CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » पप गायनका पिलर

पप गायनका पिलर

  • संगीतलाई पैसामा बदल्ने पुस्ताको गायनशैली


सन् '८० को उत्तरार्द्ध र '९० को सुरुआततिर काठमाडौँका युवामा एउटा लहर चलेको थियो, ब्यान्ड खोल्ने र अंग्रेजी गीत गाउने। जसले राम्रोसँग अंग्रेजी गीत गाउन सक्यो, त्यसैको चर्चा हुने समय थियो त्यो। अझ ठमेल र स्वयम्भूतिर त त्यस्ता ठिटा र ब्यान्डको जगजगी हुने नै भयो। अनि, संसारको पप-रक संगीतमा तहल्का मच्चाइरहेका माइकल ज्याक्सन, जोन लेनन, बब मार्ली, पिंक फ्लोयड, जेजे केलजस्ता हस्ती उनीहरूका आइडल थिए। त्यसैले ती विदेशी गायकको फरक स्वर, शब्द र गायनशैलीलाई पछ्याउँदै नेपाली भाषामा नेपालीपन मिसिएको गीत गाउने क्रम सुरु भयो। 


पप संगीतलाई त्यसबेला फरक पहिचान दिलाउन र आजको अवस्थासम्म ल्याइपुर्‍याउने पुस्ता अझै पनि उत्तिकै क्रियाशील छ। निमा रुम्बा, नवीन के भट्टराई र धीरज राई समकालीन पप संगीतका खम्बाहरू हुन्। अलि पछि उदाए पनि छोटो समयमै चर्चा कमाएका सुगम पोखरेल पनि यही पुस्ताको अग्रणी सूचीमा पर्छन्।

यसरी करबि डेढ दशकदेखि उत्तिकै सक्रिय र लोकप्रिय रहेका कारण निमादेखि सुगमसम्मको पुस्तालाई नेपाली पप संगीतको 'स्वणिर्म पुस्ता' मान्न थालिएको छ। यी चार गायकका सांगीतिक यात्रालाई नजिकबाट नियालिरहेका पप संगीतका जानकार अनिल स्थापितका अनुसार पप गीत गाएर लोकप्रिय हुन सकिन्छ भनेर प्रमाणित गर्ने पुस्ता यही हो। पप संगीतलाई मात्र होइन, समग्र संगीतकै व्यवसायीकरण गर्न पनि यो पुस्ताको महत्त्वपूर्ण भूमिका छ। स्थापित भन्छन्, "संगीतलाई पैसामा बदल्ने सामथ्र्य उनीहरूभन्दा अघिका कलाकारमा त्यति देखिएको थिएन।" चारै गायकको व्यस्तता र सम्पन्न जीवनशैलीबाट पनि स्थापितको भनाइ पुष्टि हुन्छ।

त्यसो त निमाको पुस्ता नै नेपाली पप संगीतको पहिलो पुस्ता होइन, दोस्रो हो। ओमविक्रम विष्ट, भीम तुलाधर, हरशि माथेमा, सुनील उप्रेती, सञ्जय श्रेष्ठ आदिलाई नेपालमा पप संगीत भित्र्याएको जस जान्छ। उनीहरू पनि आफ्नो जमानामा लोकप्रिय थिए तर कमजोर प्रविधि र सामाजिक चेतनास्तरका कारण पहिलो पुस्ताले पप संगीतलाई व्यापकता दिन सकेन।

त्यस समय काठमाडौँबाट पोखरा र धरानजस्ता आधुनिक भनिएका सहरका श्रोतामाझ पनि पुग्न मुस्किल थियो तर निमाको पुस्ताको आगमनसँगै पप संगीतको दायरा र पहुँच फराकिलो हुँदै गयो। यद्यपि, विदेशी कलाकारको 'डरलाग्दो' प्रभावबाट जोगाउन र पप संगीतमा मौलिकता खोज्न भने दोस्रो पुस्तालाई पहिलो पुस्ताबाट ठूलो अभिप्रेरणा मिलेको छ। "सधैँ अंग्रेजी गीत मात्र गाएर हुँदैन। आफ्नो भाषामा आफ्नै कथा मिसाएर पनि पप गीत गाउन सकिन्छ र गाउनुपर्छ भनेर हरशि दाइहरूबाटै सिकेको हुँ," गायक निमा भन्छन्, "पप संगीतमा मौलिकताको आभास नगराएको भए यति धेरै दर्शक/श्रोताको माया पाइन्नथ्यो।"

त्यसो त उनीहरूले गायनको सुरुआतताका मायाभन्दा धेरै पीडा पाए। ०४६ सालको जनआन्दोलनले खुला समाजको परकिल्पना गरे पनि पप संगीत र कलाकारलाई हेर्ने दृष्टिकोणमा परविर्तन आइसकेको थिएन। त्यही कारण पप संगीतमा पाइला चाल्न खोज्दा कसैले पनि साथ र हौसला पाएनन्। निमाकै शब्दमा, त्यतिबेला परिवारको गाली, समाजको कुदृष्टि र मिडियाको बहिष्कारको सिकार हुनुपरेको थियो। "घरमा छोरो बिगि्रयो भन्थे, समाजले ट्यापे र चुल्ठे-मुन्द्रे ठान्थ्यो, मिडियाले संगीत बिगारे भनेर बहिष्कार गथ्र्यो तर पनि हामी डगमगाएनौँ," उनी भन्छन्, "किनभने, श्रोताले फरक स्वादका संगीत खोजिरहेका छन् भन्ने बुझिसकेका थियौँ।" सायद यही अक्कलका कारण यी चारै जना नेपाली सांगीतिक क्षेत्रमा ब्रान्डका रूपमा स्थापित छन्।

निमा, नवीन, धीरज र सुगम चारै जनाले आफ्नो म्युजिक करिअर ब्यान्डबाट सुरु गरेका हुन्। तर, कसैले पनि ब्यान्डलाई निरन्तरता दिन सकेनन्। एकल गायककै रूपमा अघि बढे र सफल भए। निमाले एसएलसी सक्नेबित्तिकै पहिल्यै खोलिएको द ब्यास ब्यान्डका लागि गाउन थाले तर यो ब्यान्डसँग उनको रेकर्डिङको साइत जुरेन। दुई वर्षपछि साथीहरूसँग मिलेर द पिस ब्यान्डको स्थापना गरे। उनी ब्यान्डको लिड भोकलिस्ट थिए। यही ब्यान्डबाट उनले ०४८ सालमा पहिलोपटक आफ्नो स्वर रेकर्ड गराए, 'आइदेऊ प्रिया...'। यो गीतले दर्शकको माया बिस्तारै बटुल्दै थियो। त्यही बेला आयोजना गरिएको रारा नेपाली पप-रक कम्पिटिसनमा यो गीतले दोस्रो स्थान जित्यो। त्यसमा ५० भन्दा बढी गायक र ब्यान्डले प्रतिस्पर्धा जनाएका थिए। पिस ब्यान्ड र निमा दुवैको चर्चा चुलिँदै थियो। तैपनि, ब्यान्ड टुक्रियो। निमाले यात्रा एक्लै अगाडि बढाए। भन्छन्, "गाउन मात्र नभई गीत लेख्न र कम्पोज गर्न सक्ने भएकाले ब्यान्ड नहुँदा पनि खासै असहज महसुस भएन।" खासमा एकल गायक भएपछि नै उनको करअिरले गति लिएको देखिन्छ। स्थापितका अनुसार निमाको स्वर नै पप गायनका लागि उपयुक्त छ, जसलाई श्रोताले मन पराइदिए।

धेरैलाई अचम्म लाग्न सक्छ, पप गायनका एक खम्बा अर्थात् निमाले चार वर्षभन्दा बढी रेस्टुराँमा गाएका थिए। त्यो पनि अंग्रेजी होइन, नारायण गोपाल, भक्तराज आचार्य, अरुण थापाजस्ता आधुनिक गायनका हस्तीका गीत। निमाको उदय र काठमाडौँमा गजल रेस्टुराँ खोल्ने क्रम बढेको समय एउटै थियो। रेस्टुराँ गायनबाट जम्मा गरेको केही रकम र साथीहरूको सहयोगमा उनले एल्बम सुन सुन निकाले। दोस्रो एल्बम मेमोरजिमा समावेश 'मिस क्याटवाक...' हिट भएपछि भने रेस्टुराँ गायनलाई निरन्तरता दिन सकेनन्। भूषण दाहालले निर्देशन गरेको 'मिस क्याटवाक...'को भिडियो रििलज भएपछि देशभित्र र बाहिर उनको माग बढ्यो। उनको गायनशैली र लुक्स पछ्याउने धेरै देखिए। ०५५ सालदेखि पाँच वर्षसम्म हङकङमा बस्दा दुई एल्बम निकाले। हङकङ बसाइमा उनको कमाइ र जीवनशैली त निकै सम्पन्न थियो तर मनमा सन्तुष्टि थिएन। "आफ्नो मातृभूमिभन्दा टाढा रहेर गीत-संगीतलाई निरन्तरता दिन सम्भव थिएन। नेपाली श्रोतासँग टाढा रहनुपर्दा निकै खल्लो र एक्लोपन महसुस भइरहेको थियो। त्यसैले स्वदेश फर्किएँ," निमा सुनाउँछन्। नेपाल फर्किएपछि उनको क्रेज अझ बढ्यो। विभिन्न उत्पादनका ब्रान्ड एम्बेस्डर रहेका निमाले अहिलेसम्म आठवटा एल्बम बजारमा ल्याएका छन्। सबैभन्दा बढी फ्यान फलोइङ भएका पप गायक सम्भवतः उनै हुन्।

नवीनको कथा पनि लगभग उस्तै छ। सुरुमा उनी पनि द स्टिल हि्वल्स ब्यान्डसँग आबद्ध थिए। तर, ब्यान्डसँगको सहकार्य लामो समय टिकेन। ब्यान्डमै आबद्ध हुँदा र छुट्टिएपछिको केही समयपछिसम्म पनि उनी अंग्रेजी गीत गाउँथे तर अंग्रेजी गीतले मात्र संगीतको भोक मेटिएन। अझ ठूलो वर्गमा पुग्न नेपाली भाषा र शैलीमा गीत गाउनुपर्छ भन्ने हेक्का थियो उनलाई। त्यसैले पूर्वीय र पश्चिमी संगीतको फ्युजन गर्न थाले। ०५४ सालमा सार्वजनिक पहिलो एल्बम आभासमा समाविष्ट 'साँझपख तिमीलाई...' गीत यसको उदाहरण हो। रक र रागलाई फ्युजन गरेर 'रात बित्यो...' गाए। नवीनको स्वर अरू नेपाली गायकभन्दा भिन्न छ, त्यसमाथि शैली र संगीतमा पनि नयाँपन दिए। श्रोताको मन जित्नुको प्रमुख कारण यही हो। भन्छन्, "सबै नयाँ कुरा राम्रो हुन्छ भन्ने छैन तर मेरो गायकी रुचाइयो।" शब्द चयन र मेलोडी उनका गीतको अर्को महत्त्वपूर्ण विशेषता हो। शब्द चयनमा निकै ध्यान दिने भएकाले उनको गीतको लोकप्रियता युवा पुस्तामाझ मात्र सीमित छैन। कहिल्यै पप गीतप्रति ध्यान नदिनेले पनि उनको गीत गुनगुनाउँछन्। "शब्दले आयु दिन्छ। मेलोडीले आत्मा भर्छ। जब दुवैको कम्बिनेसन मिल्छ, गीत अमर हुन्छ," नवीन भन्छन्, "मेरो प्रयास सधैँ यस्तै गीत सिर्जनामा हुन्छ।" उनका गीत ग्ल्यामरसभन्दा गम्भीर र मन छुने हुनुको कारण यही हो।

नवीन आफू मात्र लोकप्रिय भएनन्, पप संगीतको दायरा पनि फराकिलो बनाउँदै लगे। ०५५/०५६ सालतिर अधिकांश कलाकार २५ हजारको हाराहारीमा कम्पनीलाई एल्बम बेच्थे तर उनले भने घटीमा ७५ हजार रुपियाँ लिन्थे। स्थापित भन्छन्, "एल्बमका सबै गीत राम्रो बनाउनुपर्छ र एल्बमको भाउ पनि बढाउनुपर्छ भन्ने मान्यता स्थापित गर्ने नवीन नै हो।" उनले एउटै एल्बम ६ लाख रुपियाँसम्ममा बेचेका छन्। ट्रयाकभन्दा लाइभ म्युजिक गाउने भएकाले उनलाई उच्च स्तरको गायक मानिन्छ। आफ्नो गायकीमा आत्मविश्वास नभएका धेरै गायक लाइभ म्युजिकमा गाउन अनकनाउँछन्। लाइभ म्युजिकमा गाउने भएकाले अहिले पनि उनी स्टेज सो हुनुभन्दा महिना दिनअगाडिबाट अभ्यास गर्छन्। उनको अनुभवमा नियमित साधना भएन भने जति अग्रज गायक भए पनि स्टेजमा गाउन सक्दैनन्। नियमित साधनाकै कारण हुनुपर्छ, हरेक स्टेज सोमा उनी दर्शकलाई मन्त्रमुग्ध पार्छन्।

निमा र नवीनको तुलनामा धीरजको गायकी केही फरक छ। स्वर सरल भईकन पनि धमाकेदार स्टेज प्रस्तुतिका कारण स्थापित गायक हुन् उनी। लामो कपाल र नृत्यसहितको प्रस्तुति उनको चिनारी हो। त्यसैले उनलाई 'नेपाली माइकल ज्याक्सन' भन्ने फ्यान धेरै छन्। धीरज पनि गायनको सुरुआतमा द मुभ ब्यान्डसँग आबद्ध थिए। पहिलो गीत 'लुकीलुकी...' ०४७ सालमा ब्यान्डबाटै रेकर्ड गराए। "गायन राम्रो छैन भने पर्फमेन्सले मात्र टिकिँदैन," उनको अनुभव छ, "तर, दुवै राम्रो भयो भने व्यावसायिक रूपमा अझ फाइदा पुग्छ। मेरो सूत्र यही हो।" नेपालका ६० जिल्ला र करबि दुई दर्जन मुलुकमा स्टेज सो गरेबाट उनको यो सूत्र सफल भएको प्रमाणित हुन्छ।

डान्सिङ ट्रयाक धीरजका गीतको मुख्य विशेषता हो। 'मिस्टेरयिस गर्ल...', 'सेक इट बेबी...' यसका उदाहरण हुन्। स्टेज सोमा उनको धेरै माग हुनुको कारण यिनै गीत हुन्। यद्यपि, उनले अन्य शैलीका गीत नगाएका भने होइनन्। 'तिम्रा नयन...', 'तिमी रुँदा...', 'जाउ जाउ...' जस्ता सेन्टिमेन्टल र 'सोइ ढोले सोई...'जस्ता लोक-पप गीत पनि उनले नै गाएका हुन्। पछिल्लो समय 'बुद्ध वाज वर्न इन नेपाल...' बोलको स्वदेश गानबाट धीरजले चर्चा बटुलिरहेका छन्। गायनसँगै के हो पप संगीत ? र पपमा बितेका १५ वर्ष दुई पुस्तक लेखेर उनले आफ्नो उचाइ बढाए। ओमविक्रम ः अ बि्रफ हिस्ट्री अफ नेपाली पप नामक वृत्तचित्रका निर्देशक पनि उनै हुन्।

नेपालका पप सम्राट मानिने ओमविक्रम विष्टका बारे धीरजले बनाएको यो वृत्तचित्र अमेरकिाको कर्नेल विश्वविद्यालयको पाठ्यक्रममा राखिएको छ। ओभरसियर अध्ययनसँगै अंगे्रजी साहित्यमा स्नातकोत्तर गरेका धीरज भन्छन्, "पप संगीतलाई वैचारकि रूपमा माथि उठाउन किताब र वृत्तचित्र तयार पारेको हुँ।"

सुगम पोखरेलको आगमन हुने बेलासम्म नेपाली पप संगीतले एउटा पहिचान बनाइसकेको थियो। काठमाडौँ, पोखरा र धरानमा सीमित पप गीत कम्तीमा सहरी जिल्लाका सदरमुकाममा हिट भइरहेका थिए। यो ०५७/०५८ सालतिरको कुरा हो। उनको पहिलो एल्बम वान एमबी पप गीतको क्रेज बढाउन कोसेढुंगा साबित भयो। यतिबेलासम्म निजी क्षेत्रका कान्तिपुर, इमेज, च्यानल नेपालजस्ता टेलिभिजन खुलिसकेका थिए। एफएम रेडियोको संख्या पनि बढिरहेको थियो। सुगम आफैँ रेडियो सगरमाथामा कार्यक्रम सञ्चालन गर्थे। अधिकांश एफएमको प्राथमिकतामा पप गीत थियो। मिडियाको यही व्यापकता उनका लागि वरदान साबित भयो। त्यसमाथि उनी आफ्ना गीतका भिडियोमा आफैँ मोडलिङ गर्थे, त्यसले पनि उनलाई रातारात 'सेलिबि्रटी' बनायो।

निमा, नवीन र धीरज तीनै जना सुगमलाई 'प्रतिभाको भण्डार' मान्छन्। सुगम पनि सबै अग्रज गायकबाट आफू प्रभावित भएको बताउँछन्। नवीन त उनका आदर्श नै हुन्। भन्छन्, "नवीन दाइले गीत नगाउनुभएको भए म गायक बन्दिनथेँ।" सुगम जति राम्रा गायक हुन्, त्यति नै राम्रा कम्पोजर पनि। अझ कतिपय त उनको गायकीलाई कम्पोजिसनले उछिनेको दाबी गर्छन्। पप संगीतलाई फिल्ममा जमाउने पहिलो नायक पनि उनै हुन्। नेपाली फिल्मको सगीतलाई नयाँ मोड दिलाउन उनको महत्त्वपूर्ण भूमिका छ। डेढ दर्जन फिल्ममा उनका नयाँ शैलीका गीत सुन्न पाइन्छ।

फिल्मका अतिरिक्त कलेक्सन एल्बमहरूमा पनि कम्पोज गर्छन् सुगम। स्टेज सो र गीत रेकर्डिङका हिसाबमा अहिलेका सबैभन्दा व्यस्त र सफल पप गायकका रूपमा उनलाई चिनिन्छ। उनलाई आइडियल मानेर संगीत साधनामा लाग्ने नयाँ पुस्ताको जमात बढिरहेको छ। धीरजका शब्दमा, सुगम केही वर्षयताका 'हटकेक' गायक हुन्, अझ केही वर्ष उनको स्थान अरूले लिन सक्दैनन्। सुगम भने आफूलाई आफ्नै गल्तीहरूबाट सिकिरहेको साधक मात्र मान्छन्। भन्छन्, "म कुन स्थानमा छु भन्दा पनि मैले कति स्तरीय गीत सिर्जना गररिहेको छु भन्नेमा बढी ध्यान दिन्छु।"

निमादेखि सुगमसम्मको पुस्ताले लोक र आधुनिकजस्तै पप गीतलाई पनि श्रोतासँग रचनात्मक संवाद गरायो, सरगमको अन्तरक्रिया र भावको विनिमय गर्‍यो। र, यही प्रक्रियामा बच्चादेखि वयस्कसम्मको माया पायो।



निमा रुम्बा

- फरक तर गजब स्वर

- स्टेज प्रस्तुतिमा पोख्त

- गायनसँगै कम्पोज पनि

- भावनामा डुबेर गाउने

- आकर्षक व्यक्तित्वका धनी



नवीन के भट्टराई

- फरक संगीतलाई फ्युजन गर्ने

- मेलोडीप्रेमी

- शब्द चयनमा संवेदनशील

- कम्पोज पनि गायनकै स्तरमा

- सिरल व्यक्तित्व



सुगम पोखरेल


- हरेक शैलीका गीत गाउन सक्ने

- गायनकै हाराहारीमा कम्पोज

- स्टेजमा पनि उत्तिकै जम्ने

- प्रयोगात्मक संगीतका पक्षपाती

- शब्द चयनमा संवेदनशील

- मायाप्रेमसँगै सन्देशमूलक गीत



धीरज राई

- सरल तर मिठासयुक्त स्वर

- स्टेज तताउन सक्ने क्षमता

- भिन्न विषय र शैलीका गीतमा जोड

- अध्ययनशील
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis