CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » बलिउडमा २०१५ मा हिट / फ्लप हुन् सक्ने फिल्म हरु

बलिउडमा २०१५ मा हिट / फ्लप हुन् सक्ने फिल्म हरु

बलिउडमा वर्ष २०१४ मा करिब १ सय ७५ वटा हिन्दी चलचित्र प्रदर्शनमा आए । प्रदर्शन भएका करिब एक दर्जन चलचित्रले मात्र व्यवसायिक रूपमा सफलता हासिल गर्न सके । वर्ष २०१५ मा पनि १ सय ५० भन्दा बढी हिन्दी चलचित्र प्रदर्शन हुँदैछन् । फिल्मफेयर डटकमले यो वर्ष व्यवसायिक रूपमा सफल हुन सक्ने केही चलचित्रको सूची सार्वजनिक गरेको छ । चलचित्रको प्रदर्शन मिति भने हेरफेर हुन सक्ने बताइएको छ । 


तेवर

प्रदर्शन मिति : पुस २५ गते 

कलाकार : अर्जुन कपुर, सोनाक्षी सिन्हा, मनोज बाजपेयी 

निर्देशक : अमित शर्मा 

एक्सन र गीत-संगीतले भरिपूर्ण यो चलचित्रलाई मसला शैलीको बताइएको छ । सोनाक्षी र अर्जुनको केमेस्ट्री बलिउडमा चर्चाको विषय बनिसकेको छ । उनीहरूको अनस्क्रिन केमेस्ट्रीका लागि यो चलचित्र हेर्नु पर्नेछ । 



शमिताभ

प्रदर्शन मिति : माघ २२

कलाकार : अमिताभ बच्चन, धनुष, अक्षरा हसन 

निर्देशक : आर बल्की 

चलचित्रका नायकलाई बोल्न नसक्ने युवकका रूपमा चित्रण गरिएको छ, जसलाई एकजना वृद्धले उनको आवाज दिन्छन् । रेखाले अतिथि कलाकारको भूमिका निर्वाह गरेको यो चलचित्रमार्फत अमिताभ र धनुष पहिलो पटकसँगै देखिनेछन् । 



बेबी 

प्रदर्शन मिति : माघ ९ गते 

कलाकार : अक्षय कुमार, ताप्सी पन्नु, मधुरिमा टुल्ली, राना दाग्गुबती 

निर्देशक : नीरज पाण्डे 

काठमाडौंमा समेत छायांकन गरिएको यो चलचित्रमा एउटा सामान्य व्यक्तिले आतंकवादविरुद्ध लडेको कथा छ । 'स्पेशल-२६' पछि अक्षय कुमार र नीरज पाण्डेले सँगै काम गरेका हुन् । 



रोय 

प्रदर्शन मिति : फागुन १ 

कलाकार : अर्जुन रामपाल, ज्याकलिन फर्नान्डिज, रणवीर कपुर 

निर्देशक : विक्रमजीत सिंह 

त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्रमा नायिका ज्याकलिन दोहोरो भूमिकामा छिन् । चलचित्रमा अर्जुन रामपाल र ज्याकलिनको जोडी मुख्य भूमिकामा छ भने रणवीरले अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन् । 



बदलापुर 

प्रदर्शन मिति : फागुन ८ गते 

कलाकार : वरुण धवन, इरफान, हुमा कुरैसी, यामी गौतम, दिव्या दत्ता 

निर्देशक : श्रीराम राघवन

विषयवस्तु : शीर्षकबाटै अनुमान गर्न सकिन्छ, यो चलचित्र बदलाको भावनामा केन्दि्रत छ । रोमान्टिक छवि बनाएका अभिनेता वरुण धवन यो चलचित्रमा बिल्कुलै नयाँ स्वरुपमा प्रस्तुत भएका छन् । 



हिरो 

प्रदर्शन मिति : तय हुन बाँकी 

कलाकार : सुरज पाञ्चोली तथा आथिया शेट्टी 

निर्देशक : निखिल आड्वाणी 

बलिउडका दुई पुराना अभिनेता आदित्य पञ्चोलीका छोरा सुरज तथा सुनील सेट्टीकी छोरी आथियाले यही चलचित्रमार्फत डेब्यु गर्न लागेका हुन् । सुभाष घईको सफल चलचित्र 'हिरो' को यो रिमेक चलचित्रमा रमाइलो प्रेम कथा चित्रण गरिएको छ ।



एनएच १० 

प्रदर्शन मिति : फागुन २२ गते 

कलाकार : अनुष्का शर्मा, निल भोपालम, दर्शन कुमार 

निर्देशक : नवदीप सिंह 

चलचित्रमा एउटा जोडीको कथा छ जो राजमार्गमा भैरहेका शंकास्पद गतिविधिहरूका बारेमा जानकारी हासिल गर्न चाहन्छ । यो चलचित्रलाई केही थि्रलर स्वरूप दिइएको छ । 



फ्यान्टम

प्रदर्शन मिति : चैत २० गते 

कलाकार : सैफअलि खान र कटरिना कैफ 

निर्देशक : कबिर खान

आतंकवाद विरुद्धको लडाइँमा आधारित यो चलचित्रमा सैफअली खान एक्सन प्याक भूमिकामा छन् । निर्देशक कबिर खान चलचित्र 'एक था टाइगर' पछि यही चलचित्रमार्फत दर्शकमाझ आउन लागेका हुन् । 



पिकु 

प्रदर्शन मिति : वैशाख १८ 

कलाकार : अमिताभ बच्चन, दीपिका पादुकोण, इरफान खान

निर्देशक : सुजित सरकर 

बुवा र छोरीबीचको सुमधर सम्बन्धमा आधारित यो चलचित्र सन्देशमूलक छ । चलचित्रमा अमिताभ र दीपिका बाबुछोरीको भूमिकामा छन् भने इरफानले दीपिकाको प्रेमीको भूमिका निर्वाह गरेका छन् ।

 

बम्बे भेल्भेट

प्रदर्शन मिति : जेठ १ गते 

कलाकार : रणवीर कपुर, अनुष्का शर्मा, करण जौहर, रविना टण्डन 

निर्देशक : अनुराग कश्यप 

यो चलचित्रमा सन् १९६० को बम्बेको चित्रण गरिएको छ । यसमा दुई मुख्य पात्रमार्फत त्यतिबेलाको जीवनशैली तथा त्यतिबेला देखिने सपनाहरूलाई चित्रण गरिएको बताइन्छ । चलचित्रमा निर्देशक करण जौहर नकारात्मक भूमिकामा प्रस्तुत हुन्छन् । 



दिल धडकने दो 

प्रदर्शन मिति : जेठ १ गते

कलाकार : प्रियंका चोपडा, फरहान अख्तर, अनुष्का शर्मा, रणवीर सिंह, अनिल कपुर, सेफाली शाह

निर्देशक : जोया अख्तर 

यो चलचित्रमा एउटा पञ्जाबी परिवारको कथा चित्रण गरिएको छ जसमा दिदी-भाइलाई मुख्य पात्र बनाइएको छ । जोया अख्तरले यो चलचित्रले दर्शकलाई प्रसस्त मनोरञ्जन प्रदान गर्ने दाबी गरेकी छिन् ।

 

हमारी अधुरी कहानी 

प्रदर्शन मिति : जेठ २९ गते 

कलाकार : विद्या बालन, इमरान हासमी, राजकुमार राव 

निर्देशक : मोहित सुरी 

त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्रमा तीन जना पात्रमार्फत प्रेमको भावना व्यक्त गर्न खोजिएको छ । अभिनयका लागि अब्बल मानिएका विद्या बालन, इमरान हासमी तथा राजकुमारले पहिलो पटक कुनै चलचित्रमा संगै अभिनय गरेका हुन् । 



एबिसीडी- २

प्रदर्शन मिति : असार ११

कलाकार : वरुण धवन र श्रद्धा कपुर 

निर्देशक : रेमो डि'सुजा 

यो सन् २०१३ मा प्रदर्शन भएको चलचित्र 'एबिसिडी' को सिक्वेल हो । यसपटक निर्देशक रेमोले चलचित्रलाई थप नृत्यपरक बनाएको दावी गरेका छन् । 



बजरंगी भाइजान 

प्रदर्शन मिति : साउन १ गते 

कलाकार : सलमान खान र करीना कपुर खान

निर्देशक : कबिर खान

यो रोमान्टिक प्रेम कथामा आधारित चलचित्र हो । चलचित्रमा मुस्लिम समुदायका युवक तथा ब्राह्मण परिवारकी युवतीबीचको प्रेमसम्बन्ध चित्रण गरिएको छ । सलमान-करीनाको सफल जोडीका कारण यो चलचित्र सफल हुने अनुमान गरिएको छ । 



ब्रदर्स 

प्रदर्शन मिति : साउन १५ गते 

कलाकार : अक्षय कुमार, सिद्धार्थ मल्होत्रा, ज्याकलिन फर्नान्डिज, ज्याकी श्राफ 

निर्देशक : करण मल्होत्रा

यो चलचित्र हलिउडको 'वारियर्स' को आधिकारिक रिमेक हो । चलचित्रको कथा अक्षय कुमार र सिद्धार्थ मल्होत्राको वरिपरि घुमेको छ । 



फ्यान

प्रदर्शन मिति : साउन २९ गते 

कलाकार : शाहरूख खान

निर्देशक : मनीष शर्मा 

यो चलचित्रमा अभिनेता शाहरूख खान दोहोरो भूमिकामा छन् । हाल छायांकनको क्रममा रहेको यो चलचित्रमा शाहरूखले सुपरस्टार तथा उनका प्रसंसकको दुई भिन्न चरित्र निर्वाह गरेका छन् । मनीष शर्माले शाहरूखलाई पहिलो पटक निर्देशन गरिरहेका छन् । 



डलीकी डोली 

प्रदर्शन मिति : माघ ९ गते 

कलाकार : सोनम कपुर, राजकुमार राव, पुल्कित सम्राट, वरुण शर्मा 

निर्देशक : अभिषेश डोग्रा 

यो एउटा रोमान्टिक-कमेडी हो । चलचित्रमा प्रस्तुत गरिएको अस्वाभाविक जोडी यसको विशेषता भएको बताइन्छ ।



जग्गा जासुस 

प्रदर्शन मिति : भदौ ११ गते 

कलाकार : रणवीर कपुर र कटरिना कैफ 

निर्देशक : अनुराग बसु 

शीर्षकबाट अनुमान लगाउन सकिन्छ, यो एउटा जासुसको कथा बोकेको चलचित्र हो । चलचित्रमा रणबीर कपुरले जासुसको भूमिका निवर्ाह गरेका छन् जो आफ्नी प्रेमिकासँगै आफ्ना हराएका बुवाको खोजीमा निस्कन्छन् । निर्देशक बासु र रणवीर चलचित्र 'बर्फी' पछि पहिलो पटक दोहोरिएका हुन् ।

 

प्रेम रतन धन पायो 

प्रदर्शन मिति : कात्तिक २५ गते 

कलाकार : सलमान खान, सोनम कपुर, अरमान कोहली, नील नितिन मुकेश 

निर्देशक : सूरज बाड्जात्या 

तिहारको अवसरमा प्रदर्शन हुने यो चलचित्रमा भारतीय पारिवारिक एकतालाई दर्शाइएको छ । करिब १५ वर्षपछि 

निर्देशक बाड्जात्याले सलमान खानसँग काम गरेको यो चलचित्र दर्शकहरूको प्रतिक्षाको सूचीमा परिसकेको छ । 



तमाशा

प्रदर्शन मिति : पुस ९ गते 

कलाकार : रणवीर कपुर र दीपिका पादुकोण

निर्देशक : इम्तियाज अली 

सन् २०१५ को क्रिसमसको अवसरमा प्रदर्शन हुने यो चलचित्र प्रेम कथामा आधारित छ । निर्देशक अलीले रणबीर र दीपिकालाई सकेसम्म रोमान्टिक देखाउने प्रयास गरेका छन् । 



बाजीराव मस्तानी 

प्रदर्शन मिती : पुस ९ गते 

कलाकार : रणवीर सिंह, दीपिका पादुकोण, प्रियंका चोपडा

निर्देशक : सञ्जय लीला भन्साली 

ऐतिहासिक प्रेम कथामा आधारित यो चलचित्रमा त्रिकोणात्मक प्रेम चित्रण गरिएको छ । बलिउडका स्थापित निर्देशक भन्साली पहिलो पटक दीपिका र प्रियंकालाई एउटै चलचित्रमा अभिनय गराउन सफल भएका छन् । 



फितूर 

प्रदर्शन मिति : प्रदर्शन मिति : पुस ९ गते 

कलाकार : आदित्य रोय कपुर, कटरिना कैफ, रेखा

निर्देशक : अभिषेक कपुर 

चाल्र्स डिकनको उपन्यास 'ग्रेट एक्सपेक्टेसन्स' मा आधारित यो चलचित्रमा कटरिना कैफ केन्द्रीय भूमिकामा छिन् । चलचित्रमा पुरानी अभिनेत्री रेखाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ ।

साभार : साप्तहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis