CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » नांगो पोस्टरका कारण अमिर खानविरुद्ध मुद्दा

नांगो पोस्टरका कारण अमिर खानविरुद्ध मुद्दा

मुम्बई– बलिउड अभिनेता अमिर खान नयाँ फिल्म 'पिके' लिएर आउँदैछन्। भर्खरै यो फिल्मको पोस्टर सार्वजनिक गरिएको छ। तर पोस्टरलाई लिएर उनी विवादमा तानिएका छन्। 
सो पोष्टरले अश्लीलता फैलाएको दाबीसहित उनीविरुद्ध कानपुरको अदालतमा निवेदन दर्ता भएको छ। पोस्टर छाप्ने पत्रिकासमेतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा अगस्ट ७ तारिखका दिन सुनुवाई तोकिएको छ। अमिर खान नग्न अवस्थामा देखिने यो पोस्टरले यौनहिंसा र अश्लीलतालाई बढावा दिएको दाबी निवेदनमा छ। फिल्मको पोस्टरमा रेलको लिगमा अमिर खान निर्वस्त्र उभिएको देखिन्छ। शरीरको केही भाग उनले बोकेको एउटा 'क्यासेट प्लेयर'ले मात्र छोपेको छ।
साभार : नागरिक  
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis