CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एडिएसएलको महसुल तिर्न अब काउन्टरै धाउनु पर्ने

एडिएसएलको महसुल तिर्न अब काउन्टरै धाउनु पर्ने

mainphotoकाठमाडौँ : नेपाल टेलिकमको एडिएसएल इन्टरनेटका उपभोक्ताहरुले महसुल तिर्न अब सम्बन्धित काउन्टरमा नै धाउनु पर्ने भएको छ। 
यसअघि रिचार्ज कार्ड र एमपिओएस पिनलेस रिचार्जबाट
पनि महसुल तिर्न सकिनेमा साउन ३१ देखि दुवै विकल्प बन्द गरिएको छ।

टेलिकमले एक सूचना प्रकाशित गरी प्राविधिक समस्या जनाउँदै सेवा बन्द गरिएको जनाएको हो। यसले अब महसुल तिर्न काउन्टरमा नै लाइन लाग्न उपभोक्ता बाध्य हुनेछन्।

अवरुद्ध सेवा कहिलेसम्म सुचारु हुने भन्ने बारे टेलिकमले केही पनि बताएको छैन।

टेलिकमले ६ वर्षअघि सुरु गरेको एडिएसएल इन्टरनेट सेवा सस्तो भएका कारण देशभर लोकप्रिय भएको थियो। तर वैशाख १७, २०६५ देखि सुरु भएको यो सेवाको सिस्टम अपग्रेड हुन नसक्दा धेरै समस्या उपभोक्ताहरुले भोग्नु परिरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले साउन महिनामा जारी गरेको एमआइएस प्रतिवेदन अनुसार देशभर एडिएसएलका ग्राहकको संख्या एक लाख २८ हजार २१ जना छन्।

 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis