स्वास्थ्यसँग खेलवाड गर्दै मनपरी विज्ञापन
काठमाडौं। यहाँ ब्लडप्रेसर, डायबिटीज, थाइरायड, ग्यास्टिकहरूको स्थायी उपचार गरिन्छ, पाइल्स, पत्थरी, पिनास, निको नभए पैसा फिर्ता, हेपाटाइटिस, छातीको दाग, पत्थरी, पायल्स, हाइड्रोसिलको विना अपरेशन ग्यारेन्टी उपचार.. हिजोआज
रेडियो, टेलिभिजन र पत्रपत्रिकामा यस्ता विज्ञापन छरपस्ट रुपमा हेर्न, सुन्न र पढ्न पाइन्छ। रत्नपार्कको फूटपाथ व्यापारीले झैं गैरकानुनी रुपमा स्वास्थ्य संस्था चलाउनेले विरामीलाई आफूतिर आकर्षित गर्न यसैगरी लोभलाग्दो विज्ञापन गरिरहेका छन्। आफूलाई नेपालका एकनम्बर दावी गर्ने दैनिक पत्रिकाहरूमा दर्ता नभएका गैरकानुनी अज्ञात संस्थाका तर्फबाट मानिसको स्वास्थ्यसँग सम्बन्धित विज्ञापन निर्वाधरुपमा छाप्ने गरेका छन्। यौन दुर्बलता हटाउने, लिंगको विकास गर्ने, स्तन बढाउने र योनी टाइट गर्ने जस्ता विज्ञापन नेपाली पत्रपत्रिकामा यत्रतत्र पाइने गरेको भए पनि त्यसप्रति न मेडिकल काउन्सिलले अनुगमन गरेको छ, न प्रेस काउन्सिल नेपालसँग विज्ञापनसम्बन्धी कुनै नीति छ। यस्ता विज्ञापनहरूमा संस्थाको दर्ता नम्बर र स्पष्ट ठेगाना उल्लेख नगरी फोन नम्बरमात्रै दिने गरिएको छ। यस्ता विज्ञापनको भ्रममा परेर जनता ठगिने क्रम बढ्दो छ।काठमाडौं। यहाँ ब्लडप्रेसर, डायबिटीज, थाइरायड, ग्यास्टिकहरूको स्थायी उपचार गरिन्छ, पाइल्स, पत्थरी, पिनास, निको नभए पैसा फिर्ता, हेपाटाइटिस, छातीको दाग, पत्थरी, पायल्स, हाइड्रोसिलको विना अपरेशन ग्यारेन्टी उपचार.. हिजोआज
मेडिकल काउन्सिल नियमावलीको नियम २२ मा चिकित्सकहरूको आचारसंहिता उल्लेख गरिएको छ, जसमा आफ्नो नाम चलाउने अथवा धन कमाउने उद्देेश्यले कुनै परिचय पाटी वा प्याडमा आफ्नो नाम, पाएको डिग्री, डिप्लोमा र कुनै पदको प्रचार गर्न नपाइने उल्लेख छ। स्वास्थ्यसम्बन्धी ऐनअनुसार, कसैले पनि अनुमति वा इजाजत नलिई कसैको स्वास्थ्योपचार सम्बन्धी कार्य गर्न पाइँदैन। तर, यतिबेला देशमा पत्रपत्रिकामा विज्ञापन गरेर मानिसहरूको खुट्टादेखि टाउकासम्मका सबै अंगहरूको सफल उपचार गर्ने अवैध ‘डाक्टर’हरूको संख्या बढिरहेको छ। यसबारे अनुगमन गर्नुपर्ने मेडिकल काउन्सिलसमेत कानमा तेल हालेर बसेको छ। कानुन अनुसार, अनुमति नलिई कसैको स्वास्थ्योपचार गर्नमात्रै होइन, स्वास्थ्य सेवाको विज्ञापन गर्नसमेत पाईंदैन। तैपनि नाम कहलिएका ठूला अस्पतालदेखि शहरमा पाइलैपिच्छे खुलेका कानुनी/गैरकानुनी (?) स्वास्थ्य संस्था र उपचार केन्द्रहरूले जथाभावी विज्ञापन गर्न छाडेका छैनन्। ‘अरुले पनि विज्ञापन गरेको देखेर हामीले पनि गरेका हौं’ ग्यारेन्टीका साथ उपचार गर्ने भनेर विज्ञापन गर्दै आएको पुरानो बसपार्कस्थित विष्णुपूर्ण आयुर्वेदका वैद्यनारायण रेग्मीले बताए।
‘विज्ञापन नगरे त मान्छे नै आउँदैनन् नि।’ बोल्नेको पीठो पनि बिक्छ भन्ने मान्यता पछ्याउँदै स्वास्थ्य संस्था सञ्चालकहरूले यसरी जथाभावी विज्ञापन गर्दा बिरामीले उल्टो तनाव भोग्नुपरेको छ। यस्तो समस्या भोग्नेमा ढाड, कम्मर, पिनास, पत्थरी, ब्लडप्रेसर, डायबिटीज, ग्यास्टिक लगायतका दीर्घरोगी बढी छन्। घाउखटिरा, चोटपटक, झाडापखाला, रुखाखोकी, ज्वरोलगायतका रोगहरूका उपचार त जुनसुकै स्वास्थ्य संस्थामा पनि हुन्छ। तर, अस्पताल धाउँदा–धाउँदा निको हुन नसकेर भौंतारिएका दीर्घरोगीहरू त्यहाँ जाँदा चाहिँ केही भैहाल्ला कि भन्ने आशाले विज्ञापन पछ्याउँदै ठाउँठाउँमा पुग्छन्। अनि हजारौं, लाखौं रकम सक्ने गरेका छन्।
जहाँ गए पनि डाक्टर र स्वास्थ्य कार्यकर्ताले जाँच गर्छन् र औषधिको भारी थुपारिदिन्छन्। नयाँ ठाउँमा गएर फर्केको एकदुई दिनमा सञ्चो भएजस्तो पनि हुन्छ। तर फेरि बल्भि्कहाल्छ। यसरी देखे र सुनेजति सबै अस्पतालमा धाउँदा पनि रोग निको हुन नसकेकाहरूलाई जथाभावी विज्ञापन गर्नेहरूले तनाव थप्ने काम मात्रै गरेका छन्।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !