CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सर्वाधिक हेरिएका वेबसाइट

सर्वाधिक हेरिएका वेबसाइट

विश्वमा प्रशस्तै वेबसाइट निर्माण भएका छन् । विभिन्न विषयवस्तुका बारेमा जानकारी दिन यी वेबसाइट उपयोगी हुन्छन् । विश्वका कुनै क्षेत्रमा एउटा त कुनै क्षेत्रमा अर्को वेबसाइटको लोकप्रियता हुन सक्छ । कतिपय वेबसाइटले विश्वका सबै क्षेत्रमा लोकप्रियता कमाइरहेका हुन्छन् । वेबसाइटको लोकप्रियताका बारेमा जानकारी दिने साइट एलेक्साको सूची अनुसार सन् २०१४ मा धेरै हेरिएका वेबसाइट : 


Google.com

कुनै पनि विषयवस्तुको जानकारी खोजी गर्न गुगल प्रयोग गरिन्छ । त्यसबाहेक यसको इमेलका रूपमा जिमेल पनि छ । युट्युब र ब्लगर पनि गुगलकै स्वामित्वमा छन् । यसकारण बिश्वका तीन सर्वाधिक प्रख्यात वेबसाइट गुगलकै मानिन्छ । यद्यपि यसको सर्वाधिक लोकप्रियता भने सर्च इन्जिनका रूपमा छ । यसले कुनै पनि विषयमा जानकारी मात्र नभएर आवश्यक वेबपेज, भिडियो तथा तस्बिरसमेत उपलब्ध गराउँछ । 

Facebook.com

फेसबुक सन् २००४ मा मार्क जुकरबर्गले स्थापना गरेको सोसल नेटवर्किङ साइट हो । हाल यसका १ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । यसमा एक-अर्कासँग जोडिन, तस्बिर अपलोड गर्न, लिंक र भिडियो सेयरका साथै अन्य विभिन्न कार्य गर्न सकिन्छ । मानिसहरू कुनै कुराको प्रचारदेखि लिएर कसैका विरुद्ध आन्दोलन गर्न समेत यसको प्रयोग गर्न थालेका छन् । यो वेबसाइटको लोकप्रियताका बारेमा कुनै अनुमान गर्न सकिँदैन । जुनसुकै प्रयोजनका लागि पनि उपयोगी भएकाले यसले लोकप्रियता कमाइरहेको छ । 

Youtube.com

युट्युबको लोकप्रियता खासगरी भिडियो सेयरिङका लागि बढेको छ । गुगलले यसलाई १ अर्ब ६० करोड डलरमा किनेको थियो । यसमा आफूलाई मन पर्ने भिडियो राख्न सकिन्छ र संसारभर सबैले उक्त भिडियो हेर्न सक्छन् । यसबाहेक उक्त भिडियोलाई अपलोड गर्न, ट्याग गर्न तथा सेयर गर्न पनि सकिन्छ । 

Yahoo.com

याहुलाई कुनै पनि विषयवस्तुका बारेमा जानकारी दिने र त्यसका लागि कुनै पनि ढिलाइ नगर्ने साइटका रूपमा लिइन्छ । यसलाई एउटा मुख्य इन्टरनेट पोर्टल तथा सर्च रिजल्टका लागि सेवाप्रदायक मानिन्छ । यसले कस्टमाइजेबल कन्टेन्ट, च्याटरुम, फ्रि इमेल आदि उपलब्ध गराउँछ । स्पोर्ट्सदेखि इन्टरटेनमेन्टसम्म डेटिङदेखि रोमान्ससम्मका सबै जानकारी याहुबाट प्राप्त गर्न सकिन्छ । 

Baidu.com

चिनियाँ भाषाको सर्च इन्जिनका रूपमा बाइडु लोकप्रिय छ । यसले चिनियाँ भाषामा सरल तथा भरपर्दो जानकारी उपलब्ध गराउँछ । यसमा आवश्यक जानकारीबाहेक एमपीथ्री म्युजिक एवं मुभीसम्मको जानकारी प्राप्त गर्न सकिन्छ । चीनमा वाप तथा पीडीए भर्सनमा आधारित मोबाइल सर्च उपलब्ध गराउने साइटका रूपमा पनि यसले लोकप्रियता कमाएको छ । सर्च बाहेक यसले लगभग ५० विभिन्न सेवा समेत उपलब्ध गराइरहेको छ । 

Wikipedia.org

यो साइट नि:शुल्क ज्ञानकोशका रूपमा लोकप्रिय छ । यो विभिन्न भाषामा उपलब्ध छ । यसको अंग्रेजी संस्करणमा मात्र लगभग ४२ लाख लेख उपलब्ध छन् । सन् २००१ देखि प्रारम्भ भएको विकिपिडियामा प्रयोगकर्ताले लेख लेख्न तथा सम्पादन गर्न समेत सक्छन् । 

Tencent QQ

यो चीनको सर्वाधिक ठूलो र धेरै प्रयोग गरिने इन्टरनेट सर्भिस पोर्टल हो, जुन सन् १९९८ मा स्थापित टेन्सेन इन्क नामक कम्पनीको स्वामित्वमा छ । यसलाई हाल आएर कम्पनीले 'वान स्टप अनलाइन लाइफ सर्भिस' का रूपमा विकास गर्ने योजना बनाएको छ । यसमा क्युक्यु डटकमबाहेक क्युक्यु गेम तथा पेपाल डटकमसमेत अटाएका छन् । त्यसबाहेक इन्स्ट्यान्ट म्यासेन्जर, मेल एवं सर्च इन्जिनका रुपमा पनि यसको विकास भैरहेको छ । 

Windowslive.com

यो माइक्रोसफ्टको स्वामित्वमा रहेको वेबसाइट हो । यसले हटमेल र आउटलुकजस्ता इमेल सेवा तथा इन्स्ट्यान्ट म्यासेजिङ सर्भिस प्रदान गर्दै आएको छ । 

taobao.com

चीनमा सन् २००३ देखि प्रयोगमा आउन थालेको यो वेबसाइट खासगरी विभिन्न उत्पादनका ग्राहकबीच लोकप्रिय छ । उत्पादन छनोट गर्न र मूल्यसम्बन्धी जानकारी प्राप्त गर्न यसको प्रयोग गरिन्छ । 

Linkedin.com

यो साइट खासगरी जब खोजी गर्नेहरू, औद्योगिक विशेषज्ञ एवं बिजनेस पार्टनरहरूका बीचमा कनेक्सन प्रदान गर्न उपयोगी छ । यसमा रजिस्टर भएका प्रयोगकर्ताले आफ्नो सम्पर्कमा भएका व्यक्तिहरूको सूचीलाई व्यवस्थित गर्न, एक-अर्काका बारेमा जानकारी प्राप्त गर्न एवं व्यापारमा विश्वसनीयता कायम राख्न सक्छन् । 

साभार : इकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis