CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » 'चोर पुलिस ' पक्राउ पर्यो

'चोर पुलिस ' पक्राउ पर्यो


रमेश खतिवडा, दोलखा, फागुन २४- दोलखा सदरमुकाम चरिकोटका दर्जनौं पसलबाट चोरी गरिएको एक गाडी सामानसहित पक्राउ परेर जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै भागेका प्रहरी जवान खेमराज प्रजा भागेको १५ दिनपछि पक्राउ परेका छन्। 
गत फागुन ७ गते पक्राउ परी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षामा राखिएका उनी त्यसको त्यसको दुई दिनपछि
भेन्टीलेसनबाट भागेका थिए।
जिल्ला प्रहरी कार्यालय दोलखाले उनी विरगञ्जको ठोरी नाकाबाट बुधबार दिउसो पक्राउ परेको बताएको छ। जिल्ला प्रहरी स्रोतका अनुसार उनी भारतको नरकटियगञ्ज नजिकको रेलवेस्टेशनबाट बुधबार दिउसो पक्राउ परेका हुन्। भारतमा पक्राउ गरको व्यक्तीलाई सुपुर्दगीको लामो प्रक्रिया हुने भएकाले जिल्ला प्रहरीले उनी नेपालबाटै पक्राउ परेको भनी कागजात प्रक्रिया मिलाएको हो। स्थानीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटाइएको टोली र वीरगञ्ज प्रहरीको टोलीले पक्राउ गरी विरगञ्ज ल्याएको थियो।
१५ दिनअघि दोलखा प्रहरीको हिरासतबाट भागेर गएका उनी नरकटियगञ्जको रेलस्टेशनबाट बुधबार दिल्ली जान लागेका थिए। रेलस्टेशनमा रेल कुरेर बसेका उनलाई जिल्ला प्रहरीले खटाएको बिशेष टोलीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेलगतै रातारात उनलाई बिरगञ्जबाट बिहिबार बिहान दोलखा ल्याईएको छ। जिल्लाका प्रहरी प्रमुख डिएसपी ओम अधिकारीले बिहिबार बिहान वक्तव्य मार्फत अनुसन्धानका सबै उपाय प्रयोग गरेर प्रजालाई पर्साको ठोरी नाकाबाट पक्राउ गरिएको भनेका छन्।
सदरमुकाम चरिकोटका पसलहरुमा ६ महिनायता चोरीका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी असई रञ्जन अवाको नेतृत्वमा बिशेष कार्यदल बनाएर उनको कोठाबाट गत फागुन ७ गते एक गाडी सामान सहित उनलाई पक्राउ गरेको थियो।
सदरमुकामका पसलहरुबाट ६ महिना देखी रातको समयमा चार्दै आएका उनले चोरीका सामान आफ्नो मकवानपुरको राक्सीराङ पठाउदै आएका थिए। प्रहरीले उनको साथबाट सामान गाउँ पठाउन बोलाईएका भतिजा सन्देश प्रजालाईसमेत पक्राउ गरेको थियो। पक्राउ परेको दुई दिन पछि नै उनी भागेपछि उनको घर मकवानपुरबाट उनकी श्रीमती सरिता समेत चोरेर घर पठाईएका सामान सहित पक्राउ परेकी थिइन्।
पक्राउ परेको दुई दिनपछि बिहान करिब ४ बजे हिरासत कक्षको भ्यान्टीलेसनबाट निस्केर उनी भागेका थिए। उनी भागेसगैँ जिल्ला प्रहरी भित्र तनाव छाएको थियो। प्रहरीले ठूलो संख्यामा उनको खोजीका लागी प्रहरी परिचालन गरेको थियो। जिल्लाका विभिन्न भागदेखि भारतसँग सीमा जोडिएका तराईका नाकाहरुमा १२ वटा टोली बनाएर जिल्ला प्रहरी कार्यालयले उनको खोजीका लागी प्रहरी परिचालन गरेको थियो। चेपाङ परिवारमा जन्मिएर १० बर्ष अघि प्रहरीमा प्रवेश गरेका प्रजा प्रहरीको कमाण्डो तालिम लिएका छन्। हिरासतबाट भागेलगत्तै पैदल हिँडेर तामाकोशी नदी हुँदै काटाकुटी भैंसेबाट सिन्धुपाल्चोकको खाडिचौर निस्केका उनी अरनिको राजमार्ग पारीपट्टी सुनकोशी नदीको किनारै किनार हिडेर जंगलमा बास बस्दै भारत पुगेका थिए।
जिल्ला प्रहरीले उनले सम्पर्क गर्नसक्ने सम्भावित आफन्त, नातागोता र उनका आफन्त बस्ने स्थानहरु, भारतसँग सीमा जोडिएका खासगरी बाइपास नाकामा विशेष प्रहरी परिचालन गरेको थियो। प्रहरी संगठनकै बदनाम गरेका कारण क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी, अञ्चल प्रहरी प्रमुखलगायत बिशिष्ट प्रहरी अधिकारीले उनको खोजीका लागि विशेष सहयोग र पहल गरेका थिए। जिल्लाका प्रहरी प्रमुख अधिकारीले उनलाई दुई वटा अभियोगमा मुद्दा चलाइने जानकारी दिए। 'एउटा चोरीको महलको मुद्दा चल्छ अर्को हिरासतबाट भागेको मुद्दा चलाइन्छ,' अधिकारीले भने, 'उनका श्रीमती र मतिजालाई मतियारमा मुद्दा चलाउने कि चोरीको अभियोगमा चलाउने भन्नेबारे गहन अनुसन्धान गरिरहेका छौं।'
-नागरिक न्युज 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis