काठमाडौं। नेपाल प्रहरीमा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाने कनिष्ट अधिकृत (असई र सई)हरु कारवाहीमा परे पनि इन्स्पेक्टरदेखि माथिका अधिकृतहरु कारवाहीमा नपरेको गुनासो ब्यापक छ। असई र सई तहका फिल्डमा खटिनेहरुलाई कारवाहीको
तारो बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माथिल्लो तहकाहरुलाई अहिलेसम्म कारवाही गरेको देखिएको छैन।
नेपाल पं्रहरीमा एसपी गोविन्दराम परियार, दीपक थापा हरि पाललगायत केही एसपीको नाम नक्कली प्रमाणपत्रमा जोडिएको छ। त्यस्तै अख्तियारमा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाइरहेका १९ डीएसपीमा उमाशंकर पंजियार, उमाशंकर चतुर्वेदी, मनोजकुमार यादव, रामेश्वर प्रसाद यादव, राजेन्द्रबहादुर बस्नेत, युवनारायण बैद्य, उदयबहादुर तामाङ, बद्रीविक्रम थापा, लक्ष्मण गिरीको नाम छ। त्यस्तै उजुरी पर्ने डीएसपीहरुमा भेषराज श्रेष्ठ, प्रकाश लामा, जयन्त थापा, तीर्थराज सिग्देल, प्रदीपकुमार तामाङ, रमेश कार्की र विनोदचन्द्र पोखरेलको नाम रहेको छ। यिनीहरु सबैले भारतबाट बढुवाका लागि प्रमाणपत्र ल्याएर पेश गरेका छन्।
प्रहरी निरीक्षकहरुमा ४२ जनाको विरुद्ध अख्तियारले छानबिन गरिरहेको छ। छानबिनमा पर्नेहरुमा अभयविक्रम शाह, कृष्णदत्त भट्ट, प्रेमराज जोशी, प्यारेलाल लामा, ब्ााबुराजा पन्त, योगेन्द्रसिंह थापा, वीरेन्द्रकुमार कार्की, नैनबहादुर साउद, जनकबहादुर शाही, भक्तबहादुर बिष्ट, लोकबहादुर बुढाथोकी छन्।
अख्तियारमा नक्कली प्रमाणपत्रमा उजुरी परेका र अनुसन्धान भइरहेकाहरुमा मोहिन भण्डारी, सुरज खड्का, नरबहादुर बिष्ट, मधकुरजंग बिष्ट, कमलबहादुर रौजेरे, सुरेन्द्रबहादुर चन्द, रविन्द्र श्रेष्ठ, छविरमण भट्टराई, विवेककुमार शाह, प्रकाशजंग शाह, भरतप्रसाद कार्की, ललितबहादुर चन्द, चीनकपुर गुरुङ, लालबाबुप्रसाद साह, अशोकप्रसाद श्रेष्ठ, लक्ष्मण खड्का, कन्ठबहादुर शाह, गोपाल धमला, हरिहर ढकाल छन्।
उता, हिरा क्षेत्री, सुरेशकुमार बिष्ट, बसन्तकुमार मण्डल, जितेन्द्र भट्टराई, पशुपतिकुमार राय, खेमप्रसाद आचार्य, रामकुमार बस्नेत, संजीवकुमार खड्का, नवीनकुमार सिंह लगायत छन्। यीमध्ये कतिपय प्रहरी निरीक्षक निलम्बनमा परिसकेका छन्। अख्तियारमा उजुरी परेका एसपी, डीएसपीमध्ये कतिपयले भारतको नैनीतालमा अध्ययन गरेकाले उनीहरुविरुद्ध उजुरी परे पनि सफाइ पाइसकेका छन् भने अधिकांश बिहार र उत्तरप्रदेशका प्रमाणपत्रप्रति भने अख्तियारले अनुसन्धान गरिरहेको छ। कतिपयको त परीक्षाको दिन नेपालमा ड्युटी गरिरहेको समेत फेला परेकाले त्यस्ताहरु निलम्बनमा परिसकेका छन्।
सई र असईहरु त सयौंको संख्यामा अख्तियारमा प्रमाणपत्र काण्डमा परेका छन्। उनीहरुमध्ये धेरैको जागिर नै निलम्बनमा परिसकेको छ भने कतिपय नक्कलीको छानबिन सुरु हुनासाथ राजीनामा दिएर सुरक्षित अवतरण गरिसकेका छन्। राजीनामा दिएपछि पाउने सुविधा र पेन्सन समेत जीवनभर आउँछ ।
स्रोत- http://www.weeklynepal.com/2013/05/21/nakkli-ma-thula-lai-unmuktti-2/

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !