CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » इन्स्पेक्टरबाटै यस्तो घृणित काम, न्याय पाइन इन्दिराले

इन्स्पेक्टरबाटै यस्तो घृणित काम, न्याय पाइन इन्दिराले

Indira Niraulaलामो समयदेखि हिंसाको सिकार भएकी इन्दिरा निरौलाले सर्वोच्च अदालतबाट न्याय पाएकी छन् । उनले आइतबार न्याय पाएकी हुन् ।
श्रीमान्  इन्स्पेक्टर चन्द्रबहादुर थापा र घरपरिवारले गरेको हिंसाविरुद्ध लडिरहेकी निरौलाले सर्वोच्चका न्यायाधीश गोविन्दप्रसाद उपाध्याय र चोलेन्द्र्र शम्शेर जबराको इजलासको फैसलाबाट न्यायकी छन् । १७ वर्षको उमेरमा थापाले निरौलालाई बलात्कार गरेका थिए । त्यसको केही समयमा विवाह गर्छु भन्दै उनलाई सँगै राखे पनि ०६८ मा मात्र विवाह गरेका थिए । विवाहपछि पनि थापासँगै उनको परिवारले उनीमाथि विभिन्न हिंसा गरेका थिए ।

त्यतिमात्र नभई थापाले बहुविवाह गरे । ०७० देखि कानुनी लडाइँ लडिरहेकी निरौलाले सर्वोच्चमा धाएको एकवर्षमा फैसला उनको हकमा भएको हो । थापालाई सिन्धुली जिल्ला अदालतमा जालसाजी, काठमाडौँ जिल्ला अदालतमा घरेलु हिंसा, सिन्धुली जिल्ला अदालतमा ज्यान मार्ने मुद्दा, सर्वोच्चमा बहुविवाह मुद्दा छ । यति हुँदाहुँदै पनि थापालाई आइजिपी उपेन्द्र्रकान्त अर्यालले बचाउन खोजेको निरौलाको भनाइ छ । भनिन्, ‘अर्यालले बचाउन खोजे तर ढिलो भए पनि सत्यको जित भएको छ ।’
‘उसले मलाइ धेरै धम्की दिएको थियो । तँलाई मारेर जेल जान्न भन्दै लामो समयदेखि कुटपिट पनि भयो,’ निरौलाले सम्झिइन्, ‘मेरै हकमा फैसला हुँदा एकदम खुशी छु ।’ बलात्कारदेखि बहुविवाह गरेर अनेकन मुद्दा लागेका थापा भने अहिले पनि नेपाल प्रहरीमा इन्स्पेक्टर छन् । उनी विपद् व्यवस्थापन शाखामा कार्यरत छन् ।
निरौलाका तर्फबाट अधिवक्ता राजेन्द्र शर्मा र गोपाल कृष्ण घिमिरेले बहस गरेका थिए भने थापाका तर्फबाट अधिवक्ता माधब बाँस्कोटा र प्रकाश रावतले बहस गरेका थिए । न्याय खोज्ने क्रममा निरौला महिला सेल, विभिन्न संघसंस्था, महिला आयोग धाएकी थिइन् ।

साभार : नेपलिज.ओर्ग 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis