CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » सडक लेन पालना नगर्नेलाई कारबाही शुरु

सडक लेन पालना नगर्नेलाई कारबाही शुरु

चालकले सडक लेन पालना नगर्दा कोटेश्वर–सूर्यविनायक सडकमा दुर्घटना बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले २३ साउनदेखि सडक लेन पालनामा कडाइ गरेको छ ।
प्रहरीले सूर्यविनायक कोटेश्वर ६ लेन सडकमा दायाँ लेनमा कतै पनि नरोकी तीव्रगतिमा जाने एक्सप्रेस, निजी सवारीसाधन, रिजर्भ सवारी, एम्बुलेन्स, दमकल, शववाहन लगायतका साधनले मात्र प्रयोग गर्ने नियम बनाएको छ ।

त्यस्तै बायाँ लेनमा भने भाडाका सवारीसाधन, हेवी गाडी, बस, ट्रक, निर्माण सामग्री बोकेका सवारीसाधन, यात्रुवाहक सवारीसाधन, मोटरसाइकल, ट्याक्सीलगायतका साधनले प्रयोग गर्नुपर्ने नियम लागू गरेको छ ।
चालकलाई पटकपटक प्रहरी तथा ट्राफिकले सडक लेन पालनासम्बन्धी विभिन्न कार्यक्रममार्फत चेतना दिए पनि चालकले अटेर गरेपछि पालना नगर्ने चालकलाई कारबाही गर्ने गरी सडक लेन पालनामा कडाइ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले जानकारी दिए ।
सडक दुर्घटना न्यूनीकरण एवम् सडक लेन पालना गराउनकै लागि परिसरले सडकको प्रत्येक बस स्टप, चोक र १० मिटरको अन्तरमा प्रहरी तथा ट्राफिक परिचालन गरिएको छ ।
प्रहरी उपरीक्षक श्रेष्ठले ९५ प्रतिशत दुर्घटनामा चालकको लापर्वाही पाइएकाले दुर्घटना न्यूनीकरणका लागि लेन पालनालाई कडाइका साथ लागू गरिएको बताए ।
तीव्र गतिमा जाने दायाँ लेनमा गुडिरहेको गाडी यात्रु हाल्न एक्कासि बायाँ लेनमा जाने, तीव्र गतिमा सवारी चलाउने गरेका कारण बढी दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।
रासस
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis