने समेत कोहि हुन्न । पहिले पहिले पो श्रीमान आफै डाक्टर हुनुहुन्थ्यो इन्जेक्शन लगाउने ,औषधी खुवाउने आफै गर्नु हुन्थ्यो अहिले त यि साना नानी बाहेक कोहि छैन म यतिकै आतिन्छु । पहिलो बच्चा नै अपाङ्ग जन्मेपछि त मेरो सपना त त्यतिकै पनि चक्नाचुर भयो । त्यसमा पनि आफुलाइ माया गर्ने श्रीमानले पनि आधी बाटो पनि नपुग्दै छाडेर जादाको पिडा त खै म कसरि बताउँ । दुख र बेदनाका पलहरु सम्झदा कहिले काहि त आत्महत्या गरु जस्तो पनि लाग्छ । फेरी वहाँले छाडेर जानु भएको जीम्मेवारी पुरा गर्नु छ भनेर साना नानीहरुको मुख हेरेर चित्त बुझाउछु ।’
wagle
सहयोगको अपिल गर्दै डा.वाग्लेले पत्रिकामा लेख्नु भएको अनुरोध
‘जहिले पनि वहाँको याद आइरहन्छ असंख्य पिडा हुन्छ अनि रुदा रुदै कहिलेकाहि त कतिखेर बेहोश हुन्छु थाहै हुदो रहेनछ । पिडालाइ कम गर्ने क्रममा हिजोआज डायरी लेख्दैछु । वहा सँगको पहिलो भेट देखि लिएर जीवनका अविश्मरणीय सुखद र दुखद क्षणहरुलाइ कितावमा उतार्ने बिचार लिएको छु । आफुले मन पराएर जुनी जुनी काटौला भनेको मान्छे संग मात्र १४ बर्षे छोटो पलहरु बिताउन पाए तिनै पलहरुको यादमा जीवन बिताउने कोशिष गर्दैछु । फुर्सद भयो र समयले साथ दियो भने वहाको इच्छा अनुसार समाजसेवा गर्न ईच्छा पनि मनमा जागृत हुदैछ । मेरो श्रीमानले जसरी विना स्वार्थ समाजसेवा गर्नु भएको थियो तिनै पाइलाहरुलाई पछ्याएर उहाको सपना साकार पार्न इच्छा छ । श्रीमानको अन्तिम ईच्छा पुरा गर्दै उहाँले नै देखाएको बाटोमा लाग्नु मेरो अन्तिम इच्छा हो । यसैले मात्र मेरो पिडा र चोटमा मलम लगाउछ यो वाहेक म संग अरु केही विकल्प पनि त छैन ।’
तपाईंलाई सहयोग गर्ने कोहि त होलान नि ? हाम्रो जिज्ञासामा उनी बताउँछिन् – ‘छन त छन बा-आमा र परिबारका अरु सदस्य पनि छन । तर पनि आफ्नो घरमुली नै नभएपछि कतिन्जेल अरुले सहयोग गर्न सक्छन । सबैका आ आफ्ना व्यवहार हुन्छन । फेरि तपाईंलाई थाहै छ यो दुनिया नै स्वार्थी छ भनेर । सबै बलेको आगो ताप्ने न हुन्, निभेको आगो कसले ताप्छ र !
डा वाग्लेको मृत्युपछि छोरीहरुलाई दिन लेखेको पत्र (सम्पादित अंश) :
तिमिहरु असल वन्नु, दुखि गरिवको सेवा गर्नु । त्यसले तिनिहरुलाई आत्म सन्तुष्टिको जिन्दगी दिन्छ । नानी हो उमेरले तिमिहरुको दाई भए पनि उसले सबैको सहारा लिनुपर्ने जिन्दगी पाएको छ उसलाई भाई सरह माया गर्नु । छोरीहरु माया तौलेर गन्न सकिदो रहेनछ तिमिहरुलाई म धेरै माया गर्छु । एउटै कुरा तिमिहरुलाई राम्रो गार्जनशिप दिएर यो देशको शुशिल र सभ्य नागरिक वनाउने ईच्छा तिमिहरुले आफैले पुरा गरौला । भविष्यमा डाक्टर ईन्जिनियर जे बनेपनि तिमिहरु राम्रो मान्छे बन । मेरो इच्छा सुन्छौ भने तिमिहरु शिक्षक वन्दा राम्रो । आज मेरो आफ्नो वा तिमिहरुको आमाको भन्दा पनि बढि तिमिहरुको भविष्यको चिन्ता छ । जीवनमा हरेक मोडमा सहपाठी वन्नु ,सहयोगी वन्नु, घमण्डी कहिल्यै नवन्नु यसमा मात्र तिमिहरुले जीवनको अर्थ पनि सिक्नेछौ यो मेरो अन्तर इच्छा हो ।
————————————————————-
Dr wagle
डा. वाग्लेले आफ्नो छोरीहरुलाई लेखेको चिट्ठी
नेपाल स्वास्थ्य ऐन २०५३ को दफा ४४ ले के भन्छ ?
४४. असमर्थ कर्मचारीको सम्बन्धमा विशेष व्यवस्था : कुनै कर्मचारी शारीरिक वा मानसिक रोगको कारणबाट नियमित रुपमा सेवा गर्न असमर्थ छ भनी नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट प्रमाणित भई आएमा नेपाल सरकारले निजलाई निजको सेवा अवधिमा बढीमा सात वर्ष सेवा अवधि थप गरी अवकाश दिन सक्नेछ ।
————————————————————-
letter
डा. वाग्लेका पत्नी पुजाले पेन्सन माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखेको चिठ्ठी
यस् बिषयमा  श्वास्थ्य मन्त्रालयका एक जिम्मेवार कर्मचारीसंग फोन सम्पर्क गरेर पेन्सनको बारेमा बुझ्दा वहाले फाइल कानुन शाखामा वा आर्थिकमा कहाँ अड्किएको हो आफुलाई थाहा छैन भनेर पन्छिनु भयो । सरकारले ति कलिला बालबालिकाको भविश्यको लागि डा.शर्माको परिवारलाई वहाले पाउने पेन्सिन उपलब्ध गराउनु पर्दछ । स्वास्थ्य ऐन र सरकारी निर्णयले यस्ता समाजसेवी डाक्टरको पेन्सन दिने कार्य गरेमा मात्र वाग्लेको आत्माले शान्ति पाउँछ । अन्यथा यो देशमा राज्यले हेला गरेको यस्तै समाजसेवीहरुको आत्मालाई रुहाउदै जाने हो भने देशको भलो हुने संकेत देखिदैन । यसतर्फ जिम्मेवार निकायको गम्भिर ध्यानाकर्षण होस् ।

साभार : चन्द्रसूर्य डटकम
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis