CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यसरी बढाउनुहोस् आफ्नो ल्यापटप र मोबाइलको ब्याट्रि लाइफ

यसरी बढाउनुहोस् आफ्नो ल्यापटप र मोबाइलको ब्याट्रि लाइफ

आफ्नो ल्यापटपमा निकै महत्वपूर्ण काम गरिरहँदा वा फोनमा कुरा गर्दा, हामीमध्ये धेरैले जीवनमा एकपटक ब्याट्रिका कारण समस्या झेल्नु परेको होला । एक समयपछि चाहे त्यो ल्यापटप होस् या फोन सबैको ब्याट्रिको क्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । तर यदि तपाईं केहि कुरामा ध्यान दिनुहुन्छ भने तपाईंको स्मार्टफोन र ल्यापटपको ब्याट्रि एक वर्ष बढि टिक्ने गर्दछ । ल्यापटप अथवा फोनको ब्याट्रिलाई यदि राम्रोसँग हेर्ने हो भने त्यसमा केहि निर्देशन दिइएको हुन्छ जसलाई हामी मध्ये धेरैले पढ्दैनौँ । कतिपय कुराहरु हामीलाई त्यहाँ दिइएको निर्देशनबाट थाहा हुन्छ भने कतिपय कुराहरु हामी तपाईंलाई अहिले बताउँदैछौँ । १. ब्याट्रिलाई
अत्यधिक तापक्रमबाट टाढा राख्नुहोस्ः कुनै पनि डिभाइसको ब्याट्रि लाइफ त्यसलाई प्रयोग गर्ने ठाउँको तापमानसँग गहिरो सम्बन्ध रहेको हुन्छ । यदि तपाईं आफ्नो ल्यापटप र मोबाइलको प्रयोग त्यस्तो ठाउँमा प्रयोग गर्नुहुन्छ जहाँको तापमान ३५ डिग्रिभन्दा बढि र जिरो डिग्रीभन्दा कम भएको अवस्थामा ब्याट्रिको क्षमता निकै चाँडै कम हुने गर्दछ । यसका लागि आफ्नो ल्यापटपलाई सकेसम्म तातो हुनबाट बचाउनुहोस् । यसको लागि सम्भव भएको खण्डमा कुलिङ प्याडमा ल्यापटपको प्रयोग गर्नुहोस् । २. फुल डिस्चार्जः थुप्रै जानकारहरुका अनुसार ब्याट्रि फुल डिस्चार्ज हुनुभन्दा अगाडि नै चार्ज गर्नपर्ने हुन्छ । अर्थात जब तपाईंको फोन ४० प्रतिशत चार्ज भएको छ भने चार्जर निकाल्नुहोस् र केहि क्षण पछि त्यसलाई फेरि चार्ज गर्नुहोस् । यसले तपाईंको ब्याट्रि लाइफलाई बढाउन मद्दत गर्दछ र चार्ज पनि धेरैबेरसम्म रहने गर्दछ । ब्याट्रि ओभर चार्ज हुनबाट बचाउनुहोस् किनभने यसले ब्याट्रिमा भएको लिथियम प्लेट खराब हुने गर्दछ । ३. तेज चार्जिङ गर्ने चार्जरको प्रयोग नगर्नुहोस्ः ल्यापटप अथवा मोबाइल तेज चार्ज गर्नबाट बचाउनुहोस् । कुनै पनि डिभाइस चार्ज गर्नका लागि ओरिजिनल चार्जरको प्रयोग गर्नुहोस् । यसले तपाईंको ब्याट्रि लाइफलाई सेफ राख्दछ । ४. जहिले पनि केहि प्रतिशत चार्ज राख्नुहोस्ः यदि तपाईं १ वा २ हप्ताको लागि कतै बाहिर जाँदै हुनुहुन्छ भने कम्तीमा ५० प्रतिशतसम्म मोबाइल अथवा ल्यापटप चार्ज गरेर मात्र बन्द गर्नुहोस् ता कि जब तपाईं बाहिरबाट आउनुहुन्छ, त्यसमा ब्याट्रिको मात्रा रहिरहोस् । यसले ब्याट्रिको भित्र भएको चार्जिङ पार्टिकललाई एक्टिभ राख्ने गर्दछ । ५. नक्कली चार्जरबाट बच्नुहोस्ः फुटपाथमा पाइने चार्जरहरुबाट बच्नुहोस् । यस्ता नक्कली चार्जरले तपाईंको डिभाइस चार्ज नभएता पनि गलत चार्जिङ लाइट देखाउने गर्दछ । (एजेन्सी)
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis