CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कस्तो वाहियात न्युज , गुगल म्याप हेरेर तस्कर पक्रेको रे ..हेर्नुस त बेइज्जति , माई गड

कस्तो वाहियात न्युज , गुगल म्याप हेरेर तस्कर पक्रेको रे ..हेर्नुस त बेइज्जति , माई गड

देशकै ठुलो पत्रिकामा यस्तो हचुवाको न्युज , 

अझ लेख्ने मान्छेको बाई लाईन सुद्दा , माइ गड !
हेर्नुस ओरिजिनल लिंक (घटना २०६९ भाद्र महिना को हो )

 http://www.ekantipur.com/nep/2069/5/14/full-story/353681.html
.............................................................................
तस्करी रोक्न गुगल म्याप
दुर्गालाल केसी
दाङ, भाद्र १३ - जिल्ला वन कार्यालयले तस्करी रोक्न गुगल म्याप प्रयोगमा ल्याएको छ । यसको प्रयोग वन अधिकृत अरुण शर्मा पौडेलले शुक्रबार कार्यालयमै बसेर गरेका थिए । म्यापलाई सानो बनाएर हेर्दै जाँदा गोल्टाकुरी गाविसको कालितारामा काठ काटेको दृश्य देखियो । उनले तत्काल वन रक्षकको टोली पठाए । वनको टोली  २ घन्टा हिँडेर जंगलमा पुगेपछि काठ काट्दै गरेका एक व्यक्ति आरा, बञ्चरो र पाँच क्युफिट काठसहित पक्राउ परे ।

सोमबार दिउँसो पनि गुगल म्याप हेर्दै गर्दा पुरन्धारा गाविसका जंगलमा  काठ काटिएका दृश्य देखिए । अनि उनले राति नै त्यसतर्फ गस्ती पठाए । मंगलबार बिहान सवा १ बजे ७२ दशमलव ७६ क्युफिट काठसहित आठ जना पक्राउ परे ।
जिल्लामा पहिलोपटक काठ तस्करीमा संलग्न यति ठूलो गिरोह पक्राउ परेको उनले बताए । 'यो अहिलेसम्मकै ठूलो तस्करी समूह हो,' उनले भने, 'गुगल म्यापले तस्करलाई पक्रन सजिलो भइरहेको छ ।'
घोराही-सुर्खेत खण्डअन्तर्गत तुलसीपुरको दुधेनाबाट रा१ज १९२ नम्बरको जिपमा राखिएको ३२ थान काठसहित उनीहरूलाई नियन्त्रणमा लिएको उनले बताए । सहायक वन अधिकृत ईश्वरीप्रसाद पौडेल नेतृत्वमा गएको वन कर्मचारीहरूको गस्ती टोलीले पुरन्धाराबाट तुल्सीपुर बजारमा बेच्न ल्याउँदै गरेको अवस्थामा उक्त काठ पक्राउ गरेको हो । पक्राउ परेकाले पुरन्धाराको हापुरेस्थित इलाका प्रहरीको ५० मिटर नजिकबाट काठ ल्याएको बताएका छन् । हापुरेदेखि तुलसीपुरसम्म आउँदा बाटोमा हापुरे र खिलतपुरमा दुई वटा इलाका प्रहरी कार्यालय पर्छन् । पक्राउ परेकाले मूल बाटोबाट काठ ल्याएको बताएकाले मध्यरातमा काठका गाडी आउँदा पनि प्रहरीले किन बेवास्ता गर्‍यो भन्नेबारे वनले शंका गरेको छ ।
पक्राउ पर्नेमा जिप चालक सल्यानका बिनोद बुढाथोकी, धनौरी ९ ढोडेनीका कृष्ण चौधरी, नविन चौधरी, मोहन चौधरी र मणिराम चौधरी, पञ्चकुले ३ कटकुइयाका ललित रोकाय, सुशील खड्का र पञ्चकुले ३ सुनपुरका केशव वली रहेका छन् ।
बरामद जिप, काठ र पक्राउ परेका सबैलाई जिल्ला वनमा राखिएको छ । पछिल्लो समय जिल्लामा काठ तस्करी बढिरहेका बेला वन कार्यालयले गस्तीमा व्यापकता दिएको वन अधिकृत पौडेलले बताएका छन् ।
भदौ ५ गतेको मध्यरातमा पनि सतबरियामा काठ ओसारपसार गर्दै गरेका पाँच जना पक्राउ परेका थिए । वन प“mडानी बढेपछि जिल्ला वनमा कार्यरत ११ सशस्त्र वन रक्षकहरूलाई नियमित रात्रि गस्तीमा खटाउने गरिएको पौडेलले बताएका छन् ।

प्रकाशित मिति: २०६९ भाद्र १३ ०८:५९  कान्तिपुर 

hari
dharan
Aug 30, 2012, 4:13 pm
वन अधिकृत अरुण शर्मा पौडेलजी ले काठ को कम्प्युटर बनाए जस्तो छ. किन नाटक कम्प्युटर को गियान नभाको मान्छे. यो समाचार बुढाहरु लाइ भन्नु २०१० देखि google earth update भाको छैना.
यज्ञश्वर वली
सुर्खेत
Aug 30, 2012, 4:07 pm
अलि सोचविचार गरेर लेखे राम्रै हुन्थ्यो लेखनुअघि गुगल म्याप हेरेको भए पनि हुन्थय्यो कतै मान्छे हिँडिरहेको देखिन्छ कि देखिन्न भनेर ... यो त हदै भयो गाँठे देशको नाम चलेको पत्रिकाले यस्तो खबर छाप्नु त
ashish sharma
dang
Aug 30, 2012, 3:28 pm
येहाको लोकल पत्रिका मा आउदा त हासो उठ्यो तर कान्तिपुर मा पनि एस्तो? अलिकति बुद्धि भन्ने कुरा पनि त लगाउनु पर्छ
hem
UK
Aug 29, 2012, 6:31 pm
गूगल मैप live हेर्न लाई थुप्रै धनराशी खर्चनु पर्छा गूगल live भए किन दुख मान्छेलाई
mahesh
canada
Aug 29, 2012, 3:06 pm
अलिकति सोचेर अध्यन गरेर लेख्ने हो कि ? हुने नसक्ने कुरा कसरि हुन्छा? तेसरी गुगल बाट live हेर्न मिल्ने भए त हुन्थ्यो नि ...मलाई लाग्छा यो news हटाउनु पर्छा ...लाज लग्नु पर्ने एस्तो खबर हेर्दा
Sharad Subedi
Ramechhap
Aug 29, 2012, 2:06 pm
It is not possible to track live data using google map. Hamra patrakar mitraharule thorai jankariko varma hawadari kura lekhnu vayena. read the following carefully about google map. Google Maps (formerly Google Local) is a web mapping service application and technology provided by Google, that powers many map-based services, including the Google Maps website, Google Ride Finder, Google Transit, and maps embedded on third-party websites via the Google Maps API. It offers street maps, a route planner for traveling by foot, car, bike (beta), or public transport and an urban business locator for numerous countries around the world. Google Maps satellite images are not updated in real time; they are several months or years old. Google Maps uses a close variant of the Mercator projection, so it cannot show areas around the poles. A related product is Google Earth, a stand-alone program which offers more globe-viewing features, including showing polar areas. Google Maps provides high-resolution aerial or satellite images for most urban areas all over the world. The current satellite imagery is over 5 years old, and thus not accurate in several places where urban..
gita shrestha
pathari morang
Aug 29, 2012, 12:57 pm
यसरि नै सबै तिर लागु गरे देखि राम्रो हुने थिओ .
ranjan
ksa
Aug 29, 2012, 11:31 am
live google map is available now ??
Suman
Kailali
Aug 29, 2012, 10:16 am
यसलाई भन्छन लाटो देशको गाड़ो तन्नेरी ! बोल्नेलाई भन्दा सुन्नेलाई लाज ! हाम्रा देशका सरकारी कर्मचारी यति बिधि अशिक्षित, हावादारी र जंगली रहेछन ! छि ! माफ गर्नु होला महोदय, गूगल म्याप ले तपाइले भने जस्तो रियल टाईम म्याप दिदैन ! गूगल ले कुनै समयमा खिचेको स्ट्रीट-लेभलको फोटो मात्र दिन्छ . तपाइको कुरा सुन्दा तपाइले तस्कर समात्नु भयो होला जस्तो त लाग्दैन, तर यदि तपाईले तस्कर समात्नु नै भएको भए पनि त्यो को-ईन्सिडेन्ट मात्र हो ! पटक पटक त्यसैको भर नपर्नु होला !

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis