CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » किन फेल हुन्छन् बालबालिका ?

किन फेल हुन्छन् बालबालिका ?

अमितको रिजल्ट निस्कियो। ऊ फेल भयो र रुन थाल्यो। आमाले पनि उसलाई नै गाली गरिरहेकी थिइन्। सधै घुमिरहन्छ, के पास हुञ्छ ? पढ्नु-लेख्नु छैन। अमित फेल हुनुमा उसको मात्र के दोष छ ? एकपटक गम्भीर भएर सोच्नुहोस्। ऊ फेल हुनुमा उसको मात्र दोष छैन। सुरुदेखि उसलाई पढ्ने वातावरण मिलाइएको भए ऊ राम्रो नम्बर ल्याएर उत्तीर्ण हुन्थ्यो।

हरेक आमाबाबु आफ्ना छोराछोरी ठूला भएर डाक्टर-इन्जिनियर अथवा
कुनै ठूलो मान्छे बनून् भन्ने चाहन्छन् तर इच्छा गरेर मात्र हुँदैन। त्यसका लागि धेरै कुरा आवश्यक हुन्छ। सुरुदेखि नै शिशुमा अध्ययनप्रति रुचि उत्पन्न गराउनुपर्छ। महापुरुषहरूका जीवनी तथा कविताहरूद्वारा उनीहरूको मनमा ठूलो मानिस बन्ने लोभ उत्पन्न गराउनुपर्छ। शिशुलाई पिटेर पढाउनु हुँदैन। पिटेर पढ्न त पढ्छन् तर शिशुको मन पढाइतिर जान सक्दैन। पिटाइ खाएपछि उनीहरू डराउँछन् र आफ्नो  पढाइमा भएका समस्याहरू भन्न सक्दैनन्। उनीहरूले विषयलाई सही तरिकाले बुझेका पनि हुँदैनन्। त्यसैले शिशुहरूलाई प्रेमपूर्वक पढाउनुपर्छ र उनीहरूको मनमा डर उत्पन्न हुन दिनुहुँदैन। शिशुलाई उसको साथीका रूपमा सम्झाउनुपर्छ जसले शिशुमा अपनत्वको भावना उत्पन्न हुन्छ र उसले तपाईं उसका कठिनाइहरूको समाधान चाहनुहुन्छ भन्ने महसुस गर्छ।

निम्न कुरामा ध्यान दिनुपर्छ

-    सधै आफूले मात्र नपढाउनुहोस्। उसलाई आफै पढ्न र बुझ्न दिनुहोस् ताकि पछि उसले हरेक प्रश्नको उत्तर दिन सक्ने क्षमता उत्पन्न गर्न सकोस्।

-    सधै पढ मात्र नभन्नुहोस्। किनभने त्यसले शिशुमा अध्ययनप्रति अरुचि उत्पन्न गर्नसक्छ।

-    शिशुलाई कहिल्यै तँभन्दा ऊ धेरै पढ्छ भन्नु हुँदैन। यसले उसमा हीन भावना उत्पन्न हुन्छ। शिशुमा मायाको भावना उपन्न गराउनुहोस्। तिमीले अझ बढी परिश्रम गर्‍यौ भने राम्रो नम्बर ल्याउन सक्छौ भनेर सम्झाउनु पर्छ।

-    घरमा पाहुना आएका बेला शिशुको अगाडि ऊ अध्ययनमा कमजोर भएको कुरा गर्नुहुँदैन। बरु शिशु पढ्नमा ठीक छ भन्यो भने उसमा राम्रो प्रभाव पर्छ। पढाइमा कमजोर भए पनि उसले त्यस्तो कुरा सुनेपछि आफू कमजोर भएको सबैले थाहा पाउलान् भन्ने डरले अझ राम्रोसँग पढ्ने प्रयास गर्छ।

-    कक्षाका पुस्तकहरूसँगै शिक्षाप्रद कथा एवं मनोरञ्जक पुस्तकहरू पढ्न दिनुपर्छ।

-    उनीहरूलाई खेल्न दिनुपर्छ। खेलले शरीर स्वस्थ हुन्छ र मस्तिष्क पनि ताजा रहन्छ।

-    मनोविज्ञहरूका अनुसार रुचिको पुस्तकले स्मृतिमा प्रभाव पार्छ। अत: विषय छनोट गर्दा आफ्नो इच्छाको विषयभन्दा शिशुको इच्छाको विषयलाई महत्वपूर्ण मान्नुपर्छ। उसलाई आफ्नो विषय आफै छान्न दिनुपर्छ। यसरी आफ्नो रुचिको विषय छान्न पाए उसले मन लगाएर पढ्छ र परीक्षामा राम्रो परिणाम हात पार्न सक्छ।
साभार : नारी 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis